• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

लम्पीस्किनबाट विनयी त्रिवेणी प्रभावित

  •   आइतबार, जेठ २८, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । घरपालुवा पशुचौपायामा प्रमुख स्वास्थ्य समस्याका रूपमा फैलिएको लम्पीस्किन रोगबाट नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा ७० गाईभैँसी मरेका छन् । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरका अनुसार जिल्लामा हालसम्म लम्पीस्किनबाट ४५ गाई, १० बाच्छाबाच्छी, नौ भैँसी, तीन पाडापाडी तथा तीनवटा गोरु मरेका छन् । विज्ञ केन्द्रका प्रमुख डा ऋषभ गुरागाईँले लम्पीस्किनबाट जिल्लाको विनयी त्रिवेणी गाउँपालिका सबैभन्दा बढी प्रभावित भएको बताउनुभयो ।

    उहाँका अनुसार विनयी त्रिवेणी गाउँपालिकामा १९ वटा पशुचौपाया मरेका छन् । त्यसैगरी मध्यविन्दु नगरपालिकामा १६ तथा कावासोती नगरपालिका र हुप्सेकोट गाउँपालिकामा १०–१० वटा पशुचौपाया मरेका गुरागाईँले जानकारी दिनुभयो । हालसम्म जिल्लाका दुई हजार चार सय ५० पशुचौपायामा लम्पीस्किनको सङ्क्रमण देखिएको उहाँले बताउनुभयो ।

    केन्द्र प्रमुख डा चापागाईँका अनुसार जिल्लाको विनयी त्रिवेणी गाउँपालिकामा आठ सय २५, मध्यविन्दु नगरपालिकामा पाँच सय ४८, कावासोती नगरपालिकामा चार सय २५, हुप्सेकोट गाउँपालिकामा दुई सय ८५, गैँडाकोट नगरपालिकामा एक सय ८५, बुलिङटार गाउँपालिकामा ६९ तथा बौदीकाली गाउँपालिकामा ४६ पशुचौपायामा लम्पीस्किनको सङ्क्रमण देखिएको छ ।

    लम्पीस्किन रोगबाट जिल्ला सबैभन्दा बढी गाई सङ्क्रमित भएका उहाँले बताउनुभयो । लम्पीस्किन देखिएका पशुचौपायामध्ये एक हजार सात सय १९ वटा गाई तथा २७ वटा पाडापाडीमा सङ्क्रमण देखिएको छ । “लम्पीस्किनबाट पशु मर्ने नै अवस्था होइन”, उहाँले भन्नुभयो, “लम्पीस्किनका कारण पशुचौपायाको शरीरमा आउने फोका पाक्ने र फुट्ने हुन्छ । सययमा उपचार भएन भने फोका फुटेको ठाउँबाट सङ्क्रमण फैलिएर पशुचौपायाको मृत्यु हुने गरेको छ ।”

    लम्पीस्किनको मुख्य उपचार खोप भएकाले पशुचौपायामा लम्पीस्किनको सङ्क्रमण नदेखिँदै उनीहरूलाई खोप लगाउनुपर्ने डा चापागाईँको भनाइ छ । जिल्लाका सबै पालिकामा निरन्तर अनुगमन तथा निगरानी गरेर भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले औषधि पठाउने काम गरिरहेको उहाँले बताउनुभयो । लम्पीस्किनविरुद्धको खोप लगाएमा पशुचौपायाको रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुने भएकाले पशुपालक कृषक सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

    लम्पीस्किन भाइरल रोग भएकाले लामखुट्टे, झिङ्गा तथा विभिन्न कीराको टोकाइबाट पशुलाई जोगाउनुपर्ने उहाँले सुझाव दिनुभयो । लम्पीस्किन रोगको सङ्क्रमणले पशुचौपायाको शरीरमा फोका निस्कने र पशुलाई कमजोर बनाई मृत्युको मुखमा पुर्याउने भन्दै डा चापागाईँले सङ्क्रमित पशुचौपायालाई अन्य पशुसँग नराख्ने, त्यस्ता वस्तुलाई आवतजावतमा रोक लगाउने, चरनमा नलैजाने, जैविक सुरक्षाका विधि अपनाउनुपर्ने बताउनुभयो ।

    कृषकले पालेको पशुचौपायामा लम्पीस्किनको शङ्का लागेमा त्यस्ता पशुलाई अन्यबाट अलग गराएर तुरुन्त पशु चिकित्सकलाई खबर गर्नुपर्ने उहाँको भनाइ छ ।

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.