भरतपुर । अत्याधिक गर्मी बढेपछि भरतपुरका बिद्यालय ६ दिनका लागि बन्द भएको छ । भरतपुर महानगरपालिकाले शुक्रबार एक सुचना जारी गर्दै अत्याधिक गर्मी बढेपछि महानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालय ६ दिनका लागि बन्द गरेकाे हाे ।
यही जेठ २१ गते देखि २६ गते सम्म साउन र भदाै महिनामा राखेकाे बर्षे विदामा हालकाे विदा मिलान हुनेगरी ६ दिन विदा निर्णय गरिएकाे भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेल जानकारी दिए ।
त्यस्तै गर्मीले विद्यार्थीहरुलाई स्कुल जना आउन समस्या परेको भन्दै चितवनकाको रत्ननगर, खैरहनी, राप्ती र माडी नगरपालिकाले शुक्रबारदेखि नै लागू हुने गरि विद्यालय बन्द गरेका छ ।









