चितवन । कालिका नगरपालिका वडा ११, भुकम्प गएको ८ बर्ष पूरा हुदा समेत पिडितले राहत पाएको छैन। कालिका नगरपालिका वडा न ११ ग्वासिटार टोलको हरि लाल चेपाङ भन्छन।भुकम्प गएको पनि ८ बर्ष बितिसक्यो तर मैले भुकम्पको घर पाएको छैन।गाउमा जनता आवास कार्यक्रम पनि आयो तर म जस्तो गरिब लाई कसैले वास्ता गरेनन ।
जो मान्छे बोल्न सक्ने मान्छे छन उनिहरुको भने एउटै परिवार को दुई तीन जना सम्म लाई जनता आवास मेयर आवास जस्ता घर हरु पनि पाएका छन मैले पाएन। अहिले हरेक वडाको टोलहरुमा फुसको छानो लाई बिस्थापित गरि टिनको छानो नगरले प्रदान गर्दै आएको छ तर हरि लाल चेपाङ लाई भने न जनता आवास,न मेयर आवास ,न फुसको छानो रहित बाट कतै बाट पनि उनले सुबिधा पाएको छैन।हरिलाल को परिवार ७ जना छन,पाच जना छोरा र श्रीमान श्रीमती गरि सात जना छन,उनको घर को अबस्था निकै नाजुक छ।
बर्ष दिन भरी दुख गरेको अन्न बालिले ६ महिना भन्दा खान पुग्दैन हामी जस्तो गरिब लाई किन राज्यले पनि बेवास्ता गरेको भन्छन उनी। हरिलाल चेपाङ भुकम्प पनर्णिमान समितिले दिएको कार्ड देखाउदै भन्छन ,यदि मैले भुकुम्प को घर नपाउने भए किन मेरो घर को पुर्ण क्षेती को बिबरन टिपोट गरेर लगे यिनिहरुले भन्दै उनी दुखित हुँदै आफ्नो गुनासो हाम्रो मिडिया लाई सुनाए।
कालिका ११ को प्राय सबै जनता हरुले सेवा सुबिधा पाएको देखिन्छ तर हाम्रो मिडिया सामु हरिलाल ले आफ्नो गुनासो सुनाए पछि हामी पनि उहाको घर सम्म पुगेउ तर उहाको घर को अबस्था देख्दा हामी पनि निकै भावुक भएका थियौ।बास्तब मा हरिलाल चेपाङ लाई राज्य तथा स्थानिय निकाए ले बेवास्ता गरेको देखिन्छ।








