गैंडाकोट जेठ ९ । गैंडाकोटका एक बिरामीलाई आर्थिक समस्याका कारण उपचारमा समस्या परेको भन्दै रोजगारीका लागि तेस्रो मुलुक गएका नेपालीको आर्थिक सहयोग पीडित समक्ष उपलब्ध गराउन थालेका छन् ।
आफन्तजन तथा उनका छर-छिमेकीले समेत सबैसंग सहयोगको याचना गरेसङै वैदेशिक रोजगारमा रहेका गैंडाकोटकै शुभद्रा बगालेको नेतृत्वमा बेल्जियम बाट ८२,००० ( बयासी हजार) तेस्तै दुबईमा रहेका विक्रम आचार्यको नेतृत्वमा ५०,८८७ ( पचास हजार आठ सय सता सी ) रुपैया सहित गैंडाकोटका टोल, बिद्यालय, सामुदायिक बन, र नगरभित्रका क्लब हरुले आर्थिक सहयोग गरेका छन । मंगलवार पीडित कृष्ण कुवरकै निवासमा उक्त रकम बाहेक कुल २,०९,०३७ (दुइलाख नौ हजार सैतिस ) रुपैया हस्तान्तरण गरिएको छ ।
नगरकै वडा ५ मा बसोवास गर्ने वर्ष ३२ का कृष्ण कुवार लाई चारमहिना अघि भरतपुरमा रहेको बिपि कोइराला मेमोरियल अस्पतालले रक्त क्यान्सर भएको जनाए सङ्गै परिवारले थप उपचारका लागि राजिब गान्धी अस्पताल भारतमा भर्ना गराएका थिए । कृष्णको स्वास्थ्यमा क्रमिक सुधार भए पनि हालसम्म २५/३० लाख भन्दा बढी खर्च लागेको र उतिनै रकम अब लाग्न सक्ने अस्पतालले बताएको बैकुण्ठ टोल निवासी ऋषिराम बगाले र मिरा के.सिले संकेत पोस्ट लाई जानकारी दिए ।
क्यान्सरबाट पीडित गैंडाकोट ५ निवासी वर्ष ३२ का कृष्ण कुवरले आफ्नो बुवाआमा सानैमा गुमाए अहिले उनी सङ्ग सात वर्ष कतारमा कामगरी कमाएको सानो घर र घरभरीको जग्गा बाहेक केही छैन त्यो पनि उपचारका क्रममा नजिकैको सहकारी बाट समेत ऋण लिएका उनलाई बचाउन यतिबेला कृष्णका तीन दाजुभाइले समेत आग्रह गरेका छन ।
कृष्ण लाई सहयोग संकलन गर्नकै लागि उन्का दाजु सन्तोष कुवारको एभरेस्ट बैंकको खाता नम्बर ०२५००५०१२०८२२६ मा सहयोग जम्मा गराइदिन र अन्य जानकारी को लागि ९८४५४१८८०० सम्पर्क गर्न सकिने बताइएको छ ।








