• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ४. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ५. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • ९. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • १०. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

नारायणीमा आएको बाढीले मान्छे बगाएपछि…

  •   बिहिबार, जेठ २५, २०८० मा प्रकाशित
  • फाईल फोटो
    • अ
    • अ
    • अ

    नवलपुर । तराईको गर्मी छल्न नारायणी नदीमा पौडी खेल्न जानेको जमात रहेकै बेलामा नदी किनारमा एक हुल मानिसको जमघट हुन्छ । यत्तिकैमा नदीबाट आवाज आउँछ ‘बचाउ…, बचाउ… ।’ उक्त आवाज सुन्नेबित्तिकै नदी किनारमा रहेका मानिसले छेउमा डल्लो परेको डोरी फालेर उद्धारका लागि प्रयास गर्छन् । बग्दै गरेको मान्छेले डोरी समातेपछि तानेर उसलाई डुब्नबाट बचाएर सकुसल उद्धार गरिन्छ । यो घटना नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित नारायणी नदी किनारमा बुधबार आपतकालिन उद्धारका लागि गरिएको नमुना अभ्यासको दृश्य हो ।

    सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालयबाट खटिएका गोताखोरसहित सुरक्षाकर्मीले समुदायका बासिन्दालाई नदीमा बगेको तथा डुबेको अवस्थामा उद्धार गर्ने तरिकाबारे सिकाइरहेका थिए । बन्द कोठामा सैद्धान्तिक प्रशिक्षण दिएपछि सुरक्षाकर्मीले स्थानीयवासीलाई नदीमै लगेर प्रकोपका बेलामा गर्न पर्ने आपतकालीन अभ्यासबारे प्रशिक्षण दिएको थियो । गैँडाकोट नगरपालिका–२ र ३ स्थित नदी किनारका बासिन्दालाई प्रकोपका बेलामा उक्त प्रशिक्षण दिइएको हो ।

    विपद् व्यवस्थापनसम्बन्धी काम गर्दै आएको संस्था कारितास नेपालको आयोजना तथा सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालयको प्राविधिक सहयोगमा उक्त प्रशिक्षण दिइएको हो । कालीगण्डकी र नारायणी नदीले तटीय क्षेत्रका बासिन्दालाई बर्सेनि ठूलो क्षति पु¥याउने भएकाले नदीबाट हुने सम्भावित क्षति न्यूनीकरणका लागि प्रशिक्षण दिइएको कारितास नेपालका प्रादेशिक व्यवस्थापक शङ्करकुमार पौडेलले बताउनुभयो । भौतिक संरचना भत्किँदा अपनाउनुपर्ने सावधानीका साथै गर्नुपर्ने खोज तथा उद्धार, नदीमा अपनाउनुपर्ने सावधानी, पीडितलाई गर्नुपर्ने उद्धारकालगायत विषयमा सहभागीलाई प्रशिक्षण दिइएको उहाँको भनाइ थियो ।

    सैद्धान्तिकसँगै व्यवहारिक ज्ञानसमेत प्रदान गर्दा प्रभावकारी हुने भएकाले सहभागीलाई नारायणी नदीमा लगेर अभ्यास गराइएको व्यवस्थापक पौडेलले बताउनुभयो । “पढेको कुरा चाँडै विर्सन सकिन्छ तर पढ्दै अभ्यास गरेको कुरा दीर्घकालीन हुन्छ” उहाँले भन्नुभयो,“आवश्यक पर्दा अभ्यास गरेका सबै कुरा सम्झिन सकिने भएकाले उनीहरुलाई सैद्धान्तिकसँगै व्यवहारिक ज्ञान प्रदान गरिएको हो ।” कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम शिक्षालयका सशस्त्र प्रहरी निरीक्षक, अस्मित चोहान मगरले तालिममा विपद्का बेलामा सुरक्षितरुपमा प्रतिकार्य गर्न चाहिने आधारभूत ज्ञान तथा व्यावहारिक सीपका बारेमा सहभागीलाई प्रशिक्षण दिनुभएको थियो ।

    घाइते तथा पीडितका लागि उद्धार सामग्री स्थानीय स्रोत र साधन प्रयोग गरेर पनि निर्माण गर्न सकिनेबारे त्यस अबसरमा जानकारी दिइएको थियो । संरचना भत्किँदा हुने क्षतिका बेलामा र नदीजन्य प्रकोपका बेलामा गरिने उद्धारका लागि गरिने प्रयासबारे सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिएको उहाँको भनाइ थियो । सशस्त्र प्रहरी निरीक्षक मगरले विपद्बाट जोगिन सबै ठाउँमा पर्याप्त सामग्री नहुने भएकाले सुधाररिएको साधन प्रयोग गर्न सकिने सुझाब दिनुभयो ।

    घाइते तथा पीडितको उद्धारका लागि स्थानीयस्तरमै पाइने बाँसको लौरीका साथै तन्ना, पर्दा तथा टिसर्टबाट स्टेचर बनाउन सिकाइएको थियो । त्यसैगरी पानीमा डुबेका व्यक्तिको उद्धारका लागि प्लाष्टिकका बोतल, जर्किन, ड्रमलगायत सामग्रीमा हावा नपस्ने गरी बिर्को लगाएर नदीमा उत्रिने साधन निर्माण गर्न सकिनेमा पनि जानकारी गराइएको थियो । गैँडाकोट–३ का वडाध्यक्ष शिवकान्त तिवारीले तालिममा सिकेका सैद्धान्तिक र व्यवहारिक ज्ञानलाई प्रयोग गरेर विपद्मा सक्रिय भएर उद्धारमा खटिन सहभागीलाई आग्रह गर्नुभयो ।

    सहरी तथा सहरोन्मुख विपद् उत्थानशील परियोजनामार्फत कारितास नेपालले वडास्तरमा विपद् प्रतिकार्य योजना निर्माण गर्नाका साथै स्थानीय सरकारले बनाएको संरचनालाई क्रियाशील बनाइ विपद् पीडितलाई सघाउ पु¥याउँदै आएको उहाँले बताउनुभयो । सहरी तथा सहरोन्मुख विपद् उत्थानशील परियोजनाका संयोजक दुर्गाबहादुर लामाले यस परियोजनामार्फत तीन सय किसान, ३० पशुपालक, ३० जना लघुउद्यम व्यवसायी लाभन्वित भएका बताउनुभयो ।

    उक्त परियोजनाले दुवै वडाका गरी सात विद्यालयलाई स्वच्छता र सरसफाइ सामग्री हस्तान्तरण, प्रहरी कार्यालय एवं वडास्तरीय विपद् व्यवस्थापन समितिलाई उद्धार सामग्री हस्तान्तरण गर्नाका साथै नगरपालिकाको विपद् कोषमा रु दुई लाख सहयोग गरेको उहाँले जानकारी दिनुभयो ।

    गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    OCEM का तीन विद्यार्थीले सबै सेमेस्टरमा ४.० GPA हासिल गर्दै रचे ऐतिहासिक कीर्तिमान

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.