• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ४. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ५. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ६. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ७. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ८. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ९. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

  • १०. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

रत्ननगर नगरपालिकाको दोस्रो सार्वजनिक सुनुवाइ सम्पन्न

  •   बुधबार, चैत २९, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    रत्ननगर । रत्ननगर नगरपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ मंगलबार रत्ननगर–१६ वडा कार्यालय परिसरमा सम्पन्न भएको छ । कार्यक्रममा २५ जना नगरवासीले आआफ्ना जिज्ञासा, सुझाव र प्रश्न राखेका थिए । कार्यक्रममा सहभागीहरुले उठाएका विविध जिज्ञासाको जवाफ दिँदै नगरप्रमुख प्रल्हाद सापकोटाले नगरवासीलाई भेदभावरहित ढङ्गले छिटोछरितो सेवा प्रवाह भइरहेको प्रष्ट पार्दै जोकोहीले मेयरसँग प्रत्यक्ष भेटेर गुनासा राख्न र सेवा लिन सक्ने वातावरण सिर्जना गरेको बताए ।

    जनप्रतिनिधिका हिसाबले आलोचना सुन्ने र त्यसलाई कार्यान्वयन गर्ने नीति रहेको बताउँदै कुनै पनि बहानामा ढिलासुस्ती गर्ने, सेवाग्राहीलाई दुःख दिनेजस्ता काम रत्ननगरमा नहुने उनले बताए । उनले भने, ‘म दाबीका साथ भन्छु नेपालका ७५३ पालिकामध्ये सबैभन्दा छिटो सेवा प्रवाह रत्ननगरबाट हुँदै आएको छ । सुशासन कायम गराउने आफ्नो पहिलो प्राथमिकता रहेकाले कोही पनि भ्रममा पर्नु पर्दैन ।’ जनताको आवश्यकताका आधारमा योजनाहरु सम्पन्न गर्दै जाने र नगरगौरवका आयोजनाहरु हरियाली पार्क, पर्यापर्यटन, कभर्ड हल निर्माण र वाटर किङडमको सपना पूरा गरेरै छाड्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

    एक वर्षमै गरेका काम नदेखिने बताउँदै विपन्नलाई स्वास्थ्य बिमा, असहायलाई निःशुल्क उपचारको व्यवस्था, दीर्घरोगीलाई उपचार खर्चको व्यवस्था गरिएको बताउँदै नगरपालिका आफ्नै स्वामित्वमा व्लर्ड बैंक स्थापना गरी रेडक्रसलाई हस्तान्तरण गर्न लागिएको जानकारी दिए । रत्ननगर नगरपालिकाका उपप्रमुख यादवप्रसाद पाठकले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले नगरपालिकाबाट प्रवाह हुने सेवा विभिन्न शाखामार्फत व्यवस्थित रूपमा हुँदै आएको, दोहोरोपना नहुनेगरी उपभोक्ता समितिमार्फत आयोजनाहरु अघि बढिरहेको बताउँदै नगरका २६३ आयोजनामध्ये ११३ वटा आयोजनाको ठेक्का सम्झौता भई काम भइरहेको जानकारी दिए ।

    नगरपालिकाको कुल एक अर्ब ७६ करोड रुपैयाँको बजेटमध्ये ५१ लाख रुपैयाँ खर्च भएको, पुरानो बेरुजु रकम ४ करोड ४३ लाख रुपैयाँको फछ्र्योट गर्न सफल भएको र लक्ष्यअनुरुप राजस्व संकलन भइरहेको बताए । कार्यक्रममा नगरशिक्षा अधिकारी बद्रिनारायण शर्माले रत्ननगरमा शिक्षाको अवस्था गर्व गर्न लायक नै रहेको र अपेक्षा पूरा गर्ने हिसाबले अगाडि बढेको बताए । विपन्न विद्यार्थीलाई कक्षा १२ सम्म निःशुल्क अध्ययन गर्ने व्यवस्था गरिएको र उच्च शिक्षाका लागि जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति कोषको व्यवस्था मिलाइएको उनको भनाइ थियो ।

    आगामी शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयमा पढाउने शिक्षकका छोराछोरीलाई अनिवार्यरूपमा सामुदायिक विद्यालयमै पढ्ने व्यवस्था गराउन लागिएको उनले बताए । कार्यक्रममा पूर्वनगरप्रमुख नारायण वनले आफ्नो कार्यकालमा शिलान्यास गरेर छाडेका आयोजनाहरु पूरा गर्न, विकास निर्माणभन्दा पनि किसानको हित हुनेखालका काम गरी प्रोत्साहन दिन, शैक्षिक गुणस्तरका लागि शिक्षकहरुलाई एकअर्को विद्यालयमा स्थानान्तरण गर्न आग्रह गर्दै पूर्वमेयरको हैसियतले नगरको समग्र विकासमा हातेमालो गरेर अगाडि बढ्ने चाहना रहेको बताए ।

    कार्यक्रममा नेपाली कांग्रेस रत्ननगरका कार्यवाहक सभापति कमलनाथ अधिकारी, नेकपा (एमाले)का नगरकमिटी अध्यक्ष ईश्वरीप्रसाद अर्याल, नेकपा (माओवादी केन्द्र)का नगरसचिव मेघनाथ पौडेल, राप्रपाका नगर प्रवक्ता सन्तोष लामा, नेकपा (एकीकृत समाजवादी)का नगरसचिव ईश्वरीराज अधिकारीले नगरले गर्नुपर्ने कामकारबाहीका विषयमा चर्चा गरेका थिए । कार्यक्रममा उठेका सवालको जवाफ वडा नं–१३ का वडाध्यक्ष पोटबहादुर घिमिरे, वडा नं–१४ का वडाध्यक्ष होमनाथ रानाभाट, वडा नं–१५ का वडाध्यक्ष आशिष तामाङ र वडा नं–१६ का वडाध्यक्ष हेमराज थापाले दिएका थिए ।

    कार्यक्रममा सहभागीहरुले नगरपालिकाले शैक्षिक गुणस्तर बढाउन, प्रत्येक वडामा विशेषज्ञसहितको स्वास्थ्य सेवा उपलब्ध गराउन, किसानलाई मल, बीउबिजन उपलब्ध गराउन, सबै घरमा खानेपानीको पहुँच पु¥याउन, बजेट र क्यालेन्डरअनुसार काम गर्न, सहकारी संस्थामा अनुगमन बढाउन, भूमिहीनको समस्या समाधान गर्न र कर्मचारी प्रशासनलाई अझै प्रभावकारी बनाउन आग्रह गरेका थिए । विप्स मिडियाले सहजीकरण गरेको कार्यक्रमअघि गरिएको सर्वेक्षणमा सेवाग्राहीले काममा ढिलासुस्ती नरहेको, कुनै पनि काममा कर्मचारीको प्रलोभन नरहेको, कसैलाई भनसुन गरी काम गराउनु नपरेको प्रतिक्रिया दिएका थिए ।

    असल शासनको अभ्यास रत्ननगरले अवलम्बन गर्दै गएको पनि सर्वेक्षणमा सहभागीहरुले आफ्ना राय प्रकट गरेका थिए । रत्ननगर नगरपालिका सरसफाइमा नेपालकै उत्कृष्ट नगरपालिका घोषित भएको पत्र प्राप्त भएको पनि कार्यक्रममा जानकारी गराइएको थियो ।

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • ४.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ५.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ६.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.