• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ४. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ५. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ६. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ७. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ८. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ९. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

  • १०. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

रङ्गमञ्च विश्व समुदाय जोड्ने माध्यम : पर्यटनमन्त्री किराती

  •   सोमबार, चैत १३, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले रङ्गमञ्च छरिएर रहेका विश्व समुदायलाई जोड्ने माध्यम रहेको बताउनुभएको छ । बैसठ्ठीऔँ विश्व रङ्गमञ्च दिवसको अवसरमा सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा आज आयोजित कार्यक्रममा उहाँले मित्र राष्ट्रहरूसँग भावनात्मक सम्बन्ध निर्माण गर्ने भरपर्दो पुलको काम रङ्गमञ्च रहेको बताउनुभयो । पर्यटनमन्त्री किरातीले रङ्गमञ्च जीवन र जीविकाका लागि रहेको उल्लेख गर्दै यसलाई पर्यटनसँग जोडेर विकास र उन्नयनमा आफ्नो ध्यान केन्द्रीत गर्नुपर्ने बताउनुभयो ।

    उहाँले रङ्गकर्मीहरूसँग आफूले तीन वटा अपेक्षा गरेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, “समाजवाद उन्मुख सृजनाहरू गरेर यो समाजलाई पूँजीवादी संस्कृतिको चङ्गुलबाट पार लाउनु पर्ने हुन्छ ।” मन्त्री किरातीले नेपाली मौलिक हरिसिद्धि नाच, जलप्याखः जस्ता अमूर्त सम्पदा तथा डबली परम्परालाई प्रवर्द्धन गर्न सके नेपालले धेरै पर्यटकहरूलाई आकर्षित गरी विदेशी मुद्रा आर्जन गर्न सकिने बताउनुभयो । विश्व रङ्गमञ्च दिवसको अवसरमा प्रतिष्ठान र माला आर्ट्स एकेडेमीको संयुक्त आयोजनामा प्रतिष्ठान परिसरमा भएको कार्यक्रममा वरिष्ठ नाटककार अभि सुवेदीले विश्व रङ्गमञ्च सन्देशका रूपमा अन्तर्राष्ट्रिय रङ्गमञ्च संस्थाले छनोट गरेको इजिप्टकी प्रख्यात अभिनेत्री समिहा अयुवाद्वारा लिखित सन्देशको नेपाली अनुवाद वाचन गर्नुभएको थियो ।

    उक्त सन्देश डा शिव रिजालली नेपालीमा अनुवाद गर्नुभएको थियो । कार्यक्रममा वरिष्ठ रङ्गकर्मी सुनिल पोखरेलले ६२ औँ रङ्गमञ्च सन्देशका लेखक समिहा अयुवका बारेमा जानकारी गराउनुभएको थियो । प्रतिष्ठानका कुलपति निशा शर्माले मौलिक कलाको संवर्द्धन र प्रवर्द्धनका निम्ति हरेक पालिकामा रहेका मौलिक कला तथा सोसँग सम्बिन्धित व्यक्तिहरूसँगको अन्त्वार्ता आर्काइभका रूपमा राख्नुपर्नेमा जोड दिनुभयो । प्रतिष्ठानकै उपकुलपति शम्भु राईले प्रज्ञा प्रतिष्ठानसँग जग्गा उपलब्ध भए पनि कार्यक्रम गर्ने हलको अभावमा पाल टाँगेर कार्यक्रम गर्नु पर्ने बाध्यता रहेको बताउनुभयो ।

    कार्यक्रममा वरिष्ठ अभिनेता सरोज खनालले रङ्गमञ्चलाई प्रवर्द्धन गर्नका निम्ति माला आर्ट्स एकेडेमीमार्फत विविध गतिविधिहरू गर्र्दै आएको बताउनुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई तथा ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमूनि हार्तुछाली, प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञलगायत वरिष्ठ स्रष्टा तथा सर्जकहरूको उपस्थिति रहेको थियो ।

    परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट
    मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम
    कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • ४.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ५.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ६.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.