• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

गर्मीले सबै विद्यालय बन्द हुदाँ अङकुरम् एकेडेमीमा कुल वातावरणमा पठन पाठन

  •   शनिबार, जेठ २७, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । चितवनको तापक्रम ४० डिग्री भन्दा माथि पुगेको छ । गर्मी दिनप्रतिदिन बढ्दो छ । जिल्लाका सबै विद्यालय ३० गतेसम्मका लागि विदा गरिएको छ । तर अङकुरम् एकेडेमी भरतपुरमा भने पठनपाठन जारी छ । विद्यालयका सबै कोठामा एसि जडान गरिएको छ । प्रविधिमार्फत कक्षा सञ्चालन हुने गर्दछ । अङकुरम्मा चिसो वातावरणमा पढाई भइरहेकोले बिदा गर्नुको कुनै औचित्य नभएको एकेडेमीका प्रमुख नवराज पौडेलले जानकारी दिनुभयो ।

    “विद्यालयमा सबै कक्षा कोठामा एसि राखिएको छ , विद्यार्थी ल्याउने लैजाने गाडीमा पनि एसि फिट गरिएको छ ,त्यसैले अङकुरम्का विद्यार्थीलाई गर्मी विदा जरुरी छैन उहाँले भन्नुभयो ।” एकेडेमीले पढाईसंगै अतिरिक्त क्रियाकलापलाई पनि जारी राखेको छ । बालबालिकाको सिर्जनशिलता विकास गर्ने उद्धे्रश्यले यसैसाता बाल कथा लेखन कथाशाला आयोजना गरिएको थियो । निजि विद्यालयका बालबालिकाहरु नेपाली पढ्न अल्छी मान्छन् भन्ने आरोप लागिरहदाँ अङकुरम्ले भने नेपाली साहित्य र भाषालाई प्रमुख प्राथमिकतामा राखी साताव्यापी वालकथा लेखन कथाशालाको आयोजना गरेको हो ।

    कथाशालामा कक्षा ६ देखि ९ सम्मका ७० जना विद्यार्थीले भाग लिएका थिए । कथाशालाको समापनमा ७ जना छात्राहरुले आफुले लेखेको कथा सुनाएका थिए । बाहिरि मौसम गर्मी भएपनि विद्यालयले कथा लेखनका तालिम आयोजना गरेपछि विद्यार्थीहरुले उत्साहि बनेर कथा लेख्न थालेको बताएका थिए । “पहिले मलाई कथा लेख्न र पढ्न पनि झ्याउ लाग्थ्यो, कक्षा ९ कि छात्रा युरिका पौडेलले भनिन् तालिमपश्चात् अहिले दिनको एउटा कथा लेख्न थालेकी छु ।” यस्तै अर्की छात्रा लुक्षा श्रेष्ठले तालिम आफ्ना लागि प्रेरणादायी र साहित्य लेखनको सुरुआत गर्न सहज भएको बताइन् ।

    मलाई खुसीसंगै प्रेरणा मिलेको छ , तालिमपश्चात नेपालीमा कथा लेख्न सुरु गरेकी छु । मलाई अहिले पढ्नभन्दा कथा लेख्न रमाइलो लाग्न थालेको छ, उनले आप्mनो अनुभव सुनाइन् । “म पहिलो दिन त कथा शालामा गएको थिइन कक्षा ६ का छात्र विराज पौडेलेले भने, साथीहरुले आएर अनुभव सुनाएपछि भोलिपल्टबाट तालिममा गए अहिले दैनिक लेख्न थालेको छु ।” कार्यक्रमको वाल साहित्य परिषद्का महासचिव विजयराज आचार्यले सहजीकरण गर्नुभएको थियो ।

    आचार्यले वच्चाहरुको सिर्जनसिलता विकासका लागि कथाशाला महत्वपुर्ण सावित भएको बताउनुभयो । यस्तै कवि कर्णबहादुर बानियाँले बालसाहित्यको उजागर गर्नु जरुरी भएको भन्दै बालबालिकाबाट लेखिने साहित्य बालमनोविज्ञानमा आधारित हुने बताउनुभयो। कथा सुनाउने बालबालिकाले पाप धर्म, संस्कार संस्कृति चेतना शिक्षा अन्धविश्वास संगै नेपालको समसामयिक विषय, राजनीतिक प्रभाव, पितृसत्ता बढ्दो असुरक्षा जस्ता विषयमा बालमस्तिष्कमा परेको प्रभावबारे उल्लेख गरेका थिए ।

    बालबालिकाले लेखेका कथाहरुलाई कितावको रुपमा प्रकाशन गरिने एकेडेमीका प्राचार्यले सुमन पौडेलेले जानकारी दिनुभयो । कविता लम्साल, दिनिसा बिष्ट, जस्मी सापकोटा, दिपाली खतिवडा, ग्रीस्ना पाण्डे, आयुषा कुँवर र साइसा शर्मा गरी ७ जनाले कथा सुनाए । कार्यशालामा ७० जनाले कथा लेखेका थिए । ती मध्येबाट छनोटमा परेका ७ जनालाई विद्यार्थीका माझ वाचन गर्न दिइएको विद्यालयका प्रधानाध्यापक सुमन पौडेलले बताए ।

    त्यसैगरी उक्त कार्यक्रममा विद्यार्थीले कथा लेखनका अनुभवहरू सुनाएका थिए । नुच्छा श्रेष्ठ, रिहाना गैरे, युरिका पौडेल, आरोना बस्ताकोटी, निराजन पौडेल, श्रीमन रिजाल, प्रीसा न्यौपाने र बिराज पौडेलले कार्यशालामा सहभागी भै कथा लेख्न बस्दाका अनुभव साथीहरूलाई सुनाएका थिए ।

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.