• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ४. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ५. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

जसले जुटपानीमा पानीको हाहाकार हटाए

  •   शुक्रबार, जेठ १२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  । सालमा जुटपानीको खानेपानी आयोजना सुरु हुनुअघि पानीको हाहाकार थियो । साइकल र डोकोमा पानी वोकेर स्थानियलाई खानेपानीको जोहो गर्नुपर्ने वाध्यता थियो । दुई किलोमिटर टाढासम्म पुगेर स्थानीयले पानी ल्याउने खानेपानीको दुःख अन्त्यका लागि यदु प्रसाद खतिवडाले त्यसबेला नेतृत्व थाल्नुभएको हो । । त्यहीबाट सुरु भएको अभियानले अहिले घरघरमा खानेपानकिो सुविदा पुगेको छ । खतिवडालाई पानीको अभियन्ताको रुपमा चर्चा गरिन्छ ।

    खतिवडाले समिति वनाएर काम गर्ने सोचका साथ नेतृत्व गरेका गर्नुभएको थियो । यही क्रममा अलपत्र अवस्थामा रहेको जुटपानीको खानेपानी आयोजनालाई अगाडी बढाउने प्रयासको क्रममा समिति बनाउदा जुटपानी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको संस्थापक अध्यक्षको रुपमा जिम्वेवारी लिएर खतिवडाले काम सुरु गर्नुभयो । चितवनको कालिका नगरपालिका वडा नं ६ निवासी यदु प्रसाद खतिवडाले जीवन नै खानेपानीकै सेवामा विताउनु भएको छ । खानेपानी र सिचाईसंग सम्वन्धीत गाउँमा सञ्चालन हुने हरेक गतिविधीमा उहाँको सक्रियता निरन्तर रहँदै आएको छ ।

    वाँसघारी मझुवा खानेपानी तथा सरसफाई उपभोक्ता समिति लगायत स्थानीय स्तरमा भएका अन्य खानेपानीसंग सम्वन्धीत आयोजनामा आवद्ध रहेर गाउँमा पानीको व्यवस्थापन गर्न उहाँको भुमिका महत्वपूर्ण रहदै आएको छ । जुटपानी खानेपानीको समिति बन्दा पानीको पाइप, धारा, श्रोत, संरचना, जनशक्ती, बजेट केही थिएन ।

    पुरानो संरचना अलपत्र अवस्थामा थियो । साविकको जुटपानी गाविससंग समन्वय गर्दै जिल्लामा रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भरतपुरको सहयोगमा पुराना संरचानको सरसफाई र मर्मत गरेर तत्कालको लागि अस्थायी रुपमा पानी खुवाने व्यवस्था गरेको खतिवडाले बताउनुभयो । विस्तारै सवैको सहयोग र मेहनत एवम् सहकार्यमा नयाँ पाइपको व्यवस्थापन गरेर पाइप विस्तार गरेको उहाँले बताउनुभयो । ६५ हजार मिटर पाईप विस्तार गरेर १८ सय घरधुरीमा पानी पुर्याउने काम आफ्नो कार्यकालमा गरेको खतिवडाले बताउनुभयो ।

    आफु अध्यक्ष हुँदा समितीको कार्यालय समेत नभएको अवस्थामा कार्यालय स्थापना गरेर ७ जना कर्मचारीले काम गर्न सक्ने स्तरको संरचना तयार पारेको खतिवडाले बताउनुभयो । १८ सय उपभोक्ताहरुको घरमा पानीको मिटर जडान गरी मासिक लगभग ४ लाख रुपैयाँ राजश्व संकलन गर्न सक्ने अवस्थामा पुगेको बताउदै उहाँले खानेपानीसंग सम्वन्धीत राज्यका विभिन्न निकायहरुसंग समन्वय सहकार्य गर्नसक्ने हैसियतमा समितिलाई अगाडी बढाएको उहाँले बताउनुभयो ।

    उपभोक्ताहरुबाट संकलन गरिने शुल्कलाई पारदर्शी बनाउन कम्प्युटर प्रणाली जोडिएको र अनलाईन प्रणालीबाट मिटर रिडिगं र शुल्क भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको उहाँले बताउनुभयो । पानीको शुद्धीकरण परिक्षणको लागि कर्मचारीलाई शिप सहितको व्यवस्थापन गरेको उहाँले जानकारी दिनुभयो ।

    अलपत्र अवस्थामा रहेको खानेपानी संरचनालाई व्यवस्थित रुपमा अगाडी बढाई उपभोक्ताको घरसम्म पानी पुर्याउन आफ्नो कार्यकालमा सफल भएकोले आफु खुसी भएको बताउदै उहाँले आफुले जिम्वेवारी हस्तान्तरण गर्दा संस्थाको खातामा ६० लाख रुपैँया जम्मा गरेर छाडेको बताउनुभयो । विचमा ५ बर्ष नेतृत्वमा नरहेपनि आफुले बाहिरबाट सकेको सहयोग गर्दै आएको बताउदै खतिवडाले यो खानेपानी संरचनाको जगदेखिको ज्ञान आफुलाई भएको र काहाँ के गर्न आवश्यक छ भन्ने थाहा भएकोले आमउपभोक्ताको हितमा काम गर्नका लागि पुनः नेतृत्वमा रहेर काम गर्न इच्छा राखेको उहाँले बताउनुभयो ।

    हरेक उभोक्तालाई २४ घण्टा नै नियमति र गुणस्तर पानी उपलव्ध गराउने लक्षका साथ काम गर्न आफुले उम्मेदवारी दिएको जानकारी खतिवडाले दिनुभयो ।

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.