• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ४. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ५. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ६. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ७. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ८. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ९. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • १०. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

कोरोनाका कारण देशमा ६३ प्रतिशत उद्योग बन्द

  •   बिहिबार, बैशाख १४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । कोभिड–१९ को महामारीका कारण नेपालमा सञ्चालनमा आएका धेरै उद्योग प्रभावित भएको तथ्याङ्कले देखाएको छ । कोभिड–१९ का कारण चार महिना गरिएको बन्दाबन्दीका क्रममा ६३ प्रतिशत उद्योग पूर्णरूपमा बन्द भएका छन् । यस अवधिमा २४ प्रतिशत उद्योग प्रतिष्ठान आंशिकरूपमा सञ्चालनमा रहेका र १३ प्रतिशत उद्योग पूर्णरूपमा सञ्चालनमा रहेका तथ्याङ्कले देखाएको छ ।

    राष्ट्रिय तथ्याङ्क कार्यालय र तथ्याङ्क कार्यालय चितवनले आज यहाँ आयोजना गरेको अन्तर्राष्ट्रिय औद्योगिक सर्वेक्षणको प्रदेशस्तरीय नतिजा सम्बन्धमा आयोजित अन्तक्र्रिया कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक गरिएको हो । सो समयमा १७ प्रतिशत कामदारले बिनासुविधा आफूले गरिरहेको काम छाड्नुपरेको छ भने ६० प्रतिशत कामदारले बिनातलब सुविधा अस्थायीरूपमा कामबाट अलग हुनुपरेको कार्यक्रममा जानकारी दिइयो । यस्तै ११ प्रतिशत कामदारको तलब सुविधा आंशिकरूपमा कटौती भएको र बाँकी १२ प्रतिशतले निर्धारित समयभन्दा ढिला पाएको राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक राजेश धितालले जानकारी दिनुभयो ।

    अहिले देशभर ६० हजार एक सय ८५ उद्योग प्रतिष्ठान सञ्चालनमा छन् । त्यसमध्ये खानी तथा उत्खनन क्षेत्रमा तीन सय ५६, औद्योगिक उत्पादन क्षेत्रमा ५६ हजार छ सय ११, विद्युत्, ग्यास, वाफ तथा वातानुकूलित सेवा क्षेत्रमा नौ सय ९४, पानीको आपूर्ति, ढल निकास, फोहर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापका क्षेत्रमा दुई हजार दुई सय २४ उद्योग प्रतिष्ठान रहेका छन् । नेपालमा सञ्चालनमा रहेका उद्योगमा ठूला उद्योग पाँच हजार १७, साना उद्योग ५१ हजार पाँच सय ९४ रहेको कार्यक्रममा जानकारी दिइयो ।

    जनशक्तिका आधारमा उद्योगलाई वर्गीकरण गरिएको धितालले बताउनुभयो । नेपालमा सञ्चालनमा रहेका उद्योगमा तीन लाख ८१ हजार छ सय ८७ जनाले प्रत्यक्ष रोजगार पाएका छन् । यी उद्योगमा तलब र ज्यालामा गरी रु एक खर्ब सात अर्ब ८९ करोड खर्च गर्ने गरेको तथ्याङ्क सार्वजनिक गरिएको छ । नेपालका उद्योग प्रतिष्ठानले गरेको उत्पादन ३९ दशमलव नौ प्रतिशत पूर्णरूपमा उपयोग गरेका छन् । यस्तै १८ दशमलव सात प्रतिशले ७५ देखि ९९ प्रतिशत, २९ दशमलव एक प्रतिशतले ५० देखि ७४ प्रतिशत, १० दशमलव तीन प्रतिशतले २५ देखि ४९ प्रतिशत उपभोग गर्ने गरेको सो अवसरमा जानकारी दिइयो । दुई प्रतिशतले २५ प्रतिशतभन्दा कम उपभोग गर्ने गरेका छन् ।

    साना उत्पादनशील उद्योगमा ऋणको अवस्था खासै नरहेको पाइएको छ । साठी प्रतिशत उद्योगले ऋण नलिएको, ऋण लिने प्रक्रियामा रहेका पाँच प्रतिशत, ऋणको प्रतिबद्धता प्राप्त गरेका एक प्रतिशत र ऋण लिनेको सङ्ख्या ३४ प्रतिशत रहेको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, राष्ट्रिय तथ्याङ्क कार्यालयका सहसचिव डिल्लीराज जोशी, उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ, उद्योग सङ्घ चितवनका उपाध्यक्ष युवराज ओस्ति, राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक विनोदशरण आचार्य, तथ्याङ्क कार्यालयका प्रमुख यज्ञमूर्ति भण्डारीलगायतले सो विषयमा बोल्नुभएको थियो ।

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • ४.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ५.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ६.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.