• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ५. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

प्रजातान्त्रिक विचार समाजद्वारा ४ बुंदे सौराहा घोषणापत्र जारी

  •   शनिबार, असार ०९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    रत्ननगर । प्रजातन्त्रिक विचार समाज नेपालले सत्ता गठबन्धनका कारण मुलुकमा अस्थिरता निम्तिएको निष्कर्ष निकालेको छ । समाजको सौराहामा सम्पन्न दुई दिने बर्तमान राजनीतिक परिस्थितिमा प्रजातान्त्रिक विचार समाजको भूमिका विषयक विचार गोष्ठीले राजनतिक अस्थिरताको मुख्य कारक सिद्धान्त नमिल्ने दलहरुको गठबन्धन रहेको निष्कर्ष निकालेको हो । निर्वाचनमा गरिएको गठबन्धनले जनताको अधिकारी कुन्ठित र सत्ता निर्माणको लागि भएको गठबन्धनले राजनीतिक अस्थिरता निम्त्याएको समाजले स्पष्ट पारेको छ ।

    दलहरुको अहमकार, गठबन्धन र भष्टाचार चरम उत्कर्षमा पुगेका कारण आर्थिक तथा राजनीतिक संकट देखापरेको समाजले औल्याएको छ । विचार गोष्ठीको समापन पछि प्रजातान्त्रिक विचार समाजले बर्तमान राजनीतिक अबस्थाको बारेमा धारण सार्बजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा समाजका पूर्व अध्यक्ष डा.केदार नर्सिह केसीले सत्ता प्राप्तीका लागि विचार र सिद्धान्त विपरितका पार्टीहरु बीच गठबन्धन भएका कारण मुलुक अस्तिरता तर्फ धकेलिएको बताए ।

    यो अपवित्र गठबन्धन हो उनले भने हुनै नसक्ने काम गरियो,त्यसको असर देशले भोगिरहेको छ । दलहरुको सत्ता स्वार्थका कारण संविधान धरापमा परेको भन्दै उनले दलहरुको यस्तै रबैया कायम रहे व्यवस्था नै फेल हुने तर्क गरे । निर्वाचनमा जनताको मौलिक अधिकार खोसिएको भन्दै उनले आउने निर्वाचनमा गठबन्धन गर्न नहुने बताए । केसीले अहिलेको सरकार विधि सम्मत निर्माण नभएको भन्दै उनले जनताको अधिकार खोसेर बनाइएको सरकारले मुलुकलाई निकास दिन नसक्ने बताए ।

    प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले दलहरुको अहमकारले मुलुक अन्धकारमा पुगेको बताए । मुलुकमा आर्थिक संकट छ उनले भने सरकार यो संकट टार्न तर्फ केन्द्रित भएको देखिदैन । नेताहरुमा देखिएको भष्टप्रबृतिका कारण जनतामा निरासा छाएको उनको भनाई छ । नक्कली भूटानी शरणर्थी प्रकरणमा शीर्ष नेताहरु जेल जानुपर्ने अबस्था आउनु नेपाली राजनीतिको सबै भन्दा दुःखद क्षण भएको बाग्लेको भनाई छ । उनले विचार र सिद्धान्त नमिल्ने पार्टीहरु बीचको गठबन्धनले लोकतन्त्र धरापमा परको बताए ।

    विचार गोष्ठी पछि प्रजातान्त्रिक विचार समाजले सौराहा घोषणापत्र जारी गरेको छ । पत्रकार सम्मेलनमा प्रजातान्त्रिक विचार समाज चितवनका अध्यक्ष सुरेशचन्द्र आचार्यले घोषणापत्र सार्वजनिक गरेका थिए । घोषणपत्रमा नेपालका राजनीतिक दलहरुमा देखिएको दम्भ तथा अहंकारले नेपालको राजनीति विकृतिपूर्ण बनेको, संबैधानिक निकायलाई संविधानले निर्दिष्ट गरेको व्यवस्था अनुसार कार्यसम्पादन, संबैधानिक निकाय तथा न्यायिक निकायको उच्च सम्मान गर्दै ति निकायले समेत जनभावना र संविधानले निर्दिष्ट गरेको व्यवस्था अनुरुप कार्य गरेर जनताको भावन जागृत गर्न आग्रह गरिएको घोषणपत्रमा उल्लेख छ ।

    त्यसैगरी जनअधिकारका विषयमा दलहरु प्रतिबद्ध हुनुको सट्टा उल्टै मोर्चा र गठबन्धन निर्माण गरी जनअधिकारी खोस्ने तथा मुलुकलाई पश्चगामी दिशा तर्फ लैजाने प्रयास तथा सरकार निर्माणका सन्र्दभमा देखिएको अंकगणित अलोकतान्त्रिक र दलका नेता तथा कार्यकर्ता,उच्च तहका कर्मचारीहरुको व्यापार,कलकारखाना नभइ अकुत सम्पत्ती आर्जन गरेको देखिएकोले भष्टाचार मौलाएको घोषणपत्रमा उल्लेख छ । भष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन स्थापीत गर्न राज्यले तत्कालै उच्च स्तरीय छानविन समिति गठन गरी पारदर्शी समाज निर्माणका लागि सरकारसंग माग गरेको जिल्ला अध्यक्ष आचार्यले जानकारी दिए ।

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.