• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

अत्यधिक गर्मीले सुके चितवन राष्ट्रिय निकुञ्जका ताल र पोखरी

  •   सोमबार, जेठ २९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । अत्यधिक गर्मीले सुक्खा भएपछि चितवन राष्ट्रिय निकुञ्जका ताल र पोखरी सुक्न थालेका छन्। लामो समयदेखि पानी नपरेको तथा सुक्खा र तातो हावा चल्न थालेकाले निकुञ्जका ताल र पोखरी सुक्न थालेका हुन्। निकुञ्जभित्रका पानीका स्रोत सुकेपछि पानीको खोजीमा जनावर अन्यत्र जान थालेका छन्। ताल सुक्न थालेपछि गैँडा, हरिण, मृग, जरायो, बँदेललगायतका जनावर पानीको स्रोत खोज्दै हिँडेको निकुञ्ज कार्यालयले जनाएको छ। पाटेबाघ देखिने निकुञ्जको ठूलो थपलिया ताल सुकेको छ।

    यो ताल यसअगाडि कहिल्यै सुकेको थिएन। साना तथा मझौला ताल र पोखरी अहिले सुकेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो। “ताल सुक्न थालेपछि त्यसबाट सबभन्दा धेरै गैँडा प्रभावित भएका छन्। बासस्थान नजिकैको ताल सुकेपछि खान र आहाल खेल्न अन्य स्थानमा रहेका पानीका स्रोत खोज्न गैँडा बाध्य भएका छन्,” उहाँले भन्नुभयो। ताल सुकेपछि त्यस वरपर पाइने घाँस बढ्न सकेको छैन भने पूर्वी क्षेत्रका घाँस मर्न थालेकाले यसमा आश्रित जनावर आहाराको खोजीमा टाढा जानुपर्ने जस्ता समस्या आएको निकुञ्जका सूचना अधिकारी तिवारीले बताउनुभयो।

    विशेष गरी निकुञ्जको चुरे क्षेत्र अन्तर्गत भावर स्थान (चुरेको पहाडबाट केही किलोमिटर परको क्षेत्र) मा पानीको स्रोत नभएका कारण जनावर भौँतारिएका छन्। निकुञ्जको लामी ताल, तमोर ताल, बिसहजारी ताल, बाटुली पोखरीलगायतका पानीका स्रोतमा अहिले पानीको सतह कम भएको छ। यस क्षेत्रमा पनि सुक्खा मौसमको असर परेको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो। पूर्वी क्षेत्रको कुमरोजमा घाँसेमैदान सुकेको छ। योसँगै अन्य क्षेत्रमा पनि सुक्खा मौसमको असर परेको निकुञ्ज कार्यालयले जानकारी दिएको छ।

    निकुञ्जको भित्री क्षेत्रभन्दा मध्यवर्ती क्षेत्रमा रहेका ताल धेरै सुकेको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले जानकारी दिनुभयो। चितवन, नवलपरासी र पर्सा क्षेत्रमा रहेका मानवनिर्मित तथा मध्यवर्ती क्षेत्रका ताल अधिकांश सुकेको जानकारी उहाँले दिनुभयो। “मानवनिर्मित ताल सबै सुकेका छन् भने प्राकृतिक रूपमा रहेका ताल पनि सुकेको छ। पानी नभएपछि नवलपरासीको मध्यवर्ती क्षेत्रका पोखरीमा जेनेरेटरबाट पानी तानेर पोखरीमा भर्न थालिएको छ,” उहाँले भन्नुभयो।

    निकुञ्जभित्रका जनावरलाई पानी खानकै लागि नपुग्ने अवस्था छैन तर पर्याप्त पानीका स्रोत नभएका कारण अर्को ठाउँमा जानुपर्ने बाध्यता भने छ। चितवन निकुञ्ज विविधताले भरिएको स्थान भएको र यहाँ पानीको स्रोत भए पनि सामान्य अवस्थाभन्दा फरक भएकाले सुक्खा मौसममा जनावरलाई केही असहज भएको अध्यक्ष ढुङ्गानाले बताउनुभयो। केही समयअघि फैलिएको डढेलोको असरले जमिन सुक्खा बनायो। अहिले मौसम तातो भएपछि पानीका स्रोत सुक्न थाले।

    पानी नपरेपछि पोखरी सुक्ने, घाँस नउम्रने र उम्रेको घाँस मर्ने भएकाले जनावरमा त्यसको प्रभाव परेको निकुञ्ज कार्यालयले जानकारी दिएको छ। लामो समय खडेरी परेपछि देखिएको यो अवस्था अझै रहे सुकेको पोखरीमा पानी भरिने निकुञ्जले जानकारी दिएको छ। तर पनि पश्चिम क्षेत्रमा नारायणी नदीको भँगालो र पूर्वबाट बगेर आएको राप्तीले जनावरलाई पानी खान भने समस्या छैन। भित्री क्षेत्रमा रहेका सानाठूला तालमा पर्याप्त पानी नहुँदा समस्या भएको हो।

    निकुञ्जका अनुसार साना पोखरी सबै सुकेका छन् भने ठूला पोखरीसमेत सुक्खा मौसमको चपेटामा परेको छ। पर्यटकको केन्द्र रहेको बाटुले पोखरीमा पानी सुकेर जलकुम्भी झारले पुरिएको छ। थोरै मात्रामा रहेको पानी पनि सुक्ने अवस्थामा पुगेको छ। चितवन निकुञ्जभित्र ठूला पोखरी ५० वटाको हाराहारीमा छन्। तीमध्ये धेरैमा पानी सुकेको निकुञ्ज कार्यालयले जानकारी दिएको छ। यो खबर आजको गोरखापत्रमा छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.