चितवन । भरतपुरमा पशुपन्छी कल्याणसम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ । शुक्रबार एनिमल नेपालले पशुपन्छी कल्याणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । पशु कल्याणको लागि एनिमल नेपालको सार्थ अभियान अन्त्रगत कुखुरापालन व्यवसायमा देखिएका समस्या, कुखुरा, भैंसी तथा अन्य पशुपन्छी ढुवानीमा देखिएका समस्याको बारे उक्त अन्तक्र्रियामा छलफल भएको हो ।
यो संस्थाले चितवनमा विगत चार वर्षदेखि काम गर्दै आइरहेको छ। कार्यक्रममा एनिमल नेपालकी चितवन संयोजक एवम् एड्भोकेसी कोअर्डिनेटर सुमेधा गौतमले चितवनको पोल्ट्री व्यवसायको वर्तमान अवस्था र पशुपन्छी कल्याणमा देखिएका समस्याका विषयमा प्रस्ट पारेकी थिइन्। मानिसहरुले जसरी पशुपन्छीले पनि बाचुन्जेल स्वतन्त्र रुपमा बाँच्न पाउनु पर्ने उनको भनाइ थियो ।
पशुपन्छीलाई मार्नकै लागि एक ठाउबाट अर्को ठाउमा लैजादा पनि तड्पाई तड्पाई लैजाने जस्ता कृयाकलाप गर्न नहुने बताईन् । व्यबस्थित तरिकाले पशुपन्छी कल्याणको सुनिश्चितताका लागि सरकारी तथा गैरसरकारी संघसस्थाले पनि काम गर्न आवश्यक रहेको उनले बताइन् । एनिमल नेपालकी कार्यक्रम संयोजक सुलक्षणा राणाले एनिमल नेपाल तथा पशुपन्छी कल्याणको विषयमा प्रस्ट पारेकी थिइन् ।
उनले जनवरको ढुवानी गर्दा नाक, मुख, पुच्छार बाध्न नहुने बताउछिन् त्यस्तै उनले ढुवानी मापदण्डले तोके बमोजिम जनावरहरुलाई प्र्याप्त मात्रामा खुल्ला र सहज स्थानको व्यबस्था गर्न अभ्यासय रहेको बताईन् । एनिमल नेपालले चितवन जिल्लामा विगत चार वर्षदेखि ब्रोइलर कुखुरा, लेयर्श कुखुरा, राँगा, भैसीलगायतको कल्याणका लागि काम गरिरहेको छ।








