• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक २०, २०८३
☰
शुक्रबार, कार्तिक २०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • २. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ३. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ४. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ५. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ६. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

  • ७. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • ८. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ९. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

  • १०. ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

वर्ष २०७९ : पर्यटन सुधारको वर्ष

  •   बिहिबार, चैत ३०, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । वर्षको उत्तरार्धमा महिनामै एक लाख विदेशी पर्यटकको आगमनले नेपालको पर्यटन क्षेत्रमा उत्साह छाएको छ । कोरोना महामारीपछि कुनै एक महिनामा सबैभन्दा बढी विदेशी पर्यटक भित्रिएको यो आँकडाले वर्ष २०७९ को समापन सुखद् बनाएको छ । यसले नेपालमा विस्तारै विदेशी पर्यटक बढ्ने संकेत समेत गरेको छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ को मार्चमा ९९ सय हजार चार सय २६ पर्यटक नेपाल भित्रिएका छन् । अंग्रेजी वर्ष सन् २०२३ को शुरुवातदेखिनै विदेशी पर्यटक आगमन निरन्तर बढ्दो क्रममा छ । जसअनुसार जनवरीमा ५५ हजार ७४ जना र फेब्रुअरीमा ७३ हजार दुई सय ५५ विदेशी पर्यटक नेपाल आएका छन् ।

    कोरोना महामारी आउनुअघि सन् २०१९ मा ११ लाख ९७ हजार ९१ जना पर्यटक नेपाल आएका थिए । तर सन् २०२० मा कोरोना महामारीका कारण विदेशी पर्यटकको सङ्ख्या ८१ प्रतिशतले कमी आइ २ लाख ३० हजार ८५ संख्यामा खुम्चियो । त्यसैगरी सन् २०२१ मा भने एक लाख ५० हजार नौ सय ६२ पर्यटक नेपाल आएका थिए । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले समग्रमा वर्ष २०७९ वर्ष पर्यटन क्षेत्र पुनरुत्थानको वर्ष भएको र पर्यटकको बढोत्तरीले पर्यटन क्षेत्रमा नयाँ उत्साह थपिएको बताउनुभयो ।

    “पर्यटनका हिसावले समष्टिगत रुपमा वर्ष २०७९ सुखद् रह्यो”, उहाँले भन्नुभयो, “हरेक महिना पर्यटक आगमन बढ्दो क्रममा रहेको छ । साउनदेखिनै पर्यटक बढिरहेका छन् । हरेक महिना औसतमा ७० प्रतिशतभन्दा माथि पर्यटन आगमन भएको देखिन्छ । वर्षको अन्त्यमा झण्डै ८० प्रतिशत ‘रिभाइभ’ भएको छ ।” निर्देशक लामिछानेका अनुसार आन्तरिक पर्यटनमा पनि चहलपहल बढेको छ । वर्ष २०७८ मा आन्तरिक पर्यटक झण्डै एक सय २० प्रतिशत चहलपहल थियो भने २०७९ मा एक सय ३० प्रतिशित ‘मुभमेन्ट’ बढेको छ । अर्थात् कोभिडपूर्वको अवस्थाभन्दा ३० देखि ३५ प्रतिशत पर्यटनको चहलपहल बढेको उहाँको भनाइ छ ।

    वर्ष २०७९ मा पर्यटकीय पूर्वाधार थपिएका यसले थप उत्साह थपेको छ । होटल रेस्टुराँमा लगानी बढेको छ भने अन्तर्राष्ट्रिय चेन होटल पनि भित्रिने शृङ्खला शुरु भएकाले यसले पर्यटन क्षेत्रलाई थप उत्साह थपेको छ । होटल सङ्घ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाह समग्रमा वर्ष २०७९ पर्यटनका लागि उत्साहबद्र्धक रहेको बताउनुहुन्छ । यस वर्षलाई पर्यटन सुधारको वर्षको रुपमा आफूहरुले लिएको उहाँको भनाइ छ । “पछिल्लो पर्यटक आगमन र होटल बुकिङ हेर्दा निकै सकारात्मक छ, यसलाई अझ सुदृढ तुल्याउन ‘एयर कनेक्टिभिटी’ बढाउँदै र सडक यातायात स्तरोन्नति गर्नु आवश्यक छ”, उहाँले भन्नुभयो । पर्वतारोहणका लागि पनि उत्साह देखिएको छ ।

    पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइटेलले यस वर्षको वसन्त ऋतुमा विभिन्न २१ वटा हिमाल आरोहणका लागि विभिन्न देशका ५१२ जना आरोहीले अनुमति लिएका छन् । जसबाट विभागले राजस्व वापत रु ३१ करोड ३ख सङ्कलन गरेको छ । जसमा सबैभन्दा बढी सगरमाथाका लागि एक सय ९७, लोत्से आरोहणका लागि ६० जना र अन्नपूर्ण आरोहणका लागि ५६ जनाले अनुमति लिएका छन् । नेपाल एशोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्टस् (नाट्टा) का अध्यक्ष रमेश थापाले वर्ष २०७९ पर्यटनका लागि सुधारको वर्ष भएको र यसले पर्यटन क्षेत्रमा उत्साह जगाएको बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटनका लागि सुधारोन्मुक पक्ष भयो, क्रमिक रुपमा विदेशी पर्यटक बढिरहेका छन् ।

    कोभिड महामारीपछि रोकिएका विभिन्न देशका उडान पनि अहिले खुलेका छन्, । चीनले पनि पर्यटक आगमनमा सहज बनाएपछि चिनियाँ पर्यटक बढेका छन् यसले पर्यटन क्षेत्रमा सकारात्मक आशा जगाएको छ ।” ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष निलहरि बास्तोलाले वर्ष २०७९ समग्रमा पर्यटनका लागि उत्साहवद्र्ध रहेको बताउनुहुन्छ । “समग्र रुपमा यो वर्ष पर्यटनका लागि आशावादी रह्यो । अब पर्यटन लगायत सबैक्षेत्र राम्रो हुनुपर्छ । पछिल्लो सुधारले पनि पर्यटन क्षेत्र बुम हुने संकेत गर्छ”, उहाँले भन्नुभयो ।

    चिनियाँ पर्यटक बढे महामारीले झण्डै तीन वर्ष ठप्प प्राय रहेको चीनबाट उल्लेख्य संख्यामा चिनियाँ नागरिक नेपाल आउन थालेका छन् । नेपालको पर्यटनका लागि उत्तरी छिमेकी मुलुक चीन पनि प्रमुख स्रोत बजार मानिन्छ । चीन सरकारले नेपाललाई आफ्ना नागरिकले निर्बाध घुम्न पाउने सूचीमा नेपाललाई सूचीकृत गरेको छ भने चैत १ गतेदेखि चिनियाँ नागरिकलाई नेपाल घुम्नका लागि एजेन्सीहरुले नेपाल भ्रमणका प्याकेज बिक्री सुरु गरेका छन् । वर्षको अन्तिम दिन एक सय ८० जना चिनियाँ पर्यटक हिमालय एयरलाइन्स चार्टर्ड गरेर नेपाल आएका छन् । बोर्डको बिवरणमा सन् २०२३ को मार्च महिनामा दुई हजार छ सय ३५ चिनियाँ पर्यटक नेपाल आएका छन् ।

    त्यसैगरी फेब्रुअरीमा दुई हजार दुई सय ६६ र जनवरीमा एक हजार चार सय ३६ चिनियाँ पर्यटक भित्रिएका छन् । सन् २०१९ मा चिनियाँ पर्यटकको संख्या एक लाख ६९ हजार पाँच सय ४३ पुगेको थियो । नेपाल–चीन हवाई उडान पनि खुलिसकेकाले अझै चिनियाँ नागरिक बढ्ने अनुमान गरिएको छ । अहिले चीनका विभिन्न तीन एयरलाइन्सले नेपालमा उडान गरिरहेका छन् भने नेपालबाट हिमालय एयरलाइन्सले चीनका विभिन्न गन्तव्यमा उडान भर्दै आएको छ । दर्जन बढी तारे होटल पाइपलाइनमा उद्योग विभागका अनुसार गत वैशाख १ देखि चैतसम्म विभिन्न ५६ वटा होटल तथा रेष्टुराँ स्थापनाक लागि करिब रु २४ अर्ब लगानीको प्रतिबद्धता आएको छ ।

    जसमा चार हजार २२१ जनाले रोजगार पाउने उल्लेख छ । विभागका अनुसार यस वर्ष होटल तथा रेष्टुराँ क्षेत्रमा रु नौ अर्ब ४१ करोड बराबरको विभिन्न देशबाट लगानीको प्रतिबद्धता आएको छ । हानका उपाध्यक्ष विनायक शाहका अनुसार नेपालमा पाँचतारेदेखि पर्यटकस्तरका गरी कूल १० हजार होटल छन् । अबको डेढ वर्षभित्र थप १२ भन्दा बढी पाँचतारे होटल थपिदैछन् । हानमा आवद्ध मात्रै चार हजार हाराहारी होटल छन् । हाल नेपालमा सञ्चालित होटलसँग वार्षिक २५ लाख पर्यटक धान्ने क्षमता छ । हवाई पूर्वाधारमा फड्को हवाई पूर्वाधारका हिसावले पनि वर्ष २०७९ उपलब्धीमूलक वर्ष बन्यो । मुलुकमा दुई अन्तर्राष्ट्रिय विमानस्थल थपिएका छन् ।

    मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल गत जेठ २ गते उद्घाटन गरिएको थियो भने पुस १७ गते उद्घाटन भएको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हो । यद्यपि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अझै अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन भने भैरहवा विमानस्थलले पनि राम्रो विजनेश पाउन सकेन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित अहिले तीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन् ।

    आन्तरिक विमानस्थल स्तरोन्नति भएका छन् । तराई क्षेत्रका हब विमानस्थलमा रात्रीकालीन उडान हुन्छ । आन्तरिक विमानस्थलको उडान समयावधि बढाएर दैनिक १८ घण्टा बनाइएको छ । त्यस्तै अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालन हुन्छन् । हवाई सुरक्षा सुदृढिकरणमा प्राधिकरणको सक्रियता वर्षको सुरुआतमा अर्थात् जेठ १५ मा मुस्ताङमा तारा एयरको विमान दुर्घटना र गत माघ १ मा पोखरामा यति एयरलाइन्सको विमान दुर्घटनाले नेपालको हवाई सुरक्षामा चुनौती थपेको छ ।

    हालै चैत २६ मा धौलागिरि बेसक्याम्पबाट पोखरा फर्कँदै गरेको हेली एभरेष्टको हेलिकोप्टर दुर्घटनामा परेको थियो भने श्री एयरलाइन्स एयरलाइन्समा प्राविधिक समस्या देखिएका लगायतका घटनाले हवाई सुरक्षा थप सुदृढीकरण गर्नुपर्ने देखिएको छ । नियामक प्राधिकरणले पनि मुलुकको हवाई क्षेत्रलाई सुदृढ र प्रभावकारी बनाउन सक्रियता देखाएको छ । नेपालमा सञ्चालिन आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको सेवालाई सुरक्षित र भरपर्दो तुल्याउन प्राधिकरणले विभिन्न तवरले सुधारमा चासो दिएको हो ।

    उडान मापदण्ड पालना नगर्ने र उडानमा लापर्बाही गर्ने विमानचालकलाई कारबाही गर्नुका साथै वायुसेवा कम्पनीको वित्तीय र व्यवस्थापकीय क्षमताको अध्ययन गरी आवश्यक निर्देशन दिएको छ । हवाई सुरक्षा मापदण्ड पालना र सेवाको गुणस्तर अभिवृद्धिका लागि प्राधिकरणले निरीक्षण र अनुसन्धान गरी कानूनी दायरामा ल्याएको छ । पछिल्ला महिनामा मात्रै दर्जनबढी हवाई कम्पनीको सेवा र उडान सञ्चालनबारे निरीक्षण र आवश्यक कारबाही गरिरहेको छ ।

    बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    लुम्बिनी लायन्सको तेस्रो जित, जनकपुर बोल्ट्स १६ रनले पराजित

    लोकप्रिय

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • २.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ३.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ४.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    • ५.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद,

    भर्खरै

    • १.
      नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण

    • २.
      बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग

    • ३.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    • ४.
      उपराष्ट्रपति यादवसँग बेलायती राजदूतको शिष्टाचार भेट

    • ५.
      ‘प्रेसलाई नियन्त्रण गर्ने होइन, स्वतन्त्र र मर्यादित बनाउने कानुन ल्याउनुपर्छ’

    • ६.
      प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग शान्तिसुरक्षाबारे ब्रिफिङ, सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन

    • ७.
      लुम्बिनी लायन्सको तेस्रो जित, जनकपुर बोल्ट्स १६ रनले पराजित

    • ८.
      ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.