• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ५. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुका लागि पोखरी

  •   सोमबार, जेठ १५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    जानकी ।  बाँके राष्ट्रिय निकुञ्जमा रहेका वन्यजन्तुका लागि पानी पोखरीको व्यवस्था गरिएको छ । तराई भू–परिधि कार्यक्रम नेपाल (ताल) को आर्थिक सहयोगमा निकुञ्जभित्र ८० वटा पोखरीमा पानीको व्यवस्था गरिएको हो । तालका सहनिर्देशक कमलराज राईले निकुञ्जका वन्यजन्तुका लागि पिउने पानीका लागि आवश्यकताअनुसार गत वर्ष तीन र यस वर्ष दुई पोखरीमा पानीको व्यवस्था गर्ने काम भइरहेको बताउनुभयो ।

    “हेर्दा थोरै पैसाका सानासाना काम भएजस्तो देखिन्छ, तर यी संरचना वन्यजन्तुका लागि महत्वपूर्ण सावित भएका छन्, पानी नपाएर काकाकुल भएका वन्यजन्तुले पिउने पानी पाउँदा संरक्षणमा टेवा पुगेको छ”, उहाँले भन्नुभयो, “अत्यधिक गर्मी बढेसँगै पोखरीको पानी सुक्न थालेपछि हामीले वन्यजन्तुका लागि पिउने पानीको व्यवस्था गरेका हौँ ।” पोखरीको पानी सुक्न नदिन डिप बोरिङ र हेन्डपम्पको व्यवस्था गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले बताउनुभयो ।

    उहाँले प्राकृतिक र मानव निर्मित पोखरीको संरक्षण गरी वन्यजन्तुका लागि पिउने पानीको व्यवस्था गरिएको बताउनुभयो । “सुक्खायाम र अत्यधिक खडेरीमा यहाँका प्राकृतिक ताल सुक्न थालेपछि डिप बोरिङ र हेन्डपम्पमार्फत पानीको व्यवस्था गरेका छौँ”, उहाँले भन्नुभयो । निकुञ्जभित्र विद्युत्को व्यवस्था नभएकाले सोलार प्रणालीको सहयोगमा हेन्डपम्पको पानी पोखरीमा ल्याउने व्यवस्था मिलाइएको उहाँको भनाइ छ । “प्राकृतिक ताल र पोखरीलाई व्यवस्थित गरी ड्याम बनाएर बग्ने पानीलाई सङ्ग्रह गरिएको छ”, प्रमुख संरक्षण अधिकृत साहले भन्नुभयो, “पानीको अभाव हुन नदिन विभिन्न उपाय अवलम्बन गरिएको छ, पानी सुक्ने पोखरीमा बाहिरबाट चिम्ट्याइलो माटो ल्याएर पानी सुक्नबाट जोगाउने प्रयास भएको छ, कतैकतै सिमेन्टको पोखरीसमेत बनाएर वन्यजन्तुका लागि पिउने पानीको व्यवस्था गरिएको छ ।”

    तालले बाँकेको कम्दी जैविक मार्गमा रहेको वन तथा वातावरण संरक्षण समन्वय समिति र सामुदायिक वन समन्वय समितिका लागि रु चार लाख बजेटमा संरक्षण कोष स्थापना तथा परिचालन गरेको जनाएको छ । त्यसैगरी सीपमूलक कार्यक्रमका लागि रु एक लाख ३० हजार खर्च गरिएको छ । कार्यालय व्यवस्थापनका लागि रु १० हजार, चोरी, सिकार नियन्त्रण युवा अभियानका लागि रु दुई लाख, वन पुनःस्थापना कार्यक्रमका लागि रु पाँच लाख, निजी वन प्रवद्र्धन कार्यक्रमका लागि रु दुई लाख, आयआर्जन कार्यक्रमका लागि रु पाँच लाख र पानीको स्रोत संरक्षण कार्यक्रमका लागि रु चार लाख गरी कूल रु २३ लाख ३० हजारको आर्थिक सहयोग गरेको जनाइएको छ ।

    तालका सहनिर्देशक राईका अनुसार श्री वन तथा वातावरण संरक्षण समन्वय समिति, राप्ती सोनारी गापा–८, ओभरी बाँकेमा पनि तालको आर्थिक सहयोगमा सीपमूलक तालिम कार्यक्रम सञ्चालन गरिएको छ । उक्त कार्यक्रमका लागि रु तीन लाख खर्च भएको राईले बताउनुभयो । त्यसैगरी बाँके राष्ट्रिय निकुञ्जमा रहेको जलसेनी पोखरी स्थापनाका लागि रु २३ लाख ७५ हजार तीन सयको आर्थिक सहयोग गरिएको छ । खैरी तथा गोठेरी पोखरीका लागि रु पाँच लाख र निकुञ्जभित्र रहेका विभिन्न पोष्टको मर्मतका लागि रु तीन लाख खर्च गरिएको छ भने निकुञ्जभित्र सिसिटिभी स्थापनाका लागि रु तीन लाख खर्च गरिएको राईले बताउनुभयो ।

    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    विदेशी फूलको आयात रोक्न किसानको माग
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.