• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ४. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ५. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ६. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ७. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ८. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ९. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • १०. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

प्रसव फिस्टुला तथा भिआइए परीक्षणसम्बन्धी अभिमुखीकरण

  •   शुक्रबार, बैशाख ०१, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    रत्ननगर । रत्ननगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा प्रजनन रुग्णता स्वास्थ्य सेवाअन्तर्गत प्रसव फिस्टुला तथा भिआइए परीक्षणसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम रत्ननगरको सभाहलमा सम्पन्न भएको छ । कार्यक्रममा रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले साउनदेखि पुससम्मको प्रसूतिसम्बन्धी कार्यप्रगति पेश गर्दै दक्ष स्वास्थ्यकर्मी–ारा अस्पतालमा प्रसूति गराउनेको संख्या बढ्दै गएको, घरघरमा पुगेर गर्भवती परीक्षण गरेका कारण चारपटक सुत्केरी जाँच गर्नेको संख्या पनि बढेको जानकारी दिए ।

    रत्ननगरमा ३० वर्षदेखि ६० वर्ष उमेरका महिलालाई लक्षित गरी पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन स्क्रिनिङ कार्यक्रम गर्न नगरभित्रका स्वास्थ्यकर्मीका लागि अभिमुखीकरण गरिएको बताए । विश्वमा तीन लााख महिला पाठेघरको क्यान्सरबाट मृत्यु भएको तथ्याङ्क प्रस्तुत गर्दै जनस्वास्थ्य अधिकृत पौडेलले समयमै रोग पत्ता लगाउन सकिए प्रसव फिस्टुला निको हुने भएकाले बछौली र पिठुवा स्वास्थ्यचौकीमा भिआइए स्क्रिनिङ गरिने जानकारी दिए ।

    कार्यक्रममा बकुलहर रत्ननगर अस्पतालका नर्सिङ अधिकृत विष्णुकुमारी श्रेष्ठले प्रशिक्षणको क्रममा एकसय जना फिस्टुला भएका महिलामध्ये ९५ जनामा प्रसव फिस्टुलाको समस्या रहेको बताइन् । उनले लामो समय प्रसव व्यथा लाग्दा सुत्केरीलाई घरमै राख्नु, प्रसूति सेवा नपाउनु, घरमै सुत्केरी गराउँदा जटिल संक्रमण हुनु, भ्याकुम डेलिभरी, बलपूर्वक यौनसम्पर्कलगायत चोटपटकका कारण पाठेघरको फिस्टुला हुने भएकाले स्वास्थ्यकर्मीले नियमित गर्भ जाँच तथा स्वास्थ्य संस्थामै सुत्केरी गराउन समाजमा सचेतना दिनुपर्ने बताइन् ।

    काठमाडौँको मोडल अस्पतालमा फिस्टुलाको निःशुल्क उपचार हुने र बिरामीलाई यातायात तथा खानाको समेत व्यवस्था हुने भएकाले गाउँसमाजमा लुकेर बसेका फिस्टुलाको समस्या भएका महिलालाई उपचारका लागि प्रोत्साहित गर्नुपर्ने उनको भनाइ थियो । रत्ननगर नगरपालिकाका सामाजिक विकास संयोजक बालकृष्ण चापागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य शाखाका नरहरि श्याम शर्माले सहजीकरण तथा रुकमाया शर्माले कार्यक्रमको सञ्चालन गरेका थिए ।

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • ४.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ५.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ६.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.