• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ५. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

काठमाडौँमा मनायो चितवन खबर पत्रिकाले १२औँ वार्षिकोत्सव

  •   मङ्गलबार, असार १२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । चितवनको सञ्चार क्षेत्रमा अग्रणी स्थान ओगट्न सफल मोफसल कै चर्चित चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाले आफ्नो गौरवमय १२ ओँ वार्षिकोत्सव काठमाडौँमा एक भब्य कार्यक्रम गरेर मनाएको छ । छापा पत्रकारिताको दुनियाँमा एक दशकदेखि अनवरत रूपमा प्रकाशनमा आएको चितवनबाट प्रकाशित पहिलो र एक मात्र रंगिन साप्ताहिक पत्रिका हो । छापासंगै अहिले इचितवन खबर अनलाइन प्रकाशन पनि हुँदै आएको छ ।

    मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको आतिथ्यतामा शुभकामना आदान प्रदान गरिएको थियो ।वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि सुशील कोइराला मेमोरियल फाउण्डेशनका सदस्य सचिव ई. अतुल कोइरालाले बिभिन्न चुनौतीका बिच पत्रकारितालाई नियमित गरेको भन्दै चितवन खबर पत्रिकाको उच्च प्रशंसा गर्नुभएको थियो । समाजलाई सकारात्मक रुपान्तरणका लागि मिडियाको महत्वपूर्ण भुमिका हुने भएकाले चितवन खबर पत्रिकाको थप सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

    कार्यक्रमको बिशिष्ट अतिथि नेपाली चलचित्र जगतकी पहिलो महिला विशिष्ट हाँस्य कलाकार बसुन्धरा भुषालले नियमित प्रकाशनमा रहेको चितवन खबर पत्रिकाको थप निरन्तरताको लागि शुभकामना दिनुभयो । नेपाली चलचित्र जगतका चर्चित अभिनेता तथा निर्देशक सरोज खनालले मिडियाले कला र कलाकारलाई सधैं माया गर्दै आएको भन्दै मिडिया र कलाकारिता बीच सधैं नङ र मासुको जस्तै सम्बन्ध हुनुपर्ने बताउनुभयो । उहाँले विगत एक दशकदेखि देशको समग्र आर्थिक, सामाजिक, राजनैतिक रूपान्तरण खेलेको भूमिका अतुलनीय र अविस्मरणीय रहेको बताउनुभयो ।

    आगामी दिनमा पत्रिकाले सामाजिक उत्तरदायित्वका साथै आवाज विहीनको आवाजको रूपमा सदैव स्थापित हुने विश्वास व्यक्त गर्नुभयो । नेपाली चलचित्र जगतका चर्चित सदावहार अभिनेत्री करिश्मा मानान्धरले पत्रकारिताको माध्यमबाट चितवन खबरले समाजलाई सुसूचित गरेको भन्दै प्रशंसा गर्नुभयो। उहाँले आगामी दिनमा पत्रिकाले विकृति विसङ्गतिलाई चिर्दै समाजको ऐनाको रूपमा भूमिका निर्वाह गरेर अघि बढ्नुपर्ने भन्दै पत्रिकाको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।

    नेपाली सांगितिक क्षेत्रका चर्चित बरिष्ठ गायक आनन्द कार्कीले पत्रिकालाई शुभकामना दिंदै पत्रकारिताको जगतबाट चितवन खबरले समाजमा पुर्याएको योगदान प्रशंसा गर्नुभयो । कार्यक्रममा समाजसेवी नारायण अधिकारीलाई सम्मान गरिएको छ । अधिकारीले नेपालका विभिन्न क्षेत्रमा सामाजिक कामका लागि सहयोग गर्दै आउनुभएको छ । आर्थिक अवस्था कमजोर भएकाहरुलाई र असक्त वृद्धवृद्धाहरुका लागि अधिकारीले बिभिन्न समयमा सहयोग गर्दै आउनुभएको छ ।

    कार्यक्रमको सभापति एवम् पत्रिकाका निर्देशक गोबिन्द राज पाण्डेले आगामी दिनमा सबैको सल्लाह सुझाव अनुसार नै पत्रिकालाई अझ परिष्कृत र परिमार्जन गर्दै लैजाने र पत्रिकालाई यहाँसम्म ल्याई पुर्‍याउने समस्त पाठक, शुभेच्छुक विज्ञापनदाता प्रति पाण्डेले आभार प्रकट गर्नुभयो । निर्देशक गोबिन्द राज पाण्डेले जस्तोसुकै विषम परिस्थितिमा पनि पत्रिकाले आफ्नो व्यावसायिक धर्म निर्वाह गर्दै आएको बताउनुभयो ।

    कार्यक्रममा लक्की मिडिया हाउस चितवनको टिम लगायत नागरिक अगुवा , पत्रकार, शुभेच्छुक, विज्ञापनदाता लगायतको उपस्थिति रहेको थियो । चितवन खबर पत्रिका सँगै अनलाइन संस्करण इ चितवन खबर डट कम मार्फत पनि सूचना समाचार सम्प्रेषण गर्दै आएको छ ।

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.