नवलपुर । दलित जागरण अभियान नेपालको तेस्रो राष्ट्रिय अधिवेशन नवलपुरमा हुने भएको छ । दलित जागरण अभियान नवलपुर क्षेत्र नं. १ ले पत्रकार सम्मेलनको आयोजना गरि राष्ट्रिय अधिवेशनबारे जानकारी गराएको थियो । दलित जागरण अभियानका केन्द्रिय अध्यक्ष भिमबहादुर परियारका अनुसार नवलपुरको देवचुली नगरपालिका वडा नं.१३ मा बैशाख ८ गते अधिवेशन हुने छ ।
अधिवेशन उद्घाटनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री शुशिला सिपार्ली ठकुरी आउने बताइएको छ । अध्यक्ष परियारका अनुसार यस अघिको अधिवेशन पोखरा र सर्लाहीमा भएको थियो । नवलपुरमा आयोजना हुने अधिवेशनलाई व्यापक बनाउने गरि तयारी अघि सारेको जानकारी गराउनुभयो ।
अझै पनि दुर्गम क्षेत्रमा दलित अन्यायमा परेको र त्यो अन्यायको विरुद्धमा आवाज निकाल्न प्रेरण दिने कार्यक्रम अधिवेशनकै दौरानमा राख्ने जानकारी गराए । तेस्रो राष्ट्रिय अधिवेशनमा देशभरका पालिकाबाट एक प्रतिनिधि, त्यस्तै दलित समुदायका व्यक्ति, राष्ट्रि«य स्तरका कलाकारहरुको प्रस्तुती रहने जनाइएको छ ।








