• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • २. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ३. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ४. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ५. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ६. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ७. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • ८. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

  • ९. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

  • १०. चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

मदन–आश्रितको अस्तु विसर्जन गरिएको स्थानमा उद्यान

  •   सोमबार, जेठ २२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । नेकपा (एमाले) का तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको अस्तु विसर्जन गरिएको ठाउँमा आकर्षक बाटिका निर्माण गरिएको छ । विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गा उहाँहरूको मृत्यु भएको थियो । नेताद्वयको मृत्युपश्चात् चितवनको माडी नगरपालिका–६ लक्ष्मी निवासमा अस्तु विसर्जन गरिएको थियो । तत्कालीन जनप्रतिनिधिले मदन–स्मृति वन बाटिका नामकरण गरेर २०५६ सालमा ‘भ्यू टावर’ निमार्ण अगाडि बढाएको बाटिकाका उपाध्यक्ष श्रीप्रसाद दवाडीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार यस बाटिकामा रहेको समीको चौतारोमा मदन भण्डारी र जीवराज आश्रितको अस्तु विर्सजन गरिएको छ । सोही ठाउँ नजिक कम्युनिष्ट नेताद्वय पुष्पलाल श्रेष्ठ र मदन भण्डारीको स्मरणमा शालिकसमेत निर्माण गरियो र उद्यानको नाम समेत पुष्प–मदन स्मृति बाटिका राखियो । बाटिकामा अहिले भौतिक संरचना र सौन्दर्यकरणका काम भइरहेको जनाइएको छ । माडी ठोरी हुलाकी सडकअन्तर्गत जनकल्याण माविबाट करिब दुई किलोमिटर दक्षिणतर्फ लागेपछि लक्ष्मी निवाससँगै रेवा मध्यवर्ती सामुदायिक वनमा रहेको यस बाटिकामा पुग्न सकिन्छ ।

    यहाँ फोटो खिच्ने र टिकटक बनाउनेसँगै वनभोज खान र घुमिफिर गरेर मनोरञ्जन लिन आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । बाटिकामा निर्माण गरिएको भ्यूटावरबाट माडी उपत्यकाका विभिन्न ठाउँ र भरतपुरको गोलाघाटसम्मका सुन्दर दृष्य देख्न सकिन्छ । वाटिकामा भ्यू टावर, बालउद्यान, एकतास्तम्भ, पुष्पलाल र भण्डारीको सालिक, वनभोज स्थल र सभाहल रहेको उपाध्यक्ष दवाडीले जानकारी दिनुभयो । “पार्कमा फोटो र टिकटक बनाउनका लागि आकर्षक संरचना निर्माण भइरहेको छ”, उहाँले भन्नुभयो, “यहाँ नेपालसँगै भारतबाट पनि पर्यटक आउने गरेका छन् ।”

    यहाँ पर्यटकका लागि निःशुल्क खेल मैदान, शौचालय, खानेपानीको सुविधा, व्यायाम गर्नसक्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो । “अब स्काइ चियर तथा पिङमा जहाज राख्ने योजना रहेको बताउँदै”, उपाध्यक्ष दवाडीले भन्नुभयो, “हामीले यो क्षेत्रलाई विकास गर्दा माडी पर्यटकीय हिसाबले निकै अगाडि बढ्छ र स्थानीयलाई रोजगार पनि प्रदान हुन्छ ।” अब स्काइ चियर तथा पिङमा जहाज राखेर दुई जनालाई रोजगार दिने तयारीमा छौँ ।” माडी नगरपालिकाका प्रमुख ताराकाजीकुमारी महतोले दैनिक एक सय पर्यटक बाटिका घुम्न आउने गरेको बताउनुभयो ।

    बिदाको दिनमा भने धेरैनै पर्यटक आउने बताउँदै उहाँले भन्नुभयो, “मदन–आश्रितको स्मृतिमा स्थापित बाटिकालाई थप व्यवस्थित बनाउँदै होम स्टेसँग जोडेर अगाडि बढाउने हाम्रो योजना छ ।” विसं २०५६ मा बाटिका निर्माणको छलफल भएपछि स्थानीयले यहाँ होमस्टे सञ्चालनमा ल्याएका जनाइएको छ । उहाँले भन्नुभयो, “अहिले होमस्टे र बाटिकाको सम्बन्ध नङ र मासुको जस्तै भएको छ । होमस्टे आउने पर्यटक बाटिकामा घुम्छन् । बाटिकामा घुम्न आउने पर्यटक होमस्टेमा बस्छन् । यसको कारण माडी–६ को लक्ष्मी निवास निकै अगाडि छ ।”

    बाटिका निर्माणका लागि बागमती प्रदेश सरकारले झण्डै रु दुई करोड, सङ्घीय सरकारबाट रु १० लाख, प्रदेश वन मन्त्रालयअन्तर्गत पर्यटन विभागबाट २० लाख, माडी नगरपालिकाबाट गत वर्ष र यस वर्ष रु १०÷१० लाख बजेट विनियोजन भएको थियो । यस वर्ष पनि नगरपालिकाले बाटिकालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने नगरप्रमुख महतोले बताउनुभयो ।

    ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम
    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    लोकप्रिय

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • २.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ३.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ४.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    • ५.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण

    • ६.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः

    भर्खरै

    • १.
      ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    • २.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • ३.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ४.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ६.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ७.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ८.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.