• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ४. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ५. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ६. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ७. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ८. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ९. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • १०. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

नवलपुरमा चैतेधान लगाउने क्षेत्रफलमा वृद्धि

  •   शुक्रबार, चैत २४, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का कृषक चैतेधान खेतीतर्फ आकर्षित भएका छन् । यसले खेती गर्ने क्षेत्रफल बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । आर्थिक वर्ष २०७८÷७९ मा जिल्लामा एक हजार २०० हेक्टर क्षेत्रफलमा चैते धान लगाइएकामा चालू आर्थिक वर्ष २०७९÷८० मा क्षेत्रफल विस्तार भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी शङ्कर पौडेलले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “यस वर्ष करिब २२ हेक्टर क्षेत्रफल बढेको छ ।” हिउँदे वर्षा नहुँदा चैते धान खेती गर्ने क्षेत्रफल अझ बढ्न नसकेको उहाँको भनाइ छ । गत वर्ष छ हजार एक सय २३ मेट्रिकटन धान उत्पादन भएको थियो । यस वर्ष छ हजार एक सय ७१ मेट्रिक टन उत्पादन हुने अनुमान छ । “चैतेधान खेती प्रवद्र्धन गर्न केन्द्रले ब्लक क्षेत्र, स्थानीय तहबाट पकेट क्षेत्र कार्यक्रम लागू हुँदै आएको छ”, उहाँले भन्नुभयो, “चैतेधान लगाउने कृषकलाई सिँचाइ, मल तथा बीउमा अनुदान उपलब्ध गराइने भएकाले पनि कृषकको आकर्षण बढेको हो ।”

    बर्खेधानको भन्दा चैतेको उत्पादन बढी हुने भएकाले कृषक यो खेतीमा आकर्षित भएको पौडेलको भनाइ छ । केन्द्रले जिल्लाको गैँडाकोट नगरपालिका वडा नं ११, कावासोती नगरपालिका वडा नं १२, १३, १४ र १७ मा चैतेधानको ब्लक कार्यक्रम लागू गर्दै अनुदान दिँदै आएको थियो । “केन्द्रले लागू गरेको ब्लक कार्यक्रम दुई वर्षसम्म रहन्छ, यस वर्ष कार्यक्रम कावासोतीको १४ नम्बर वडामा मात्रै छ”, उहाँले भन्नुभयो, “ब्लक लागू भएका ठाउँमा सिँचाइ सुविधा उपलब्ध भइसकेकाले अन्य ठाउँमा कार्यक्रम सञ्चालन गर्नेबारे योजना निर्माण भइरहेको छ ।”

    वर्णशङ्कर जातका धानको गुणस्तर बढेकाले पनि कृषक चैतेधान खेतीमा आकर्षित हुनेक्रम बढ्दो छ । “चैतेधान बिक्रीमा त्यति समस्या छैन, चिउरा बनाउन तथा खानसमेत चैतेधान प्रयोग हुन्छ”, उहाँले भन्नुभयो, “चैतेधान काट्ने बेलामा बर्सेनि पानी पर्ने भएकाले धान सुकाउने मेसिन अभाव हुँदा कृषकले केही क्षति भने व्यहोर्नु परेको छ ।”

    जिल्लामा चैतेधानको रुपमा चैते–५, टाइचिन, हर्दिनाथ–१ र स्थानीय जातका धानको बीउ लगाउने गरिएको छ । जिल्लाको कावासोती, गैँडाकोट, मध्यबिन्दु, विनयी त्रिवेणीका साथै बुलिङटार गाउँपालिकाको बेँसी क्षेत्रमा चैतेधानको उत्पादन हुन्छ ।

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • ४.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ५.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ६.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.