• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक २०, २०८३
☰
शुक्रबार, कार्तिक २०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • २. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ३. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ४. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ५. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ६. ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

  • ७. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • ८. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

  • ९. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • १०. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

रामेछापका ७५ प्रतिशत सामुदायिक विद्यालयका पाठ्य पुस्तक पुग्यो

  •   आइतबार, बैशाख ०३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    मन्थली ।  विसं २०८० को शैक्षिक सत्र सुरु भएसँगै रामेछापका ७५ प्रतिशत सामुदायिक विद्यालयमा सरकारी पुस्तकहरू पुगिसकेको छ । यसपटक जिल्लाका पुस्तक व्यवसायीले नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा अघि नै पर्याप्त पुस्तक ल्याएका कारण शैक्षिक सत्रको सुरुआतीसँगै जिल्लाका अधिकांश विद्यालयमा पाठ्यपुस्तक पुगेको हो ।

    त्यसैगरी सामुदायिक विद्यालयका कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक सरकारले निजी क्षेत्रलाई प्रकाशन र वितरण गर्ने अनुमति दिएका कारण र जनक शिक्षा सामग्री केन्द्रले ६ देखि १० कक्षा सम्मका पाठ्यपुस्तक मात्र छपाइ गरेको कारणले पनि यसपटक पाठ्यपुस्तकमा सहजता भएको व्यवसायी बताउँछन् । जिल्लामा कक्षा १ देखि १० सम्मका ४० हजार थान पुस्तक आवश्यक रहेकोमा अहिलेसम्म ३० हजार थान पाठ्यपुस्तक जिल्लामा भित्रिसकेकोे नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ जिल्ला शाखा रामेछापका अध्यक्ष मीनप्रसाद घिमिरेले बताउनुभयो ।

    जिल्लामा स्टेशनरी व्यवसाय गरेर बस्ने व्यवसायीले छुट्टाछुट्टै रूपमा पुस्तक खरिद गरेर ल्याएका छन् । ती पुस्तक सम्बन्धित विद्यालयले आआफ्नो पायक पर्ने पुस्तक पसलबाट खरिद गरेर लैजाने गर्दछन् । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घका अनुसार यो वर्ष गत वर्षमा जस्तो पाठ्यपुस्तक प्राप्तिमा झन्झट नभएका कारण बेलैमा पाठ्यपुस्तक जिल्लामा ल्याएर विभिन्न विद्यालयमा पुरयाउन सकिएको हो । अहिलेसम्म जिल्लालाई आवश्यक पर्ने कूल सङ्ख्याको ७५ प्रतिशत पुस्तक आएको भए पनि अरू बाँकी केही पुस्तक पुरानै चलाउने गरेका कारणले जिल्लामा सय प्रतिशत पुस्तक ल्याए पनि नबिक्ने समस्या रहेको गुनासो पुस्तक व्यवसायीको रहेको छ ।

    जिल्लाका आठ वटा पालिकामध्ये छ वटा पालिकामा पूर्ण मात्रामा पाठ्यपुस्तक पुगिसकेको र दुई पालिकामा पनि वैशाखको पहिलो हप्तासम्म गतेसम्म पूर्ण मात्रामा पुगिसक्ने शिक्षा विकास तथा समन्वय एकाइ रामेछापका प्रमुख भरत भट्टराईले बताउनुभयो । उहाँका अनुसार जिल्लाको रामेछाप र मन्थली नगरपालिका, गोकुलगङ्गा, खाँडादेवी, उमाकुण्डर लिखुतामा कोशी गाउँपालिकामा रहेका विद्यालयमा भएको आवश्यकताका आधारमा पूर्णरूपमा पाठ्यपुस्तक पुगिसकेको छ ।

    दोरम्बा शैलुङ र सुनापति गाउँपालिकामा पनि वैशाखको पहिलो हप्ताभित्र पाठ्यपुस्तक पुगिसक्ने प्रमुख भट्टराइले बताउनुभयो । शिक्षा विकास तथा समन्वय एकाइ रामेछापका अनुसार रामेछापको आठ वटै पालिकामा रहेका दुई सय ८० आधारभूत विद्यालय र ९६ माध्यमिक विद्यालयका लागि यो वर्ष ४० हजार थान पाठ्यपुस्तक आवश्यक पर्दछ । यस शैक्षिक सत्रका लागि माध्यमिक तहमा सात हजार र आधारभूत तहमा ३३ हजार विद्यार्थीका लागि पाठ्यपुस्तक आवश्यक रहेको जिल्ला शिक्षा तथा समन्वय एकाइ रामेछापले जनाएको छ ।

    केही सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउने र केही विद्यालयमा पुरानै पाठ्यपुस्तक पुनःप्रयोग गर्ने भएकाले पनि अब जिल्लामा धेरै पाठयपुस्तक आवश्यक नपर्ने नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ जिल्ला शाखा रामेछापले जनाएको छ ।

    लुम्बिनी लायन्सको तेस्रो जित, जनकपुर बोल्ट्स १६ रनले पराजित
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • २.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ३.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ४.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    • ५.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण

    • ६.
      ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना

    भर्खरै

    • १.
      नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण

    • २.
      बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग

    • ३.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    • ४.
      उपराष्ट्रपति यादवसँग बेलायती राजदूतको शिष्टाचार भेट

    • ५.
      ‘प्रेसलाई नियन्त्रण गर्ने होइन, स्वतन्त्र र मर्यादित बनाउने कानुन ल्याउनुपर्छ’

    • ६.
      प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग शान्तिसुरक्षाबारे ब्रिफिङ, सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन

    • ७.
      लुम्बिनी लायन्सको तेस्रो जित, जनकपुर बोल्ट्स १६ रनले पराजित

    • ८.
      ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.