चितवन । कालिका नगरपालिका १० का एक स्थानिय सेतुलाल प्रजा भन्छन। साधना लघु बित्तबाट ऋण लिएको थिए तर उक्त ऋण चुक्ता गर्ने समय अवधी नपुग्दै झुटो आसपासन देखाएर मलाइ ऋण चुक्ता गर्न लगाउनु भयो अहिले ऋण माग गर्दा दिन मिल्दैन भन्छन भनेर उहाँ आफ्नो गुनासो हाम्रो मिडियालाइ सुनाउनु हुन्छ। उक्त लघु बित्त सस्थाले सोझो सिधा चेपाङ्ग महिलाहरुलाइ समूह बनाएर ऋण बितरन गर्दै आएको थियो।
अहिले ऋण चुक्ता गर्ने अवधी नपुग्दै झुटो आसा देखाएर तपाईं हरु अब कुनै पनि अरु लघु बित्त सस्था मा नबसी दिनु होला हाम्रो सस्थाको ऋण भुक्तानी गर्नु होला अनि हामी तपाईं लाई पाच लाख सम्म ऋण लगानी गरिदिने छौ र अरु सस्थाको सबै चुक्ता गरि हाम्रो सस्था मा मात्र आबद्ध हुनु होला भनेर ऋण चुक्ता गराउन लगाएका थिय ।
अहिले ऋण चुक्ता भए पछि ऋण लगानी गर्न को सट्टा उल्टै गाली गलोज गरेर पठाएको बताउछन स्थानिय।उहाँ भन्नू हुन्छ यदि ऋण लगानी नगर्ने भए हामी पनि आफ्नो समय अवधी भित्रमा ऋण चुक्ता गर्ने थियौ तर उक्त ऋण पाउने आसाले मिटर ब्याजमा समेत पैसा खोजेर पुरै ऋण चुक्ता गरेउ तर ऋण पाइएन हामी गरिब लाई झनै ऋण मा दुबायो यो लघु बित्त सस्थाले भन्दै उहाँ गह भरी आँसु लिएर आफ्नो मनको भाब हामी लाई बताउदै हुनुहुन्छ।
सेतुलाल प्रजा बताउछ,यो लघु बित्त सस्था आए पछि न निन्द्रा न भोक भएको छ जति दुख गरेर कमाए पनि यो सस्था लाई ब्याज बुझाउन ठिक्क हुन्छ सावा कहिले पनि घट्दैन ,अहिले मिटर ब्याज मा समेत पैसा खोजेर चुक्ता गरे तर ऋण नदिए पछि मिटर ब्याजले दुबेउ हामी अब मर्न बाहेक अरु कुनै बिकल्प छैन भन्छन उनी।
काकिका नगरपालिका को पदमपुर हाइस्कुल रोडमा रहेको साधना लघु बित्त सस्थाले अहिले यो आर्थिक मन्दिको अबस्थामा जनतालाइ ऋण लगानी गरिदिन्छु भन्दै आफ्नो भएको ऋण असुल गर्ने कार्यभने धमाधम गरिरहेको पाइएको छ।आखिर मर्ने भनेको गरिब निमुखा जनता नै हो।आखिर यो लघु बित्त सस्थाको ज्यादती कहिले सम्म???








