• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ४. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ७. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

चेपाङ बालबालिकालाई विद्यालयमै दिवा खाना

  •   शनिबार, जेठ १३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका–१ भाराङमा रहेको राष्ट्रिय आधारभूत विद्यालयमा पौष्टिक आहारसहितको दिवा खाना कार्यक्रम सुरु गरिएको छ । चेपाङ समुदायको स्वास्थ्य र शिक्षासहित जीवनस्तर उकास्न निरन्तर सक्रिय रहेको सपना भिलेज सोसियल इम्प्याक्टले राष्ट्रिय आधारभूत विद्यालय भाराङमा पौष्टिक आहारसहितको दिवा खाना कार्यक्रम सुरु गरेको हो ।

    चेपाङ समुदायका बालबालिकालाई शिक्षामा अग्रसर गराउन विद्यालयमै खाजा तथा खाना कार्यक्रम प्रभावकारी हुने देखिएपछि आफूहरुले विद्यालयमा नै भान्छा घर निर्माण गरी पौष्टिक आहार सहितको दिवा खाना कार्यक्रम सुरु गरिएको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले बताउनुभयो । कार्यक्रम सञ्चालनपछि नियमित नभएका विद्यार्थी पनि अहिले नियमित रुपमा विद्यालय आएका जनाइएको छ । दिवा खाजाका रुपमा बालबालिकालाई विद्यालयमै खाना खाने व्यवस्था मिलाइएको अध्यक्ष गिरीको भनाइ छ ।

    पेटभरि खान नपाएर बालबालिका विद्यालय आउन छाडेपछि इम्प्याक्टले दैनिक रुपमा विद्यालयमै खाना खुवाउने व्यवस्था मिलाएको हो । त्यसका लागि इम्प्याक्टले विद्यालय भवनको एउटा कोठामा भान्सा कोठासमेत निर्माण गरिदिएको छ । विगत छ महिनादेखि नै उक्त विद्यालयमा दुई सय ८० विद्यार्थीलाई विद्यालयमै खाना खुवाउँदै आएको इम्प्याक्टले शुक्रबार औपचारिकरुपमा भान्सा कोठा र खाना खुवाउने कार्यक्रमको उद्घाटन गरेको हो । विद्यालयमा विद्यार्थी नियमित नभएपछि बालबालिका लिन शिक्षक घरघरै जानुपर्ने बाध्यकारी अवस्था रहेको थियो ।

    भोको पेटमा विद्यालय आउनैपर्ने बाध्यताका कारण बाटैमा विद्यार्थी निदाउने गरेका थिए । पेटभरि खान नपाएर विद्यार्थी विद्यालय नआएको थाहा पाएपछि विद्यालयमै खाना खाने व्यवस्था मिलाइएको इम्प्याक्टका अध्यक्ष गिरीले बताउनुभयो । विद्यालयमै खानाको व्यवस्था गरेपछि विद्यार्थीको सङ्ख्या बढेको गिरीले बताउनुभयो ।

    विगतमा पनि सरकारले उपलब्ध गराएको रु १५ प्रतिविद्यार्थी रकमले खाजा अपुग भएको अवस्थामा वर्षभरि पुग्ने गरि इम्प्याक्टले खाजा सुरु गरेपछि विद्यार्थी खुसी देखिएका छन् । गत वर्षसम्म विद्यालयका सबै शिक्षक पालैपालो बालबालिकाको घरैमा गएर सम्झाउँदा पनि नियमित विद्यालय नआउने बालबालिका अहिले नियमित विद्यालय आउने गरको विद्यालयका प्रधानाध्यापक दीपबहादुर गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “अपवादबाहेक सबै दिन बालबालिका कक्षामा नै भेटिन्छन्, अहिले पौष्टिक तत्वसहित पेटभरि पुग्ने खाना पाउँदा विद्यार्थी नियमित आउँछन् ।”

    दुई वर्षअघि गाँउपालिकाको वडा नं १ मा पर्ने हात्तीवाङ र चौकीडाँडा बाहेकका चार सय ८० घरमा ‘सबैै यात्राको सुरुआत एक सपनाबाट सुरु हुन्छ’ नामक परियोजनाकै क्रममा आएको सुझावअनुसार यहाँ विद्यालय खाजालाई थप व्यवस्थित बनाइएको इम्प्याक्टका अध्यक्ष गिरीको भनाइ छ ।

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ४.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.