गैडाकोट । लायन्स क्लब अफ चितवन चौतारीले आज गैडाकोट–३ बृन्दापुरमा रहेको पञ्चकन्या आधारभुत बिद्यालयमा स्टेशनरी सामाग्री बितरण गरेको छ । क्लबको बार्षिक कार्ययोजना अनुरुपनै स्टेशनरी बितरण गरिएको क्लबका पुर्व अध्यक्ष बिष्णुप्रसाद चालिसेले बताए । २ बर्ष अगाडी देखी लायन्स गाँउ घोषणा गरी गैडाकोट ३ बृन्दापुरमा क्लबले बिभिन्न कार्यक्रम गर्दै आईरहेको छ ।
पञ्चकन्या आधारभुत बिद्यालयमा कक्षा कोठा निमार्ण, खेलकुद मैदानको पुर्न निमार्ण, बिद्याालय हातासँगैको चौतारी निमार्ण गरेको छ । बिद्यालय परिसरमा बृक्षारोपण, बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको नियमित स्वास्थ्य परिक्षण लगायतका बिबिध कार्यक्रम गरेको क्लबले जनाएको छ । प्रमुख अतिथिका रुपमा कार्यक्रममा उपस्थित लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ आरका निर्वाचित प्रथम डिष्ट्रिक गर्भनर लायन दिनानाथ न्यौपानेले शिक्षामा गरिएको लगानीको प्रतिफल देशले नै प्राप्त गर्ने भएको बताउदै यस्तै प्रभावकारी कामले लायन्सहरुको ईज्जत बढाएको बताउनुभयो ।
प्रमुख अतिथि न्यौपानेले बिद्यालयमा अध्ययनरत सबै बिद्यार्थीहरुलाई झोला, कपी, सिसाकलम लगायतका स्टेशनरी सामाग्रीहरु हस्तान्तरण गर्नुभएको हो । स्टेशनरी हस्तान्तरण कार्यक्रममा गैडाकोट नगरपालिका वडा ३ का वडा सदस्य सूर्यमाया दर्लामी, लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ आरका सचिब राजेन्द्र गौतम, डिष्ट्रिक एक्जुकेटिभ चिफ प्रभाकर पण्डित, डिष्ट्रिक एक्जुकेटिभ को-चिफहरु कृष्ण पाण्डे, गोपाल गौतम,शिक्षक अभिभावक संघका पदाधिकारी, अभिभावकहरु एंव क्लबका पदाधिकारी एवं सदस्यहरुको उपस्थिती रहेको थियो । कार्यक्रम लायन्स क्लब अफ चितवन चौतारीका अध्यक्ष लायन लालप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।








