• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

  • १०. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

भरतपुर विमानस्थल साठी वर्षपछि विस्तार हुँदै, सेनालाई अन्यत्र व्यवस्थापन

  •   मङ्गलबार, चैत २८, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । साठी वर्षपछि चितवनको भरतपुरस्थित भरतपुर विमानस्थल स्तरोन्नतिसँगै विस्तार हुने भएको छ। हाल रहेको एक हजार दुई सय मिटर धावन मार्गलाई विमानस्थलको उत्तर–पश्चिमतर्फ ४१२ मिटर विस्तार गर्ने योजना छ । धावन मार्ग विस्तार भएपछि एटीआर ७२ वा सोसरहका ७२ सिटे जहाजले उडान गर्न मिल्नेछ भने रात्रिकालीन सेवा पनि सञ्चालन गर्न सकिन्छ। धावन मार्ग विस्तारसँगै नयाँ टर्मिनल भवन निर्माण हुनेछ।

    विमानस्थल विस्तार एवं नयाँ टर्मिनल भवनको यही चैत १६ गते प्रधानमन्त्री दाहालले गर्नुभएको थियो। यो आयोजनालाई भरतपुर महानगरपालिकाले गौरवको आयोजनाका रूपमा अगाडि सारेको छ। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भन्नुभयो, “तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीकै पालामा सुरु गरिएको पहल वर्तमान मन्त्री सुदन किरातीसम्म आइपुग्दा काम अगाडि बढ्ने अवस्थामा पुगेको छ। हामीले छ जना पर्यटनमन्त्रीसँग नियमित छलफल ग¥यौँ। महानगर, प्राधिकरण, मन्त्रालय हुँदै प्रधानमन्त्रीको कार्यालयमा धेरै पटक छलफल भएको छ।”

    सेनाको ब्यारेक सारिने

    यो विमानस्थल विस्तारका लागि विमानस्थल उत्तर–पश्चिमतर्फ रहेको नेपाली सेनाको ब्यारेकलाई स्थानान्तरण गरिने भएको छ। सेनाको घोडा प्रजनन केन्द्र र गणलाई अन्यत्र व्यवस्थापन गरेपछि विमानस्थलको धावन मार्ग विस्तार हुनेछ।

    विमानस्थलको धावन मार्ग विस्तारका लागि घोडा प्रजनन केन्द्रलाई गणेशस्थानको जङ्गल र सेनाको कालीबहादुर गणलाई देवघाट जाने बाटो नजिकैको दियालो बङ्गलामा स्थानान्तरण गरिने भएको छ। “ब्यारेक सार्ने निर्णय भइसकेको छ, घोडा प्रजनन केन्द्र सार्न वनको जग्गा भएकाले केही निर्णय बाँकी रहेको छ। यो पनि दुई साताभित्रमा टुङ्गो लाग्नेछ,” महानगर प्रमुख दाहालले भन्नुभयो । विमानस्थल ५८ बिघामा फैलिएको छ। विमानस्थल विस्तारका लागि सेनाको २० बिघामध्ये १९ बिघा जग्गा लिनुपर्ने हुन्छ। यस क्षेत्रमा बाँकी रहेको जमिनमा सेनाको ह्याङ्गर र उद्यान बनाइने बताइएको छ।

    भरतपुर विमानस्थलबाट उत्तरतर्फ रहेको नेपाली सेनाको घोडा प्रजनन केन्द्र र गणलाई आवश्यक पर्ने पूर्वाधार निर्माण भएपछि मात्र सेनाले जग्गा छाड्ने भएको छ। सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले भन्नुभयो, “दुईवटा युनिट स्थानान्तरण गर्न तयार भएका छौँ तर अन्यत्र बस्ने पूर्वाधार निर्माण भएपछि मात्र सर्नेछौँ। विमानस्थल विस्तारका क्रममा सेना बस्ने गण र घोडा बस्ने युनिटको पूर्वाधार तयार भएपछि अहिलेको स्थान सेनाले उपलब्ध गराउँछ।”

    धावन मार्ग विस्तारमा सरकारी जग्गा नै भएकाले जग्गाका लागि थप व्ययभार पर्ने छैन तर सेनाको गणलाई स्थानान्तरण गर्न आवश्यक खर्च बेहोर्ने सहमति भएको प्राधिकरणले जनाएको छ।

    यस्तो बन्दै छ नयाँ टर्मिलन भवन

    भरतपुर विमानस्थलमा अत्याधुनिक नयाँ टर्मिलन भवन बन्ने भएको छ। तीन वर्षभित्रै सम्पन्न गर्ने गरी नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको एरोडम इन्जिनियरिङ डिपार्टमेन्टले नयाँ टर्मिनल भवन बनाउन लागेको हो। एक अर्ब ९२ करोड ७० लाख रुपियाँको लागतमा भवन निर्माण चैत ६ गते केसी–क्षमादेवी–प्रतिस्ता जेभीले प्राधिकरणसँग ठेक्का सम्झौता गरेको छ। एकै पटक एक हजार यात्रु आवतजावत गर्न सक्ने गरी सुविधा सम्पन्न भवन निर्माण गरिँदै छ। भवन र परिसरमा पार्क, मनोरञ्जनका साधन, रेस्टुरेन्ट, विदेशी पर्यटकलाई केन्द्रित गरी बजारको व्यवस्था हुने प्राधिकरणले जानकारी दिएको छ।

    छ दशकपछि स्तरोन्नति

    वि.सं. २०१५ देखि सञ्चालनमा आएको यस विमानस्थलमा २०१८ मङ्सिर १२ गते हवाई कार्यालय स्थापना गरिएको थियो। तत्कालीन समयमा साना १८ सिटे जहाज मात्रै सञ्चालन हुँदै आएकामा पछिल्ला वर्ष एटीआर ४२, जेटस्ट्रिम बिचक्राफ्टजस्ता मझौला र आधुनिक जहाजले उडान गर्दै आएका छन्। छोटो धावन मार्ग, विमानस्थल क्षेत्र अतिक्रमणलगायत उच्च जोखिमसँगै महँगो भाडा तिर्न यात्रु बाध्य छन् । हाल यहाँबाट काठमाडौँ र पोखरा बुद्ध एयरले उडान भर्दै आएको छ। दैनिक आठवटा उडान हुँदै आएको छ। कोभिड–१९ अघिसम्म यो सङ्ख्या १२ रहेको विमानस्थलले जनाएको छ। दैनिक सात सयभन्दा बढी यात्रुले सेवा लिँदै आएका छन्।यो खबर आजको गोरखापत्रमा छापिएको छ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.