• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ५. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

गठबन्धन सरकारले पाँच वर्षको कार्यकाल पूरा गर्छ : प्रधानमन्त्री

  •   बुधबार, चैत १५, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको गठबन्धन सरकारले पाँच वर्षे कार्यकाल पूरा गर्ने बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाको आयोजनामा आजदेखि यहाँ सुरु भएको न्यायिक समिति राष्ट्रिय सम्मेलनमा कामपाको प्रमुख बालेन्द्र साहले केन्द्र सरकार लामो समय टिकिरहे स्थानीय तहलाई काम गर्न सजिलो हुने भनेपछि प्रधानमन्त्री दाहालले उक्त जवाफ दिनुभएको हो । प्रधानमन्त्री दाहालले निर्वाचनपछि लगातार आफ्नै नेतृत्वमा सरकार अगाडि बढिरहेको भन्दै उहाँले पाँच वर्षसम्म सरकार अस्थिर नहुने प्रष्ट पार्नुभयो ।

    प्रधानमन्त्री दाहालले संविधानले परिकल्पना गरेको समाजवादको आधार तयार पार्ने मुख्य जिम्मेवारी पनि स्थानीय तहको हो भन्दै संविधानको मर्म र भावनअनुरुप समाजवादको आधार तयार पार्नसमेत न्यायिक समितिको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । नागरिकको मनमा सरकार भन्ने वित्तिकै स्थानीय जनप्रतिनीधि र कर्मचारी अग्रपङ्तिमा आउने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले नागरिकलाई अपनत्व बोध गराउनेगरी स्थानीय तह र जनप्रतिनिधिले काम गर्नुपर्ने सुझाव दिनुभयो ।

    साथै प्रधानमन्त्री दाहालले संविधान र कानुनको व्यवस्था बमोजिम काम गर्न सबै स्थानीय तहलाई जनताका काम गर्न आग्रह गर्नुभयो । न्यायिक समितिमार्फत हुने न्याय निरुपणले सेवाग्राही आर्थिक भारबाट मुक्त हुने, सामाजिक एकता कायम हुने, झनझटमुक्त न्याय प्राप्त हुने हुँदा यसको थप व्यवस्थापको लागि केन्द्र सरकारले विशेष ध्यान दिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । न्याय सम्पादनमा स्थानीय तहको एकरुपता कायम गर्न, अनुभवको आदानप्रदान गर्न, केन्द्र सरकासँग समन्वय गर्न र समस्याको केन्द्रीकरण र समाधानको साझा प्रयासका लागि यस्ता सम्मेलन थप प्रभावकारी हुने प्रधानमन्त्री दाहालको विश्वास छ ।

    कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले जनताको चाहाना र आवश्यकताअनुसार काम गर्न स्थानीय तहलाई आग्रह गर्नुभयो । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले सेवाग्रहीलाई सेवा दिने सन्र्दभमा स्थानीय सरकार थप जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा कामपाका प्रमुख साहले स्थानीय तहबाटनै पीडितले न्याय पाउने वातावरण सृजन गर्न सबै न्यायिक समितिलाई शुभकामना दिनुभयो ।

    कार्यक्रममा न्यायिक समिति संयोजक तथा कामपाको उपप्रमुख सुनिता डङ्गोलले कामपाले देशभरकै स्थानीय तहमा न्यायसम्पादनको अनुभव आदानप्रदान गर्ने उद्देश्यसहित सम्मेलन आयोजना गरिएको जानकारी दिनुभयो । सम्मेलन भोलिसम्म सञ्चालन हुनेछ । सम्मेलनमा देशभरिका करिब पाँच सय ५० जना जनप्रतिनिधि सहभागी छन् ।

    परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट
    मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम
    कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.