• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

  • १०. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

नारायणगढ–मुग्लिन सडकअन्तर्गत तुइन खोलामाथिको पहरो फुटाउने फाइल नै हरायो

  •   बुधबार, चैत २९, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । विस्फोटक पदार्थको अभावमा पहाड फोर्न नसक्दा नारायणगढ–मुग्लिन सडकअन्तर्गतको तुइन खोलामाथिको पुल निर्माण कार्य लामो समयदेखि रोकिएको छ । पुलसँगै रहेको पहाड काट्न विस्फोट नै गर्नुपर्ने तर त्यसका लागि आवश्यक पर्ने बारुदको खरिद प्रक्रिया ढिला हुँदा समस्या भएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकृत कृष्ण आचार्यले जानकारी दिनुभयो ।

    “मेसिनले पहाड काट्न नसकिने अवस्था भयो । त्यो चट्टान काट्न विस्फोट नै गराउनुपर्छ तर विस्फोटक पदार्थ लिन माग गरिएको अनुमतिको फाइल नै सदर भएको छैन,” उहाँले भन्नुभयो । नारायणगढ–मुग्लिन सडक दिउँसो ४ घण्टा रोकेरै मेसिनले चट्टान काट्न लाग्दा पनि नसकिएपछि बारुदको खोजी भएको हो ।

    तुइन खोलासँगै रहेको ११ मिटर अग्लो र ४० मिटर चौडाइको चट्टान फुटाउन कम्तीमा पनि छदेखि सात टन बारुद आवश्यक पर्ने अनुमान गरिएको छ । कुनै पनि आयोजनामा विस्फोट गराउन आयोजनाको जिल्लास्थित सुरक्षा समितिको सिफारिसमा गृह र रक्षा मन्त्रालयको स्वीकृतिले मात्रै गर्न पाउने व्यवस्था छ । विस्फोटक पदार्थ आयातका लागि रक्षाले स्वीकृति दिँदा पनि नेपाली सेनाको अनुमति चाहिन्छ । सेनाकै प्रत्यक्ष निगरानीमा नै त्यो विस्फोटक पदार्थ आयात, ढुवानी, भण्डारण र विस्फोट गराउने व्यवस्था छ । भारतबाट बारुद आयातका लागि अनुमति माग भइगएको फाइल नै अहिले कहाँ छ भन्ने अन्योल छ ।

    यही प्रक्रियामा जिल्लाबाट छ महिनाअघि नै माग भएर गए पनि मन्त्रालयमै फाइल अड्किएको आचार्यको भनाइ छ । “मलाई लाग्छ फाइल अहिले रक्षा मन्त्रालयमा अड्किएको छ,” उहाँले भन्नुभयो । तर रक्षा मन्त्रालयका सहसचिव यज्ञप्रसाद ढुङ्गाना भने फाइल आफूहरूले गृहमा फिर्ता पठाइसकेको बताउनुभयो । “हामीकोमा यति लामो समय फाइल नै बस्दैन । गृहबाट माग भई आएको थियो, नेपाली सेनाको राय लिएर हामीले तुरुन्तै गृहलाई अनुमतिका लागि पत्र पठाइसकेका हौँ,” उहाँले भन्नुभयो ।

    तर गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले भने सो फाइल गृहमा नभएको बताउनुभयो ।

    “विस्फोटक पदार्थ खरिद गर्नेसम्बन्धी नारायणगढ–मुग्लिन सडक आयोजनाको फाइल अहिले गृहमा छैन । यसको गृहले गर्ने प्रक्रिया अगाडि बढिसकेको हुनुपर्छ,” उहाँले भन्नुभयो । नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारी देशैभरका आयोजनामा आवश्यक विस्फोटक पदार्थ खरिद प्रक्रिया अहिले ढिलै भएको बताउनुभयो ।

    “अहिले समस्या छ । आयात नै रोकिएको छ । समस्या नारायणगढ–मुग्लिन सडकको मात्रै हैन देशैभरका योजनामा यो समस्या छ,” उहाँले भन्नुभयो । व्यावसायिक रूपमा आयात गरिने विस्फोटक पदार्थ आयात रोक्ने भन्ने नभए पनि सुरक्षा चुनौतीका कारण यसको आयात, ढुवानी, भण्डारण र विस्फोट गराउँदा सेनाको समेत सहभागिता हुने गरेको उहाँले बताउनुभयो । नेपाली सेनाले पनि मकवानपुरको सुनाचुरीमा बारुद उत्पादन गर्छ । त्यही पनि कच्चा पदार्थको अभावमा मागअनुसारको बारुद उत्पादन गर्न नसकिएको प्रवक्ता भण्डारीले जानकारी दिनुभयो ।

    “अत्यावश्यकबाहेक बढी बारुद उत्पादन एवं भण्डारण गर्न पनि अहिले सकिएको छैन । त्यसैले पनि समस्या भएको हो,” उहाँले भन्नुभयो । नारायणगढ–मुग्लिन सडकले भने भारतबाट सिधै बारुद आयात गर्न लागेको हो ।

    विश्व बैङ्कको एक अर्ब २७ करोड पाँच लाख रुपियाँ आर्थिक सहयोगमा नारायणगढ–मुग्लिन सडक आयोजनामा अहिले १५ वटा पुलको काम भइरहेको छ ।

    २०७६ चैत १० गते ठेक्का सम्झौता भई बन्न सुरु भएका ती पुलमध्ये अहिलेसम्म ११ वटा निर्माण सम्पन्न भई हस्तान्तरणको तयारीमा छन् भने तुइनसहित चिसेन्जी, काली, सिमलताल र नाम्चे खोलामाथिका पुल निर्माणकै क्रममा छन् । तुइन र चिसेन्जी पुल निर्माण प्रक्रिया नै सुरु भएको छैन भने सिमलताल र नाम्चे पुल निर्माणको अन्तिम चरणमा छ ।

    वैशाखभित्र क्षतिपूर्ति

    नारायणगढ–मुग्लिन सडक सीमाभित्र रहेका घरटहरालाई नयाँ वर्षको वैशाख महिनाभित्रै क्षतिपूर्ति दिइने भएको छ । गत फागुन ३० गते मन्त्रीपरिषद् बैठकको निर्णयले क्षतिपूर्तिका लागि बजेट विनियोजन गरेसँगै नारायणगढ–मुग्लिन सडक आयोजनाले वैशाखभित्रै क्षतिपूर्ति दिन लागेको हो ।

    “क्षतिपूर्ति उपलब्ध नहुँदा पनि चिसेन्जी पुलको निर्माण प्रक्रिया नै सुरु भएको छैन भने अन्य ११ वटा पुल बनेर पनि

    सञ्चालनमा ल्याउन सकिएको छैन,” आयोजनाका सूचना अधिकृत आचार्यले भन्नुभयो, “वैशाखभरमा क्षतिपूर्ति दिने कार्य सक्ने योजना छ ।” सो सडक सीमामा परेका २५ वटा घरटहरालाई क्षतिपूर्तिका लागि मन्त्रीपरिषद्को बैठकले एक करोड रुपियाँ उपलब्ध गराउने निर्णय गरेको हो । सोही बजेट निकासा भइसकेको र अब प्रक्रिया मिलाएर वितरण गरिने बताइएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.