• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ४. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ५. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ६. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ७. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ८. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ९. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • १०. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

चितवनमा पहिलोपटक साहसिक खेल ‘नेपाल अटो जिमखाना प्रतियोगिता’ हुने

  •   शुक्रबार, चैत २४, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनमा पहिलोपटक साहसिक खेल ‘नेपाल अटो जिमखाना प्रतियोगिता’ हुने भएको छ । नेपाल अटोमोबाइल्स एसोसियसन (नासा) नेपाल बागमती प्रदेश संघ र चितवन अटोमोबाइल्स डिलर्स एसोसियसनको संयुक्तमा आयोजनामा आगामी बैशाख ३० गते अटो जिमखाना प्रतियोगिता हुने भएको हो । नासा नेपाल बागमती प्रदेश संघका अध्यक्ष राजन पियाका अनुसार महालक्ष्मी ट्रायल सेन्टरको एक किलोमिटर ट्रयाकमा प्रतियोगिता सुरु हुनेछ ।

    खेलको विजेतालाई २७ हजार, द्धितियलाई नौ हजार र तृतियलाई तीन हजार रुपैयाँ एवम् शिल्ड र प्रमाणपत्र प्रदान गरिने उनले बताए । ‘मोटर रेसिङको सर्ट सर्किट विधा अटो जिमखाना छोटो र साँघुरो अस्थायी सर्किट डिजाइन गरि कलात्मक हिसाबले तयार गरिन्छ,’ उनले भने, ‘जहाँ ड्राइभरहरुले आफ्नो कला, साहस र सृजना प्रस्तुत गर्नेछन् ।’ प्रतियोगिताबारे आयोजकले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।

    आयोजकका अनुसार उक्त खेल नेपाल र विश्वकै सन्दर्भमा अत्यन्तै शाहासिक र पृथक पहिचान बोकेको मोटर स्पोर्टस्को नयाँ विधामा पर्दछ । प्रतियोगितामा सहभागी हुन नेपालभरका इच्छुक ड्राइभरले अनलाइन मार्फत नाम दर्ता गर्न सक्ने पियाले बताए । सहभागीले दर्ता शुल्क वापत तीन हजार रुपैयाँ बुझाउनु पर्ने उनको भनाइ छ । ‘खेलमा बढीमा २५ जना ड्राइभर सहभागी हुन पाउनेछन् । पाँच जनासम्म महिला सहभागी भएको अवस्थामा दुईवटा क्याटागोरी बनाइनेछ,’ उनले बताए ।

    प्रतियोगिताको अघिल्लो दिन वैशाख २९ गते ड्राइभर, मार्शल र अन्य प्राविधिकको उपस्थितिमा सहभागीलाई प्रशिक्षण दिइने उनले जानकारी दिए । ‘प्रतियोगितामा सहभागीको समूह विमा गरिन्छ । उनीहरुलाई रेसिङ्ग तथा रोड सेफ्टिको जानकारी पनि दिइनेछ,’ उनले भने, ‘चितवन बाहिरबाट आउने सहभागीलाई भने आवास र खानाको व्यवस्था गरिनेछ ।’ ड्राइभरको क्षमता परीक्षणपछि प्रतियोगितामा बढीमा २५ जनासम्मलाई सहभागी गराइने उनले बताए । ‘नासाको लाइसेन्स प्राप्त ड्राइभरले मात्र प्रतियोगितामा सहभागी हुन पाउनेछन्,’ उनले भने ।

    प्रतियोगितामा सहभागी ड्राइभरले १२ सयदेखि हजार सीसी सम्मका गाडी लिएर उपस्थित हुनु पर्नेछ । अनुमानित लागत १४ लाख ३० हजार रुपैयाँमा हुने प्रतियोगिताको लागि भरतपुर महानगरपालिका, बागमती खेलकुद विकास परिषद, उद्यमी व्यवस्थापन तथा दर्ता शुल्क मार्फत बजेट व्यवस्थापन गरिने नासाले जानकारी दिएको छ । प्रतियोगिताका कारण यहाँको पर्यटन प्रबद्र्धनलाई सहयोग पुग्ने विश्वास लिइएको छ ।

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • ४.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ५.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ६.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.