• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ४. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

स्थानीय सरकार प्रमुखसँग गुनासै गुनासा

  •   सोमबार, जेठ २२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । जिल्ला समन्वय समिति चितवनले आज यहाँ आयोजना गरेको स्थानीय सरकार र सरोकारवालाहरू बीच अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले गुनासै गुनासा गरेका छन् । पशुमा देखिएको लम्पी स्किन रोग, रगतको अभाव, खेलकुदमा देखिएको समस्या र बेसहारा मानवमुक्त सडकका विषयमा आयोजना गरिएको अन्तरक्रियामा सहभागी सबैले स्थानीय निकायबाट सहयोग नभएको गुनासो गरेका हुन् ।

    समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारीले आफ्नो वरिपरि जिल्लाका पालिकाहरूका प्रमुख र उपप्रमुखसँगै प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू राखेर आफ्ना गुनासा राख्न सरोकारवालाहरूलाई आग्रह गर्नुभएको थियो । सो क्रममा नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति हरि पौडेल र क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले रगत पु¥याउन मुस्किल परेको भन्दै पालिका प्रमुख र उपप्रमुखहरूसँग गुनासो गर्नुभयो ।

    कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष उत्तम गुरुङ, सचिव रामजी ढकाललगायतका खेलकुदसँग सम्बन्धित विभिन्न व्यक्तिले जिल्लामा खेलकुदमा देखिएका समस्याका बारेमा गुनासो गर्नुभएको थियो । लम्पी स्किन नामको पशुमा लाग्ने रोगले जिल्लामा ८० गाईभैँसी मरेको भन्दै भ्याक्सिनका लागि पहल गरिदिन भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका प्रमुख सुशील क्षेत्रीले आग्रह गर्नुभयो ।

    सोही अवसरमा मानव सेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले केही पालिकाले आंशिकबाहेक अन्य पालिकाले बेवारिसे मानवमुक्त सहर बनाउन सहयोग नगरेको गुनासो गर्नुभयो । सरोकारवालाहरूको गुनासोको जवाफ भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटा, माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतो, कालिका नगरपालिका प्रमुख विनोद रेग्मी र खैरहनी नगरपालिका उपप्रमुख कविता उप्रेतीले दिनुभएको थियो ।

    सो अवसरमा उहाँहरूले आउँदा दिनमा सरोकारवालाहरूले उठाएका विषयलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अधिकारीले सबैको जवाफ सुनेपछि पालिका प्रमुखहरूलाई नागरिक सरोकारका विषयमा गम्भीर हुन ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “तपाईंहरू सबैले आ–आफ्नो जिम्मेवारी बोध गर्नुहुन्छ भन्ने विश्वास छ ।”

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ४.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.