• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

कृषि तथा वन विज्ञान विश्वविद्यालयका कर्मचारीका लागि न्यू एकाउन्टिङ्ग म्यानुअल इम्प्लिीमेन्टेशन प्रोसिडुअर्स तालिम

  •   शनिबार, असार ०२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय, निरन्तर शिक्षा केन्द्रको आयोजनामा विश्वविद्यालयको केन्द्रिय कार्यालय, संकाय, निर्देशनालय एवं आंगिक कलेजहरुका सामान्य प्रशासन शाखा अन्तर्गत भण्डार तथा खरीद ईकाईमा कार्यरत कर्मचारीहरुका लागि ‘न्यू एकाउन्टिङ्ग म्यानुअल इम्प्लिीमेन्टेशन प्रोसिडुअर्स’ तालिम सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने तालिमको विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुण्यप्रसाद रेग्मीले शनिबार उद्घाटन गर्नुभयो ।

    उद्घाटन कार्यक्रममा उपकुलपति प्रा.डा. रेग्मीले सहभागीहरुलाई तालिमको औचित्य पुष्टि हुने गरी कार्यक्षेत्रमा प्रयोगमा ल्याई विश्वविद्यालयको सम्पूर्ण निकायहरुको खरिद र भण्डार व्यवस्थापनका कार्यहरुमा एकरुपता र पारदर्शीता कायम गर्न निर्देशन दिनुभयो । कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. शारदा थपलियाले विश्वविद्यालयले आगामी आर्थिक वर्षदेखी लागु गर्न लागेको नयाँ लेखा व्यवस्थापन प्रणाली बारेमा सम्बन्धित शाखाका कर्मचारीहरुलाई क्षमता अभिवृद्धि गर्न तालिमको आयोजना गरिएको बताउनुभयो ।

    नयाँ प्रणालीमा अभ्यास गर्दैजाँदा पोख्त हुने भएकाले तालिमको सिकाईलाई अभ्यासमा ल्याउनुपर्ने बताउनुभयो । कार्यक्रममा विश्वविद्यालयको कृषि संकायका डीन प्रा.डा. अर्जुनकुमार श्रेष्ठ, पशु विज्ञान पशु चिकित्सा एवं मत्स्य विज्ञान संकायका डीन प्रा. डा. होम बहादुर बस्नेत, वन विज्ञान संकायका डीन डा.गान्धिव काफ्ले, अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक डा. ऋषिराम कट्टेलले शुभकामना मन्तव्य राख्नुभएको थियो । तालिमको सुरुआतमा विद्यार्थी कल्याण निर्देशनालयका निर्देशक कृष्णप्रसाद थपलियाले लैंगिक समानता र सामाजिक समावेशीकरणका विषयमा सहजीकरण गर्नुभएको थियो ।

    विश्वविद्यालयमा सुरक्षित, स्वच्छ तथा मर्यादित वातावरणमा काम गर्न पाउने अधिकारलाई सुनिश्चित गर्न विश्वविद्यालयले लागु गरेको ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण निर्देशिका २०८०’ का बारेमा अभिमुखिकरण गर्नुभएको थियो । तालिम अवधिभर विश्वविद्यालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख बुद्धिनाथ ढुंङ्गाना, आर्थिक प्रशासन महाशाखा प्रमुख भीमप्रसाद सापकोटा, सामान्य प्रशासन महाशाखा प्रमुख वसन्त पौडेल, निरीक्षण महाशाखा प्रमुख मेघराज सापकोटा, लेखा अधिकृत संजिव न्यौपाने, वरिष्ठ इन्जिनियर कृष्ण बहादुर अधिकारी, इन्जिनियर प्रशान्त पौडेल लगायतले स्रोत व्यक्तिको भूमिका निर्वाह गर्नेछन् ।

    ‘तालिमभर नयाँ लेखा व्यवस्थापन प्रणालीका विशेषता तथा सापेक्षता, भण्डार तथा सम्पत्ति व्यवस्थापन, सार्वजनिक खरिद एवं निर्माणमा प्रयोग हुने फारामहरु, आन्तरिक नियन्त्रण प्रणाली, स्टक निरिक्षण प्रतिवेदन तयारी, लिलामी प्रकृया लगायतका विविध विषयहरु समेटिएको छ’ संयोजक एवं निरन्तर शिक्षा केन्द्रका निर्देशक डा. निराजन भट्टराईले तालिमको बारेमा जानकारी दिँदै भन्नुभयो, ‘तालिममा ४० प्रतिशत सैद्धान्तिक र ६० प्रतिशत प्रयोगात्मक सत्रहरु रहनेछन्’ । कार्यक्रममा विश्वविद्यालयको विभिन्न निकाय, संकाय र आंगिक कलेजमा कार्यरत ३३ जना कर्मचारीको सहभागिता रहेको छ ।

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.