• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

तामाङ पत्रकार संघको राष्ट्रिय भेला बागमती प्रदेशका अर्थमन्त्री बहादुरसिंह लामाले उद्घाटन गर्ने

  •   बिहिबार, जेठ ०४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । तामाङ सञ्चारकर्मीहरुको छाता संगठन तामाङ पत्रकार संघको ‘पहिलो राष्ट्रिय भेला’ भोलि र पर्सी (शुक्रबार र शनिबार) हुने भएको छ । अर्थात् यही जेठ ५ र ६ गते ‘पहिलो राष्ट्रिय भेला’ नक्साल काठमाडौँमा हुन लागेको संघका केन्द्रीय अध्यक्ष सुभाष तामाङले जानकारी दिए । अध्यक्ष तामाङका अनुसार बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले भेलाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

    देशैभरका तामाङ पत्रकारहरुको भेटघाट, संस्थागत परिचयको अपग्रेडलगायत विभिन्न कार्यक्रमको लक्ष्यसहित पहिलो पटक राष्ट्रिय भेला गर्न लागेको उनले बताए । भेलामा दश लाख बराबरको तामाङ पत्रकार अक्षयकोष स्थापनाको घोषणा गर्ने कार्यक्रम रहेको संघले जनाएको छ । उक्त कोषको ब्याजबाट विभिन्न सामाजिक कार्य तथा पत्रकार हकहितको लागि खर्चिने बताइएको छ ।

    सो अवसरमा संघले तामाङ पत्रकारहरुको अनुभव र सफलताको कथा बोकेको स्मारिका प्रकाशन गर्ने भएको छ । जसअन्तर्गत अमरध्वज तामाङ, जगत दोङ, फूलमान बल, नेत्र तामाङ, रविन्द्र तामाङ, दिपेन्द्र तामाङ, प्रतिक तामाङलगायतको अनुभव र सफलताको कथा समावेश हुनेछन् । उक्त भेलामा ६० जना तामाङ पत्रकारहरुको सहभागी हुने लक्ष्य राखिएको छ । देशभर २२ जिल्ला, दुई प्रदेश र एक प्रवासमा समेत संगठन विस्तार भइसकेको छ भने चार सय बढी तामाङ पत्रकारहरु संचार क्षेत्रमा आबद्ध छन् ।

    संघले विभिन्न समयमा पहिचानमूलक तामाङ पत्रकारिता लेखनवृत्ति, तामाङ मिडिया अवार्ड, दीपेन्द्र दोङ तामाङ स्मृति पत्रकारिता पुरस्कारहरु प्रदान गर्दै आएको छ । तालिका अनुसार जेठ ५ गते पहिलो सत्रमा बिहान ११ बजे प्रमुख अतिथिबाट उद्घाटन र दोस्रो सत्रमा जिल्ला, प्रदेश र प्रवास शाखाको रिपोर्टिङ गरिने तय भएको छ ।

    यस्तै तेश्रो सत्रमा ‘स्थानीय तहमा तामाङको मुद्दा र कार्यान्वयनको अवस्था’ विषयक रहने छ । जेठ ६ गतेको पहिलो सत्रमा ‘तामाङ पत्रकार संघको सांगठनिक विकासक्रम र वर्तमान नेतृत्वको कार्यभार’, ‘पत्रकारको क्षमता अभिवृद्धि र स्रोत पहिचान’ र ‘तामाङ पत्रकारिता ः मुद्दा र प्रभावकारिता’ विषयमा प्रस्तुति दिने कार्यक्रम हुनेछ । यस्तै दोस्रो सत्रमा ‘समावेशी सञ्चार र पत्रकार आचारसंहिता’ र ‘मातृभाषा पत्रकारिता प्रेस रजिष्ट्रार कार्यालयको भूमिका’ विषयमा प्रस्तुति छन् ।

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.