• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ४. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ५. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ६. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ७. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ८. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ९. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

  • १०. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

किसानलाई तत्काल रासायनिक मलको प्रबन्ध गर्न माग

  •   मङ्गलबार, असार ०५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न मन्त्रालयको विभिन्न शीर्षकमाथिका छलफल जारी छ । आजको बैठकमा सहरी विकास, खानेपानी, अर्थ र श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका शीर्षमाथिको छलफल सकिएको छ । छलफलमा भाग लिँदै सांसद लालवीर चौधरीले खेतीपातीको समयमा रासायनिक मल नपाएकाले तत्काल उपलब्ध गराउन माग गर्नुभयो । रासायनिक मलका लागि सरकारले रु ३० अर्ब बराबरको बजेट विनियोजन गरिएकाले त्यसलाई उचितरुपमा मल आयातको प्रबन्ध गर्न माग गर्नुभयो ।

    सांसद अमरेशकुमार सिंहले काठमाडौँ उपत्यकाभित्र खुल्ला स्थान क्रमशः मासिँदै गएकाले मानव जीवन प्रभावित भएकाले अब बन्ने स्मार्ट सिटीलाई भने व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो । सांसद अर्जुननरसिंह केसीले सहरी क्षेत्रका विकासका लागि नगर विकास एकीकृत परियोजना विगतमा नै सुरु भएको तथ्य पेश गर्दै सो योजनामा निरन्तरता नपाएकाले सहरी क्षेत्रमा विकास निर्माणको काम प्रभावकारी हुन नसकेको बताउनुभयो । उहाँले सीमान्तकृत, उपेक्षित समुदायको सामुदायिक सुरक्षा, न्यायको प्रत्याभूत गराउनुपर्नेमा जोड दिनुभयो ।

    सांसद लेखनाथ दाहालले आन्तरिक ऋणलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले विकासको नयाँ मोडल तय नगरिकन नेपाली जनताको अपेक्षा पूरा हुन नसक्ने बताउनुभयो । सांसद रामहरि खतिवडाले बजेट निर्माण प्रक्रियालाई नयाँ आधारमा अगाडि बढाउनुपर्ने बताउनुभयो । मुलुकभर विभिन्न प्रकृतिका भवन र टावर निर्माण भए पनि त्यसको प्रयोग हुन नसक्दा त्यत्तिकै बसेको स्पष्ट पार्दै निर्माण भएका संरचनाको सदुपयोग गर्न बनाउन आग्रह गर्नुभयो ।

    सांसद राजेन्द्रकुमार राईले जनतालाई खुसी बनाउने र जनप्रतिनिधिको अनुभव गराउने हो भने विधिमा रहेर सांसदलाई उल्लेख्य मात्रामा बजेट उपलब्ध गराउनुपर्ने आफ्नो मान्यता रहेको बताउनुभयो । उहाँले सहरी विकास मन्त्रालयका लागि आफूले उपलब्ध गराएको कुनै पनि योजना समावेश नभएकामा गुनासो गर्नुभयो । सांसद नारायणी शर्माले बजेट विनियोजन व्यवस्थित र प्रभावकारी हुन नसकेको भन्ने गुनासो व्यापकरुपमा उठेकाले त्यसलाई उचित सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

    उहाँले विद्युतीय सवारी साधनको प्रवद्र्धनलाई विशेष जोड दिनुपर्ने धारणा राख्नुभयो । सांसद रणेन्द्र बराइलीले आम नेपालीले सहजरुपमा पिउने पानीको प्रबन्ध गर्ने गरी बजेटको प्रबन्ध गर्नुपर्ने बताउनुभयो । सांसद योगेन्द्र मण्डल, अनिता देवी, रामप्रकाश चौधरी, बिजुला रायमाझी, रामनाथ अधिकारी, तारा लामा तामाङ, सीताकुमारी राना र बलराम अधिकारीले बजेटका विभिन्न पक्षका बारेमा आफ्ना धारणा राख्नुभएको थियो । प्रतिनिधिसभाको बैठक जारी छ ।

    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    विदेशी फूलको आयात रोक्न किसानको माग
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • ४.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ५.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ६.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.