• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ४. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • ९. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

गाउँमा बिजुली पुगेपछि स्थानीय खुसी

  •   बुधबार, जेठ १०, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    मध्यविन्दु । साँझमा धिपधिप बल्ने सोलार बत्ती । कहिलेकाहीँ मौसम बदली हुँदा सोलार नबलेपछि टुकी बाल्नुपर्ने बाध्यता । साँझ पर्न नपाउँदै चकम्मन्न बन्ने गाउँ । सुनसान र एकान्त । न त बालबालिकाले उज्यालोमा पढ्न पाउँछन् न त गृहिणीले उज्यालोमा घरधन्दा नै गर्न पाउँछन् । यसरी नै कैयौँ पुस्ताले जीवन बिताएको नवलपरासी९बर्दघाट–सुस्तापूर्व० हुप्सेकोट गाउँपालिकाको विकट क्षेत्रका एक सय ६५ घुरधुरीमा अहिले केन्द्रीय प्रसारणबाट विद्युतीकरण भएको छ ।

    जिल्लाको पहाडी भेग दुर्गम गाउँमा बिजुली पुगेपछि स्थानीयवासीमा खुसियाली छाएको छ । हुप्सेकोट गाउँपालिका–४ रुम्सी, चारघरे र रिताहामा पहिलोपटक राष्ट्रिय प्रसारण लाइन पुगेको छ । वर्षौँदेखि टुकीे र सोलार बालेर दैनिकी चलाउँदै आएका यहाँका जनताका प्रत्येक घरमा अहिले बिजुली बलेपछि हर्षित भएका छन् ।

    “गाउँमा बत्ती नभएर मोबाइल चार्ज गर्न पनि समस्या हुने गर्दथ्यो, अब भने उक्त समस्या हटेको छ, अहिले घरघरमा बिजुली बल्दा दैनिक कामकाज गर्न निकै सहज र गाउँ नै उज्यालो भएको छ”, स्थानीय मनमाया कानुङ मगरले भन्नुभयो ।

    यस्तै अर्का स्थानीय जीवबहादुर सिंजाली मगर भन्नुहुन्छ, “गाउँमा राष्ट्रिय प्रसारण लाइन आएपछि त घरमा धन सम्पत्ति आएजस्तै भएको छ । सबै गाउँलेको मुहार उज्यालो भएको छ । जिल्लाको पहाडी भेग विकट त्यहीमाथि बल्ल बिजुली बल्यो धेरै खुसी लागेको छ ।” बिजुली पुग्दा यहाँका जनाताले नयाँ युगमा प्रवेश गरेको महसुस गरेका छन् । केन्द्रीय विद्युतीकरणको विस्तार र सञ्चालनसँगै चारघरेमा ७०, रुम्सीमा ६० र रिताहाका ३५ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । घरमा केन्द्रीय विद्युत् बलेपछि उज्यालो हुनुका साथै मोबाइल चार्ज, रेडियो सुन्न, विद्यार्र्थीलाई पढ्न लेख्न साथै विद्युतीय क्रियाकलापका लागि सहज भएको छ ।

    हुप्सेकोट गाउँपालिका–४ रुम्सीमा रहेको एउटा मात्र विद्यालय हुप्सेकोट माध्यमिक विद्यालयलाई पनि विद्युत् विस्तारले राहत प्रदान गरेको छ । विद्यालयका प्रशासनिक कामकाजदेखि कम्प्युटर कक्षा सहजता भएको प्रधानाध्यापक बमबहादुर सारु मगरले बताउनुभयो । “गाउँमा बिजुली पुगेपछि घरधन्दा गर्नेदेखि विद्यार्थीलाई अनलाइन कक्षा लेखपढ गर्न, रेडियो टेलिभिजन हेर्न र सुन्न तथा कम्प्युटर चलाउन सजिलो भएको छ”, प्रधानाध्यापक सारुले भन्नुभयो ।

    गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    OCEM का तीन विद्यार्थीले सबै सेमेस्टरमा ४.० GPA हासिल गर्दै रचे ऐतिहासिक कीर्तिमान

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ४.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.