• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ७. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

कावासोतीमा शीतभण्डार सञ्चालनको तयारी

  •   मङ्गलबार, असार ०५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा जिल्लाकै ठूलो शीतभण्डार यही महिनाभित्रै सञ्चालनमा आउने गरी काम अघि बढेको छ । कावासोती–१४ अग्यौलीमा निर्माणाधीन तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डारको पहिलो चरणअन्तर्गत एक हजार मेट्रिक टन क्षमतामा सञ्चालन गर्न लागिएको हो । चालु आर्थिक वर्ष २०७९÷८० मा एक हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन गर्ने गरी काम अघि बढेको रिटर्नी कृषि तथा पशुपालन कम्पनी लिमिटेडका अध्यक्ष नेत्र थनेतले जानकारी दिनुभयो ।

    “यही असारभित्रै हामीले एक हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन गर्ने गरी काम अघि बढाएका छौँ”, उहाँले भन्नुभयो, “वैदेशिक रोजगारीमा गएर नेपाल फर्किएका युवाहरूको सक्रियता र लगानीमा चिस्यान केन्द्र निर्माणको काम तीव्रगतिमा अघि बढेको हो ।” वैदेशिक रोजगारीमा गएर स्वेदश फिर्ता भएका तीन सय २५ युवाहरूले शीतभण्डारमा लगानी गरेका छन् । गण्डकी प्रदेशको कृषि विकास निर्देशनालय पोखराको रु एक करोड ९२ लाख आर्थिक सहयोगमा शीतभण्डारको ‘स्टिल स्ट्रक्चर’ र प्यानल निर्माण भइरहेको अध्यक्ष थनेतले जानकारी दिनुभयो ।

    निर्माणको सबै काम सकेर अबको केही दिनभित्रै एक हजार मेट्रिक टन क्षमताको चिस्यान केन्द्र सञ्चालन गर्ने गरी काम अघि बढेको उहाँले बताउनुभयो । शीतभण्डारको निर्माणको काम सकाएर पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनका लागि अझै केही समय लाग्ने अध्यक्ष थनेतले जानकारी दिनुभयो । जर्मन प्रविधिबाट निर्माण भइरहेको अत्याधुनिक प्रविधि जडान गरिएको शीतभण्डारको लगात रु २१ करोड रहेको थनेतले बताउनुभयो । शीतभण्डारमा आठवटा च्याम्बर रहने जानकारी दिँदै अध्यक्ष थनेतले फलफूल, तरकारी तथा माछामासु छुट्टाछुट्टै च्याम्बरमा भण्डारण गरिने बताउनुभयो ।

    कृषकले उत्पादन गरेका कृषि उपज शीतभण्डारमा बिक्री गर्न सक्ने उल्लेख गर्दै उहाँले शीतभण्डारमा तोकिएको शुल्क तिरेर कृषक आफैँले पनि आफ्ना उत्पादन सुरक्षित राख्न सक्ने थनेतको भनाइ छ । अहिले एक हजार मेट्रिक टन क्षमतामा शीतभण्डार सञ्चालन गरेसँगै पूर्णक्षमता तीन हजार मेट्रिक टन क्षमतामा सञ्चालन गर्ने गरी आपूmहरूले काम गरिरहेको अध्यक्ष थनेतले बताउनुभयो । शीतभण्डारमा कृषि उपज भण्डार गर्ने कामसँगै दुग्ध प्रशोधन केन्द्रसमेत निर्माण गरिने उहाँले बताउनुभयो ।

    ‘प्रवासबाट आर्जित सीप, ज्ञान र पुँजी स्वदेशका लागि’ भन्ने नारा लिएर विदेशबाट फर्किएका नेपालीहरूको पहलमा उक्त शीतभण्डार निर्माण हुन लागेको हो । वैदेशिक रोजगारमा आर्जेको सीप र ज्ञानलाई आफ्नै माटोमा प्रयोग गरेर आत्मनिर्भर बन्ने र देशलाई पनि समृद्धिको बाटोमा अगाडि बढाउन सहयोग पुर्याउने उद्देश्यले रिटर्नीहरूको पहलमा कम्पनीमार्फत चिस्यान केन्द्र, एग्रोफार्म, एग्रोमार्ट, दूध प्रशोधन केन्द्र, एग्रो रिसोर्ट एन्ड रिसर्च सेन्टर निर्माणलगायत परियोजना अगाडि सारिएको कम्पनीका बजार अधिकृत रेशम खत्रीले जानकारी दिनुभयो ।

    “परियोजना पूर्णरूपमा सञ्चालनमा आउँदा शीतभण्डारमा पाँच सय मेट्रिक टन क्षमताका समान छवटा चेम्बर रहनेछन्”, खत्रीले भन्नुभयो, “एउटामा माछामासु, एउटामा २५ टन क्षमताको अटोमेसन मसरुम कल्टिभेसन (स्वचालित च्याउ उत्पादन) र बाँकी चार चेम्बरमा फलफूल तथा तरकारी राख्ने गरी निर्माण अगाडि बढाएका छौँ ।” मसरुम कल्टिभेसनबाट डल्ले च्याउ उत्पादन गरिने छ । च्याउको बीउ राखिएको ४० दिनपछि प्रतिदिन एक सय किलोका दरले ९० दिनसम्म उत्पादनमा आउने उहाँले बताउनुभयो ।

    तीनवटै सरकारको ५० तथा संस्थाको ५० प्रतिशत लगानीमा चिस्यान केन्द्र निर्माणको काम सुरु भइरहेको उहाँले बताउनुभयो । कृषि उपजको वृद्धिका लागि कृषकलाई अत्याधुनिक तालिम र गुणस्तरीय बीउबिजन चिस्यान केन्द्रले समेत उपलब्ध गराउने उहाँको भनाइ छ । कृषकलाई गुणस्तरीय बीउबिजन प्रदान गर्दा साविकको भन्दा बढी उत्पादन हुने र कृषकको लागत खर्च कम भई प्रतिफल वृद्धि हुने खत्रीले बताउनुभयो । जिल्लाका मध्यविन्दु, कावासोती, देवचुली र गैँडाकोट नगरपालिकामा तरकारी खेतीका साथै तराईमा फल्ने मौसमी फलफूलको राम्रो उत्पादन हुने गरेको छ । त्यस्तै हुप्सेकोट गाउँपालिका आलु उत्पादनको मुख्य क्षेत्र मानिन्छ ।

    यहाँको आलु छिमेकी जिल्लामा पनि बिक्री वितरण हुँदै आएको छ । त्यसैगरी गैँडाकोटसहित यहाँका पहाडी क्षेत्रमा सुन्तला प्रजातिका फलफूलको उत्पादन राम्रो हुने गरेको छ । जिल्लामा उत्पादित तरकारी तथा फलफूल समयमा बिक्री नहुँदा कुहिएर फाल्नुपरेको यहाँका कृषकको नमिठो अनुभव छ । जिल्लामा उत्पादित आलु, सुन्तला, अमिलो, प्याजलगायत कृषि उपज र हिमाली क्षेत्रको स्याउसमेतको यहाँ भण्डारण गरेर बेमौसममा बिक्री गरी अम्दानीमा वृद्धि गर्न सकिने भएपछि स्थानीय कृषक हर्षित भएका छन् ।

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.