चितवन । जिल्लामा सवारी साधनको चहल पहल बढेपछि जिल्ला प्रहरी कार्यालय चितवनले सवारी साधन चेक जाँचलाई कडा पारेको छ । पछिल्लो पटक जिल्ला प्रशासन कार्यालय चितवनले भाद्र ३१ गते सम्म निषेधाज्ञा थप गरेको छ । तर सर्व साधरण तथा व्यापारीहरुको व्यापक दवाव आएपछि पछिल्लो पटक थप गरिएको निषेधाज्ञामा केहि खुकुलो पारिएको थियो । अतिआवश्यक खाद्यान्न, हार्डवेयर, निमार्ण सामग्री, विजुली पसल, दुधजन्य पदार्थ , फेन्सी लगायत लत्ता कपडाका पसलहरु विहान १० देखि ४ वजे सम्म खोल्न पाउने निणर्य गरेको छ । अहिले चितवनका बजारहरु प्रायजसो खुल्लै छन् । बजारमा भिडभाड बढेको छ । बजार खुलेसँगै सवारी साधनको चाप बढ्न थालेपछि चेकजाँचमा कडाई गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सर्व साधरणले यहि कुरा बुझिदिन आफुले अनुरोध गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक सुर्य थापाले बताए । उनले भने हामीले अत्यावश्यक सवारी साधनलाई कतै पनि रोकेका छैनौ र रोक्दै नौ पनि तर औषधि, तरकारी, खाद्यान्न लगायतका सामाग्री किन्ने बहानामा अनावश्यक रुपमा सवारी साधन नै लिएर हिड्नेलाई कारवाहि गरेको थापाले जानकारी दिए । उनले भने, पछिल्लो तथ्यांक हेर्दा चितवन जिल्लामा कोरोना संक्रमितको संख्या हजार नाघि सकेको छ । दैनिक ३० देखि ५० जनाका दरले संक्रमितहरु थपिईरहेका छन् । जिल्लामा रेड जोनमा छ । त्यसैले जोखिम न्युनिरण गर्नको लागि सबैले सावधानी अपनाउनु पर्ने थापाले बताए ।








