• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

विपद् नमूना अभ्यास हेर्दै भक्कानिए बोटे समुदाय

  •   सोमबार, जेठ ०८, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    तनहुँ ।  व्यास नगरपालिका–१० मा पर्ने मादी नदीमा केही व्यक्ति बगाउँदै गरेको भयावह दृश्य देखियो । देख्नेहरू अत्तालिँदै हारगुहार माग्दै बचाउन आग्रह गर्दै थिए । तत्कालै नेपाली सेना डुङ्गा लिएर गोताखोर टोलीसहित बग्दै गरेकालाई बचाउन उद्धारमा जुट्यो । तत्कालै सेनाले उद्धार गर्दा नदीमा बग्दै गरेका पाँच÷छ जनाले पुनर्जीवन पाए । नजिकै डिलमा बसेर नेपाली सेनाले आज गरेको विपद् नमूना अभ्यास हेर्दै गरेकामध्ये स्थानीय टेकबहादुर बोटेले आफूलाई सम्हाल्न सक्नुभएन । “यस्तो विपद् शत्रुलाई पनि नपरोस्”, दायाँ हातले आँसु पुछ्दै ५० वर्षीय बोटेले भन्नुभयो, “यही नदीले पाँच महिना पहिले मेरी बुहारी मङ्गलीलाई पनि खायो ।

    अहिले बुहारीको सम्झना आयो । त्यसैले मन सम्हाल्न सकिनँ ।” यही मङ्सिर महिनामा व्यास–५ पाटनमा आफन्तको मृत्यु संस्कार सहभागी हुन अर्घौमा धारापानी घाटको जङ्गार तर्ने क्रममा ४१ वर्षीया बुहारी मङ्गलीको बगाएर मृत्यु भएको बोटेले बताउनुभयो । बोटेका अनुसार उक्त घाट तर्ने क्रममा बुहारी मङ्गलीलाई बगाएपछि करिब तीन सय मिटर तल शव फेला परेको थियो । त्यसअघि विसं २०७३ मा स्थानीय ५८ वर्षीय बुद्धिबहादुर बोटेको पनि सोही स्थानमा बगाएर मृत्यु भएको थियो । भैँसी तार्ने क्रममा बुद्धिबहादुरको मृत्यु भएको टेकबहादुरले बताउनुभयो ।

    उक्त घटनापछि पानीसँग जबरजस्ती गर्न हुँदैन रहेछ भन्ने सिकेको उहाँले बताउनुभयो । विपद्को समयमा सूचना पाएलगत्तै उद्धारमा खटिन सुरक्षाकर्मी छिटो आउने गरी राज्यले व्यवस्था गर्नुपर्ने स्थानीय ४० वर्षीय टीकाराम थापामगरले बताउनुभयो । “विपद् नमूना अभ्यास हेरेर कसरी उद्धार गरिने रहेछ भन्ने जानकारी पायौँ”, थापामगरले भन्नुभयो, “तर साँच्चै विपद्को समयमा तालिम प्राप्त सुरक्षाकर्मीहरू तुरुन्तै आउने गरी राज्यले व्यवस्था गर्न सक्नुपर्छ । तब मात्र नागरिकको जिउधनको रक्षा गर्न सकिन्छ ।” उक्त नमूना अभ्यास गरिएको मादी नदी किनार नजिकै लोपोन्मुख बोटे समुदायको ३६ घर छ ।

    उक्त गाउँमा करिब एक सय ८० जना बोटेहरू बस्दै आएका छन् । नदीमा माछा मारेर जीविका चलाउँदै आएका बोटेहरू पछिल्लो समय कृषि क्षेत्रमा संलग्न छन् । विपद् नमूना अभ्यासले गर्दा आफूहरूले प्राकृतिक विपद्मा कसरी जीवन रक्षा गर्ने भन्ने बारेमा जानकारी पाएको स्थानीय ४५ वर्षीया राममाया बोटेले बताउनुभयो । “विपद् नमूना अभ्यासबाट हामीले विपद्को समयमा आत्तिन नहुने कुरा पनि सिक्यौँ”, राममायाले भन्नुभयो, “आगलागी, बाढीपहिरो र भूकम्पको जोखिमबाट कसरी बच्न सकिन्छ भन्ने बारेमा प्रत्यक्ष जानकारी पाइयो ।”

    सुनेरभन्दा पनि देखेको धेरै समयसम्म सम्झिने भएकाले नमूना अभ्यासले विपद्को समयमा कसरी उद्धार गर्ने भन्ने बारेमा आफूहरूलाई सिकाएको स्थानीय ४३ वर्षीय आइतबहादुर बोटेले बताउनुभयो । “विपद्बाट बच्न पूर्वतयारी पनि गर्नुपर्ने रहेछ भन्ने बारेमा जानकारी पायौँ”, बोटेले भन्नुभयो, “विपद् नै परेको जस्तो दृश्य देख्दा आङ नै सिरिङ्ग भयो ।” मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश र नेपाली सेनाको पश्चिम पृतना हेडक्वार्टरको संयुक्त आयोजना र दमौलीस्थित कालिभञ्जन गणको संयोजनमा सोमबार विपद् नमूना अभ्यास भएको थियो ।

    आगलागी, भूकम्प, बाढीपहिरामा परेकालाई कसरी उद्धार गर्ने भन्ने बारेमा भएको अभ्यासको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, म्याग्दे गाउँपाकिाका प्रमुख श्रीप्रसाद श्रेष्ठ, श्री नम्बर ३ बाहिनी अड्डाका बाहिनीपति गौरवकुमार केसी, गण्डकी प्रदेशका प्रहरी नायब महानिरीक्षक बुद्धिराज गुरुङ, सशस्त्र प्रहरी बल नेपालका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक कालिदास धौवजी, गण्डकी प्रदेश राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशक मधु केसीलगायतले विपद् नमूना अभ्यास निरीक्षण गर्नुभएको थियो ।

    गण्डकी प्रदेशमा तीन वर्षमा बाढीपहिरो आगलागीबाट दुई सय १८ जनाको मृत्यु, चार सय एक घाइते, दुई हजार पशुचौपाया र दुई हजार पाँच सय भौतिक संरचनामा क्षति पुगेको तथ्याङ्क रहेकाले सबै पक्ष गम्भीर हुन आवश्यक रहेको पश्चिम पृतनाका पृतनापति उपरथी दीपककुमार बानियाले बताउनुभयो । उहाँका अनुसार गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७८÷७९ मा वार्षिक ४३ करोड मूल्य बराबरको आर्थिक क्षति भएको छ ।

    “विपद्बाट सर्वसाधारणको उद्धार गर्न सकिन्छ भन्ने ठानेर नै हामीले नमूना अभ्यास गरेका हौँ”, उपरथी बानियाँले भन्नुभयो, “यस्ता कार्यलाई स्थानीय तहले पनि आफ्नो कार्यक्रम बनाएर व्यापक प्रचारप्रसार गर्न आवश्यक छ ।” गत वर्ष गण्डकी प्रदेशका ११ जिल्लामा नेपाली सेनाको नेतृत्वमा १८ नमूना अभ्यास गरिएको उपरथी बानियाले जानकारी दिनुभयो । विपद् अचानक आइपर्ने भएकाले पूर्वतयारी गरी विपद्बाट हुने क्षतिलाई कम गर्न सकिने गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।

    विपद् जोखिम क्षेत्र पहिचान गरी मानवीयलगायतका क्षति न्यूनीकरण गर्न पूर्वतयारी गरी तालिम प्राप्त जनशक्ति खटाउने गरी गण्डकी प्रदेशबाट व्यवस्था गर्न लागिएको मुख्यमन्त्री पाण्डेले जानकारी दिनुभयो । “गण्डकी प्रदेशमा विपद्लाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने बारेमा हामी गम्भीर भएर लागेका छौँ”, उहाँले भन्नुभयो, “विपद् व्यवस्थापनका लागि सबै क्षेत्रबाट सकारात्मक पहल कदमीको अपेक्षा गरेका छौँ ।” विपद् व्यवस्थापनका लागि आफूहरूले पाठ्यपुस्तकमा उल्लेख गर्ने गरी तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो ।

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.