भरतपुर । प्रतिनिधि सभाको लागि चितवन–२ बाट उमेदवार बनेका छत्रकुमार पाख्रिन (सरोज)ले चुनावी अभियानलाई तीव्र पारेका छन् । राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट उमदेवार बनेका पाख्रिनले पुराना र ठूला दलबाट देश विकासको सम्भावना टर्दै गएको हुँदा आफूले उमेदवारी दर्ता गराएको बताए ।
मंगलबार भरतपुरमा पत्रकार सम्मेलन गर्दै चितवन–२ का जनताले दल नहेरी उमेदवार हेरेर मतदान गर्नुपर्ने बताए । शिक्षा, स्वास्थ्य तथा भौतिक पूर्वाधारको विकासका लागि पनि आफूले उमेदवारी दर्ता गरएको भन्दै चुनावी मुद्धालाई हेरेर मतदान गरिदिन उनले आग्रह गरे । ‘देशमा भ्रष्टाचारको अन्त्य र सुशासन कायम गराउन पनि मेरो आवश्यकता परेको हो,’ उनले भने, ‘त्यसैले म सबै उमेदवारलाई जित्छु ।’








