• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ४. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • ९. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

आयत प्रतिस्थापन गर्न कृषि उत्पादन वृद्धि गर्नुको विकल्प छैन : प्रमुख रेनु दाहाल

  •   बुधबार, जेठ १०, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आयत प्रतिस्थापन गर्न कृषि उत्पादन वृद्धि गर्नुको विकल्प नरहेको बताउनु भएको छ । भरतपुर–२२ मा निर्माण भएको दुई वटा बोरिङको उद्घाटन गर्दै प्रमुख दाहालले कम लागतमा उत्पादन वृद्धि गरी कृषिमा आत्मनिर्भर बन्नुपर्ने उल्लेख गर्नुभयो ।

    कृषि उत्पादन वृद्धि गरी तेस्रो मुलुकबाट आउने खाद्यन्न रोकिने र देशको अर्थतन्त्र पनि बलियो बन्दै जाने बताउनुभयो । कृषि उत्पादन वृद्धि गर्न भरतपुर महानगरपालिकाले उत्पादनमूलक कार्यक्रमहरु सञ्चालन गरिरहेको उहाँको भनाई थियो । प्रमुख दाहालले कृषि उत्पादन गर्न सिँचाई र उन्नत बीउको आवश्यकता हुने भएकाले महानगरपालिकाले कृषकलाई सिँचाई र बीउको प्रबन्ध मिलाएको बताउनुभयो । भरतपुर महानगरपालिकाले लिएको नीति अनुरुप कृषि उत्पादन वृद्धि गर्ने गरी विगतदेखि नै यन्त्रिकीकरणलाई जोड प्रतिफल पनि प्राप्त गर्न सफल भएको प्रमुख दाहालले बताउनुभयो ।

    महानगरपालिकाको आगामी ४ वर्षभित्र सबै ठाँउमा सिँचाईको व्यवस्था हुने भएकाले उत्पादन वृद्धि हुने पक्का भएको धारणा राख्नुभयो । दुई वटा बोरिङको उद्घाटन बुधबार महानगरपालिका प्रमुख रेनु दाहालले दुई वटा भूमिगत सिँचाई प्राणाली अन्तरगतको डिप बोरिङको उद्घाटन गर्नुभयो । भरतपुर २२ को सुख्खाग्रस्त क्षेत्र गर्भेटाँडी र पदमपोखरीमा निर्माण भएको बोरिङ उद्घाटन गर्दै प्रमुख दाहालले सिँचाईको अभावमा कुनै पनि खेत बाझो राख्न नपर्ने उल्लेख गर्नुभयो ।

    भरतपुरमा ९ हजार हेक्टरमा सिँचाईको व्यवस्था गर्ने लक्ष्य राखिएकोमा हालसम्म २१ सय हेक्टरमा सिँचाँईको व्यवस्था भईसकेको उहाँको भनाई छ । एउटा डिप बोरिङले ३५ विघा खेतलाई सिँचाई गर्न पुग्छ ।

    १५ जनालाई बाख्रा वितरण भरतपुर २२ का १५ घरधुरीलाई बाख्रा वितरण गरिएको छ । निर्वाहमूखी कृषिकर्म गरिरहेका कृषिकहरुलाई प्रोत्सहान गर्न एक परिवार दुई बाख्रा वितरण गरिएको हो । भरतपुर महानगरपालिकाका प्रमुख दाहालले बाख्रा वितरण गर्नुभयो ।

    भरतपुर महानगरपालिकाका कृषि महाशाखा प्रमुख तेजेन्द्र पौडेलका कृषिको व्यवसायीकरणको क्रममा ठुला कृषकहरु समेटिने तर निम्न आय भएका कृषक नसमेटिने भएकाले बाख्रा वितरण कार्यक्रम ल्याईएको बताउनुभयो । निर्वाहमूखी कृषक कार्यक्रममार्फत ९० जनाले २ वटाका दरले बाख्रा पाउने छन् ।युवा लक्ष्ति कार्यक्रममार्फत १७ जनाले २ लाखका दरले रकम प्राप्त गरेका छन् । ९० क्विन्टल धानको बीउ वितरण भरतपुर महानगरपालिकाको अनुदानमा ९० क्विन्टल धानको बीउ वितरण गरिएको छ ।

    भरतपुर २१ को समाज उत्थान कृषि सहकारीमा अयोजित कार्यक्रममा कृषकहरुलाई धानको बीउ वितरण गर्नुभयो । महानगरपालिकाले प्रतिकिलो रु ३० का दरले अनुदान दिएको हो । भरतपुरमा रहेको ७२ वटा कृषि सहकारीमार्फत २ सय ३३ मेट्रिक टन बीउ साढे ९ हजार कृषकलाई बीउ वितरण गरिने भरतपुरका कृषि महाशाखा प्रमुख पौडेलले जानकारी दिनुभयो । उन्नत बीउले २० प्रतिशत उत्पादन वृद्धि गर्ने अनुसन्धानले देखाएको छ ।

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ४.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.