• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • २. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ३. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ४. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ५. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ६. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ७. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • ८. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

  • ९. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

  • १०. चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

बजेट अभावमा विद्यालय भवन अलपत्र

  •   शनिबार, चैत १८, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यबिन्दु–३ मा बजेट अभावले विद्यालय भवन अलपत्र बनेको छ । बह्म प्राथमिक विद्यालयको निर्माणाधीन दुई कोठे पक्की भवन बजेट अभावले अलपत्र बनेको हो । विद्यालयका प्रधानाध्यापक पूर्णबहादुर केसीले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट बजेट परेर सुरु गरिएको भवन निर्माण बजेट निकासा हुन नसकेपछि निर्माण अधुरो बनेको बताउनुभयो । “यस आर्थिक वर्षमा भवन निर्माण सम्पन्न गर्ने गरी हामीले काम गरेका थियौँ”, उहाँले भन्नुभयो, “थप बजेट निकासा नभएपछि भवन निर्माण पूरा गर्न सकिएन ।”

    जम्मा रु १८ लाखको योजनामा निर्माणाधीन भवनलाई पूर्णता दिन अझ रु आठ लाख आवश्यक परेको केसीले बताउनुभयो । भवनको डिपिसी ढलान तथा तला ढलान गर्दा रु १० लाख बजेट लागेको उहाँले बताउनुभयो । “अब भवनको पर्खाल उठाउन, भुई र भित्तामा प्लास्टर गर्ने काम बाँकी छ”, उहाँले भन्नुभयो । बजेटका लागि वडाध्यक्ष, नगरपालिकाको शिक्षा शाखा तथा नगरप्रमुखसँग आग्रह गर्दासमेत कुनै सहयोग नभएको उहाँले बताउनुभयो । कक्षा ५ सम्म अध्ययन हुने यस विद्यालयमा पर्खालपनि अपुरो रहेको छ ।

    विद्यालयको पर्खाल निर्माणका लागि विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले सहयोग गरिदिएमा विद्यार्थी सुरक्षित तवरले अध्ययन गर्न पाउने उहाँको भनाइ छ । विद्यालयमा पर्खाल नहुँदा विद्यालयमा पढाइ भइरहेको बेलामा जङ्गली जनावर तथा पशु चौपाया विद्यालयभित्र पस्ने गरेका प्रधानाध्यापक केसीले बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडासदस्य राजु अर्यालले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने यस वडामा दिउँसै गैँडालगायतका जङ्गली जनावरको त्रास रहेको बताउनुभयो ।

    “दुई वर्षअघि दिउँसै विद्यालय नजिक गैँडाको आक्रमणबाट एकजना वृद्धा घाइते हुनुभएको थियो”, उहाँले भन्नुभयो, “विद्यालयमा पर्खाल नहुँदा अभिभावक आफ्ना बालबालिकालाई विद्यालय पठाउनसमेत डराउने गर्नुभएको छ ।” यस विद्यालयमा बोटे, थारु, दलितलगायत पिछडिएका समुदायका बालबालिकाको बाहुल्यता रहेको अर्यालले बताउनुभयो । विद्यालयमा विभिन्न सङ्घसंस्थाले सहयोगले गरेर कम्प्युटर, प्रिन्टरलगायतका सामग्री प्राप्त भएकोमा अहिले ती विद्युतीय उपकरणसमेत बिग्रिएका छन् ।

    विद्यालयकी शिक्षिका तारा रानाभाटले भन्नुभयो, “विद्यार्थीलाई पढाउँदा बुझाउन भए पनि बिग्रिएका कम्प्युटर तथा प्रिन्टर देखाउने गरेका छौँ ।”

    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • २.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ३.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ४.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः

    • ६.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण

    भर्खरै

    • १.
      ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    • २.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • ३.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ४.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ६.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ७.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ८.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.