• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ४. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ५. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ६. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ७. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ८. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ९. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

  • १०. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

आठ कक्षापछि पढ्न सकस

  •   शनिबार, चैत २५, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिका–२९ को कमलपुरका बालबालिका माध्यमिक तहको शिक्षाबाट वञ्चित भएका छन् । चौकीडाँडा आधारभूत विद्यालयमा कक्षा आठको अध्ययन सकेपछि यहाँका अधिकांश विद्यार्थीले पढाइ छाड्ने गरेका छन् । भौगोलिक विकटताका करण यस क्षेत्रमा माध्यमित तहको पठनपाठन गर्ने विद्यालय नहुँदा कक्षा आठको अध्ययन पछि पढाइ छाड्ने गरेका हुन् । कमलपुरकी सीता परियारका चारजना छोराछोरी छन् ।

    उनीहरुमध्ये दुईजना भरतपुरमा भाडामा बसेर पढ्छन् भने एकजना चौकीडाँडा आधारभूत विद्यालयमा र एकजना घर नजिकैको विद्यालयमा पढ्छन् । कमलपुरबाट चौकीडाँडा विद्यालय पुग्न करिब तीन घण्टा हिँड्नु पर्छ । हिँडेर आउँदा थाक्ने भएकाले पढाइमा ध्यान दिन नसक्ने परियारको भनाइ छ । “बाहिर कोठा लिएर राखौँ खर्चले धान्न सकिँदैन नजिकै माध्यमिक विद्यालय छैन”, उहाँले भन्नुभयो, “विद्यालय नजिक भएको यही चौकीडाँडा हो । यसमा पनि आठ कक्षासम्म मात्र पढाइ हुन्छ ।”

    यहाँ पढिसकेपछि छोराछोरी बजार गएर पढ्न खोजे पनि अभिभावकले पढाउन नसक्ने उहाँको भनाइ छ । यस्तै, गुनासो सुनाउनु हुन्छ धनमाया सुनार पनि । उहाँका दुई छोरी अहिले कक्षा छ र नौमा पढ्दैछन् । उहाँले भन्नुभयो, “कोठा लिएर पढाउने क्षमता छैन ।” चार हजार कोठा भाडा तिरेर रासन, पानी भरेर पढाउन सक्ने क्षमता नभएको भन्दै उहाँले चौकीडाडाँमा नै माध्यमिक तहको विद्यालय खोल्न आग्रह गर्नुभयो । यही विद्यालयमा भए जेनतेन पढ्न सक्ने भन्दै उहाँले भन्नुभयो, “कोठाभाडा तिरेर माध्यमिक तहको पढाइ गराउन सकिन्न । यहाँ मावि नभएपछि अब छोराछोरीको पढाइ सकियो ।”

    उहाँले छोरी कक्षा आठ पास गरेर नौमा पुगेकी भए पनि नजिक विद्यालय नभएर पढ्न नपाएको बताउनुभयो । चौकीडाँडा आधारभूत विद्यालयकी निमित्त प्रध्यानाध्यापक अञ्जीला तिवारी माध्यमिक तहको पढाइ यहाँ नहुँदा आठ कक्षा पास भए पछि पढाइ छोड्ने गरेको स्वीकार गर्नुहुन्छ । भौगोलिक विकटताको हिसाबले बालबालिकालाई विद्यालय आउन समस्या भएकाले धेरैले आठ कक्षापछि पढाइ छोड्ने गरेको उहाँले बताउनुभयो । प्रत्येक वर्ष कक्षा आठ उत्तीर्ण गरेका २५ देखि ३० प्रतिशत विद्यार्थीले विद्यालय छाड्ने गरेका छन् ।

    अभिभावकले सहरमा राखेर पढाउन सक्ने अवस्था नभएकाले विद्यालय छाड्नेको सङ्ख्या बढेको उहाँको भनाइ छ । “कक्षा आठ उत्तीर्ण भएपछि १५ किलोमिटर टाढा गएर पढ्न र पढाउन समस्या हुने भएकाले विद्यालय छाड्ने गरेका छन्”, तिवारीले भन्नुभयो । गत शैक्षिक सत्रमा १८ जना विद्यार्थीले कक्षा आठको परीक्षा दिएर उत्तीर्ण भएका थिए । तीमध्ये छ जनाले विद्यालय छाडेका छन् । अहिले यस विद्यालयमा ८५ विद्यार्थी अध्ययनरत छन् । यो विद्यालय विसं २०२४ सालमा स्थापना भएको विद्यालय थियो ।

    भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भौगोलिक विकटताका कारण विद्यार्थीले विद्यालयस्तरको पढाइसमेत पूरा गर्न नसकेपछि यसको स्तरोन्नति गर्न महानगर लागिपरेको बताउनुभयो । विद्यालयमा अहिले कक्षा आठसम्म पढाइ हुने गरेको बताउँदै उहाँले आगामी शैक्षिक सत्रबाट कक्षा नौको सम्बन्धन दिने तयारी गरिएको जानकारी दिनुभयो ।

    सो क्षेत्रको स्थालगत अध्ययनपछि प्रमुख दाहालले चौकीडाँडा आधारभूत विद्यालयलाई नमूना विद्यालयका रूपमा अघि बढाइने भन्दै छोराछोरीको पढाइका लागि चिन्ता लिन नपर्ने गरी महानगरले काम गर्ने बताउनुभयो । यस क्षेत्रका बालबालिका शिक्षा लिनबाट वञ्चित हुन नपर्ने उहाँको भनाइ थियो ।

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • ४.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ५.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ६.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.