चितवन v पृथ्वी राजमार्गमा माइक्रोबस र मोटरसाईकल एक आपसमा ठक्कर खाँदा मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको कन्चनजंगा नगरपालिका वडा नम्बर १ का ३६ बर्षिय हेमन्त कुमाल रहेका छन् ।
बुटवलबाट काठमाडौं जाँदै गरेको बा ३ ख ९४६० नम्बरको माइक्रो र बिपरित दिशाबाट आउँदै गरेको लु ९३ प ९४६ नम्बरको मोटरसाईकल इच्छाकामना गाउँपालिका वडा नम्बर ४ केवलकार नजिक आज दिउँसो एक आपसमा ठक्कर खाएको हो ।
ठक्करबाट घाईते कुमालको उपचारका क्रममा पुरानो मेडीकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।








