• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ५. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • ९. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

एमाले उम्मेदवार न्यौपाने

  •   आइतबार, बैशाख ०३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेकपा (एमाले)बाट चितवन २ का उम्मेदवार रामप्रसाद न्यौपानेले आफूले जितेर गएपछि जनताले गुनासो गर्नै नपर्नेगरी काम गर्ने बताउनुभएको छ । आफूले जनताको पक्षमा काम गर्ने उल्लेख गर्दै मतदातालाई गुनासो गर्ने ठाउँ नै नदिने बताउनुभएको हो । कालिका नगरपालिकाका विभिन्न वडामा आज भएको घरदैलो कार्यक्रममा एमाले उम्मेदवार न्यौपानेले जनताले दिएको विश्वास र भरोसालाई उँचो राख्दै यहाँका नागरिकका परिवारको सदस्य बनेर काम गर्ने बताउनुभयो ।

    ‘मैले यहाँहरुको विश्वास र भरोसालाई टुट्न दिने छैन’ न्यौपानेले भन्नुभयो, ‘संसद् चलेको बेलामा भन्दा अन्य बेलामा जनताका पिरमर्का र गुनासा सुन्नका लागि चितवन २ मा घरदैलोमा समय बिताउनेछु ।’ चितवन बनाउन तथा यो क्षेत्र बनाउन सबैले लामो समयदेखि दुःख गरिरहेको उल्लेख गर्दै न्यौपोनले जिल्लाको विकास र समृद्धिमा सबैको योगदान रहनुपर्ने बताउनुभयो । ‘जनताको समस्या बाँकी छन्, समस्यालाई सम्बोधन गर्नुपर्नेछ, हामी त्यो अभियानमा केन्द्रित छौँ’ न्यौपानेले भन्नुभयो, ‘उम्मेदवारको हिसाबले म सूर्य ध्वजाबाहक उम्मेदवार छु, एमालेको उम्मेदवार छु, तर म सबै पार्टीको, सबै नागरिकको मनमनमा रहने भोलि पनि साझा जनप्रतिनिधि बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहान्छु ।’

    आफूले नैतिकवान समाज, व्यवस्थित समाज र सभ्य समाज निर्माण गर्ने कुरामा अगुवाई गर्ने न्यौपानेले बताउनुभयो । जिल्लालाई समृद्धि र विकासमा अघि बढाउने कुरामा आफूले अगुवाई गर्ने उहाँको भनाइ छ । ‘मलाई थाहा छ, किसानहरुका, युवाहरुका, महिलाहरुका थुप्रै समस्या छन्’ उहाँले भन्नुभयो, ‘सरकारी सेवामा भएको ढिलासुस्तीले नागरिकमा नैरास्यता पैदा गरेको छ त्यसलाई अन्त्य गर्दै समृद्ध समाज निर्माणमा लाग्ने प्रतिबद्धता जनाउँछु ।’ अहिले यो उपनिर्वाचन भविष्य निर्माण गर्ने विषय भएको भन्दै न्यौपानेले भन्नुभयो, ‘यो भविष्य निर्माणको अभियानमा हाम्रो सभ्यता कमजोर भयो भने, ठीक जनप्रतिनिधि चुन्न सकेनौँ भने, यही जिल्लाको जनप्रतिनिधि चुन्न सकेनौँ भने हामी कमजोर हुन्छौँ ।’

    उहाँले आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै भन्नुभयो, ‘सबैले यसपटक यही जिल्लाको समृद्धि र विकासमा खटिरहेको सूर्य ध्वजाबाहक उम्मेदवार, म राम न्यौपानेलाई विजयी गराउनुहुन अनुरोध गर्दछु ।’ कालिका नगरपालिकामा भएको एमालेको घरदैलो कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री एवं नेकपा एमाले संसदीय दलको प्रमुख सचेतक पदम गिरीसमेत सहभागी हुनुहुन्थ्यो ।

    एमालेको घरदैलो अभियान कालिकाका वडा नम्बर १, ४ र ५ मा भएको थियो । घरदैलोका क्रममा उम्मेदवार न्यौपानेले घरघरमा पुगेर मत माग्नुका साथै विभिन्न स्थानमा भएको कोणसभालाई सम्बोधन समेत गर्नुभएको थियो ।

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.