• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

नेपालको नदी किनार ‘सि बीच’ को झझल्को

  •   शनिबार, जेठ ०६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  बर्सेनि करोडौँ रुपैयाँ खर्चेर सामुद्रिक किनारमा रमाउन नेपाली विदेश जाने गर्दछन् । थाइल्याण्ड, दुबई, भारतको गोवा, इण्डोनेसियाको बालीलगायतका देश र सहरमा बर्सेनि ठूलो सङ्ख्यामा नेपाली पुगेको देख्नुभएका महेन्द्रसिंह थापालाई नेपाली पर्यटक रोक्ने योजना बन्यो । उहाँले यही ‘सि बीच’ मोडल दिने गरी नदी किनारमा पर्यटकीय पूर्वाधार निर्माण गर्दै आउनुभएको छ । पर्यटन क्षेत्रमा चार दशक पार गर्नुभएका उहाँ पछिल्लो समय नदी तटीय क्षेत्रमा पर्यटकीय पूर्वाधारमा जुट्नुभएको हो ।

    उहाँले सिन्धुपाल्चोकको सुकुटे, गोरखाको बुटार र नवलपुरको गैँडाकोटमा नदी किनारमा रिसोर्ट सञ्चालन गर्नुभएको छ । सँगै ¥याफ्टिङ, ढुङ्गालगायतका जलक्रिडाका गतिविधिमा उहाँको लगानी छ । ¥याफ्टिङ र ट्रेकिङमा राम्रो दख्खल हासिल गर्नुभएका पर्यटन व्यवसायी थापाले नेपालका १८ नदीमा ¥याफ्टिङ चलाउनु भएको छ । त्यसो त अमेरिका, नर्वे, आइसल्याण्ड, भारत र पाकिस्तानमा ‘¥याफ्टिङ’ चलाएको अनुभव उहाँसंग छ । सोलुखुम्बुमा जन्मिएर त्यही प्रवेशिका परीक्षा उत्तीर्णपछि काठमाडौँमा सरस्वती क्याम्पस पढ्दै गर्दा यो पेसामा उहाँ लाग्नुभएको हो । उहाँले भन्नुभयो, “चार वर्ष जागिर खाएपछि म ¥याफ्टिङतर्फ आकर्षित भए ।”

    सुरुआती समयमा चितवन राष्ट्रिय निकुञ्जभित्रको टाइगर टप्स होटलमा ¥याफ्टिङमै उहाँले जागिर खानुभयो । यही क्रममा सिलसिलामा उहाँ तालिमका लागि अमेरिका पुग्नुभयो । अमेरिकाको तालिमसँगै विभिन्न देशमा उहाँले ¥याफ्टिङमा जागिर खानु भयो । यही क्रममा भारतमा ¥याफ्टिङको सुरुआत आफैँले गराएको उहाँको दाबी छ । उहाँले भन्नुभयो “भारतमा सुरुआत गर्ने मै हो । नेपालमा हामीले ¥याफ्टिङ, ट्रेकिङ कम्पनी खोलेर नै काम ग¥यौँ ।” नेपाल फर्किएर उहाँले विसं २०५१ मा सिन्धुपाल्चोकमा सुकुटेबीच रिसोर्ट सञ्चालनमा ल्याउनुभयो ।

    जग्गा किनेसँगै क्याम्पिङ टेण्टमा विदेशी पर्यटक राखेर सुरु गरेको सुकुटे अहिले सुविधा सम्पन्न रिसोर्ट बनेको छ । शुक्रबार साँझ सुकुटेबीच पुग्नुभएका गैँडाकोटका पत्रका गोविन्द घिमिरेले भन्नुभयो, “मलाई त विदेशको कुनै देश पुगेकोजस्तो अनुभव भयो । ” साँझदेखि रातभर खोलाको किनारमा तन्नेरीदेखि बूढाबूढीसम्म रमाएको उहाँले सुनाउनुभयो । थापा ¥याफ्टिङ एसोसिएसन र ट्रेकिङ एसोसिएसनको विभिन्न पद हुँदै अध्यक्ष भएकाले विदेशी पर्यटक उहाँको सम्पर्कमा आएकै कारण सुकुटेले छोटो समयमा राम्रो ख्याती कमायो ।

    सिन्धुपाल्चोकको साङ्गाचोक गढी नगरपालिका–९ मा सुकुटेबीच एभेन्चर रिसोर्ट छ । माथिल्लो सुनकोशी नदीको किनारमा त्यहाँ आउने पाहुना रमाउने गर्दछन् । मध्यरातसम्म नदी किनारमा रमाउने पाहुना कोही कोठामा त कोही क्याम्पिङ टेण्टमा सुत्ने गर्दछन् । थापाले भन्नुभयो, “एक रातमा पाँच सय जनासम्म हाम्रो रिसोर्टमा अट्छन् ।” प्रधानमन्त्री, मन्त्रीहरुलगायत उच्चपदस्थ कर्मचारीको रोजाइ पर्न आफ्नो रिसोर्ट सफल भएकोमा थापालाई गर्व छ । उहाँको दोस्रो रिसोर्ट गोरखाको बुटारमा गोरखाबीच रहेको छ ।

    त्रिशूली नदी किनारमा तीन सय जना क्षमताको रिसोर्ट रहेको उहाँ बताउनुहुन्छ । यस्तै हालै मात्र गैँडाकोट नगरपालिका–५ कुसुमघाटस्थित नारायणी नदी किनारमा उहाँको तेस्रो रिसोर्ट ‘नारायणीबीच एडभेन्चर रिसोर्ट’ रहेको छ । सुकुटेमा २० र गोरखामा १० ¥याफ्टिङ डुङ्गा छन् । गैँडाकोटमा तीन मोटरबोट रहेको उहाँले जानकारी दिनुभयो । माथिल्लो सुनकोशी, त्रिशूली र नारायणी नदी किनारमा पर्यटकलाई मनोरञ्जन दिँदै आउनुभएका थापा कास्कीको माथिल्लो सेती नदी किनारमा नयाँ रिसोर्ट निर्माणको योजनामा हुनुहुन्छ ।

    उहाँले भन्नुभयो, “नदी किनारलाई उपयोग गर्न सकियो भने बर्सेनि विदेश जाने नेपाली पर्यटकले यही खर्च गर्छन् ।” बर्सेनि रु तीन चार अर्ब विदेश घुम्नेले खर्च गरेको भन्दै उहाँले नेपालका नदी किनारलाई अधिकतम उपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले विदेशी पर्यटक ल्याउने हो, नेपालीलाई यही रोक्ने हो ।”

    विदेशका सामुद्रिक किनारमा पाइने सबै सुविधा यही दिन सकिने थापाको भनाइ छ । उहाँका तीनवटै रिसोटमा पुग्दा विदेश गएकोजस्तै झल्को आउने गर्छ । सरकारले सडक, विद्युत्, खानेपानीजस्ता पूर्वाधारमा लगानी गरे पुग्ने भन्दै उहाँले व्यवसायीले नै पर्यटन पूर्वाधारमा लगानी गर्ने बताउनुभयो ।

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.