• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • ९. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

भरतपुर २४ मा सोलारबाट सञ्चालन हुँदै लिफ्ट सिँचाइ

  •   शनिबार, असार ०२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिका–२४ मा सोलारबाट लिफ्ट सिँचाइ गरिने भएको छ । जिल्लामा पहिलो पटक सोलार ऊर्जाका माध्यमबाट लिफ्ट सिँचाइको काम गर्न लागिएको हो । धु्रबनगर बुच्के केरुङ्ग घोल लिफ्ट सिँचाइ आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष विपिन सिग्देलले जानकारी दिनुभयो । सञ्चालनका लागि परीक्षणको काम सुरु गर्न र सामान्य काम बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

    नेपाल सरकारको सम्बृद्ध तराई मधेश सिँचाइ विशेष कार्यक्रमअन्तर्गत यो आयोजना सञ्चालनमा ल्याइएको हो । कार्यक्रमका प्रमुख सिनियर डिभिजनल इन्जिनियर जीतबहादुर थापाका अनुसार विसं २०७८ साल असारमा निर्माणकार्य सम्झौता भई २०७९ साल असार मसान्तसम्म सम्पन्न हुनुपर्नेमा एक वर्ष समय थप गरी यही असार मसान्तसम्म निर्माणको काम सम्पन्न गर्न लागिएको हो । रु आठ करोड १५ लाखको लागतमा निर्माण सुरु गरिएको सो आयोजनाको काम काठमाडौँ जोशी जेभि काठमाडौँले ठेक्का साकार गरेको हो ।

    यस आयोजनामा घोलको पानीलाई पाँच वटा इनारमा जम्मा गरेर दुईवटा ओभरहेड ट्याङ्कीमा लगिने छ । तीन सय बिगाहा क्षेत्रफल सिँचाइ हुनेगरी निर्माण गरिएको सो आयोजनाले दैनिक सात सय ५० घनमिटर पानी वितरण गर्न सक्ने छ । तीन वटा इनारबाट एउटा ट्याङ्कीमा र दुईवटा इनारबाट एउटा ट्याङ्कीमा पानी तानेर उपभोक्तालाई वितरण गरिने गरी आयोजना निर्माण गरिएको हो ।

    पानी तान्नका लागि २६ किलोवाटका चारवटा मोटर र २२ किलोवाटको एउटा मोटर जडान गरिएको छ । यी मोटर सञ्चालनका लागि २६ वाटका पाँच सय १० वटा सोलार जडान गरिएको छ । इन्जिनियर थापाले भन्नुभयो, “कुनै समय सोलारमा समस्या देखिएमा लिफ्ट सञ्चालनका लागि विद्युतसमेतको प्रयोग गर्न सकिने गरी आयोजना निर्माण गरेका छौँ ।”

    सोलारले बिहानदेखि बेलुकासम्म काम गर्ने भए पनि रातको समयमा काम गर्न विद्युतको प्रयोग गर्न सकिने उहाँले बताउनुभयो । उहाँका अनुसार आयोजनामा अहिले लिफ्ट प्रविधिबाट परीक्षणको काम भइरहेको छ ।

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.