चितवन। नेपाली काग्रेसका युवा नेता एबं बागमती प्रदेशका स्वास्थ मन्त्री उत्तम जाेशीले नेपाले काँग्रेसका नेताहरुकाे आचरणमा सुधार नआए पाटीलाई सुधार गर्न नसकिने बताउनुभएकाे छ । नेपाली काँग्रेस चितवन क्षेत्र नम्बर १ ले आज यहाँ आयाेजना गरेकाे भेला एंब रत्ननगर नगर समितिले आयाेजना गरेकाे चियापना कार्यक्रममा बाेल्दै उहाँले पाटीका नेताहरुकाे कार्यशैली र आचरणमा परिवर्न नआए सम्म पाटी सहि बाटाेमा हिड्न नसक्ने बताउनुभएकाे हाे।
क्षेत्रिय सभापति किरण भूषण ओलीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा उहाँले पाटीलाई ठिक बाटाेमा ल्याउन नेताहरुकाे कार्यशैली र जिवनशैलीमा परिवर्तन ल्याउन आबश्यक रहेकाे उहाँले बताउनुभयाे । उहाँले भन्नुभयाे “बिकासमा काँग्रेस, जनताकाे दुःखमा काँग्रेस, युवा र मिहला संग काँग्रेस भनेर वडा तहबाटनै लाग्नु आबश्यक छ ।”
साे अबसरमा नेपाली काँग्रेस चितवनका उपसभापति राजीप न्याैपाने, खैरहनीका नगर प्रमुख शशी खनिया, नगर सभापति गुणराज श्रेष्ठ, राप्ती नगरपालिकाका नगरसभापति देवेन लामा लगाएतले बाेल्नु भएकाे थियाे । कार्यक्रममा वडा सभापति, महाधिबेशन प्रतिनिध, महासमिति सदस्यहरु आ- आफ्नाे धारणाा राख्नु भएकाे थियाे ।
यस्तै रत्ननगर नगरसमितिले आयाेजना गरेकाे कार्यकर्ता भेटघाट तथा चियापना कमर्यक्रममा नगर सभापति प्रलाहद सापकाेटा, पूर्व मन्त्री शेषानाथ अधिकारी, प्रदेश क्षेत्रिय सभापति गाेविन्द गाैतम, महाधिबेशन प्रतिनिध निता ढकाल लगाएतले बाेल्नुभएकाे थियाे ।








