• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ५. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

सशस्त्र प्रहरी आपत्विपत्मा परेकाको भरोसा बन्नुपर्छ : महानिरीक्षक अर्याल

  •   बुधबार, असार १३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी आपत्विपत्मा परेका नागरिकको भरोसा बन्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा आज सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा उहाँले भिन्नाभिन्नै भूगोलमा बसेका नेपाली नागरिकलाई सुरक्षाको प्रत्याभूति दिन सशस्त्र प्रहरीले कुनै कसर बाँकी राख्न नहुने बताउनुभयो ।

    उहाँले भन्नुभयो, “तपाईं र तपाईंका आफन्तले गरेको गौरवले त्यसबेला सार्थकता पाउँछ, जब तपाईंले राज्य र नागरिकको सेवामा परिचालित रहँदा उत्कृष्ट कार्य सम्पादनको दृष्टान्त प्रस्तुत गर्नुहुन्छ, अनि तपाईंले बगाएको पसिनाले त्यतिबेला सार्थकता पाउँछ, जतिबेला तपाईंले भिन्नाभिन्नै भूगोलमा बसेर नेपाली नागरिकमा सुरक्षाको प्रत्याभूति दिई आपत्विपत् परेको समयमा भरोसा दिलाउन सक्नुहुन्छ ।”

    उहाँले राज्यप्रदत्त जिम्मेवारीका साथ नागरिकको सेवा र सुरक्षामा परिचालित रहन सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिनुहुँदै मानवअधिकार तथा अन्तर्राष्ट्रिय मानवीय कानूनको पूर्ण परिपालना गरी सामाजिक र पदीय आचरण विपरित गतिविधिमा नलागी आफूलाई एउटा अब्बल अधिकृतका रूपमा परिचित गराउनेतर्फ लाग्नुपर्नेसमेत बताउनुभयो ।

    महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपाललाई स्थापनाकालदेखि यहाँसम्म आइपुग्न सङ्गठनमा हिजो र आजका दिनमा सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीको त्याग, तपस्या र बलिदानको अनुकरणीय भूमिका रहेको स्मरण पनि गर्नुभयो । उहाँले नयाँ जोश र ऊर्जाका साथ दीक्षित भई कार्य क्षेत्रमा खटिई जान लागेका सशस्त्र प्रहरी सहायक निरीक्षकको आगमनसँगै सङ्गठनले अझ बढी उत्कृष्ट कार्यसम्पादन गर्ने विश्वास लिएको बताउनुभयो ।

    प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायब महानिरीक्षक अभिकुमार खत्रीले साधारण नागरिकबाट फौजी जीवनमा प्रवेश गराउन आधारभूत तालिम अपरिहार्य रहेको बताउनुहुँदै प्रशिक्षार्थीलाई तालिममा सिकाइएका सैद्धान्तिक एवं व्यावहारिक अभ्यासबाट योग्य, सक्षम र इमान्दार अधिकृत उत्पादन गर्नमा टेवा पुग्ने बताउनुभयो ।

    छयालिस हप्ता अवधिको उक्त आधारभूत तालिम १५ जना महिलासहित कूल एक सय २० जना सशस्त्र प्रहरी सहायक निरीक्षक सहभागी थिए ।

    एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    विदेशी फूलको आयात रोक्न किसानको माग

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.