चितवन । जिल्लामा सन् २०२३ को जनावरी देखि जुन सम्म ५० वटा गम्भीर प्रकृतिका मानब अधिकार उल्ंघनका मुद्धा दर्ता भएका छन् । आठवटा शिर्षकमा ती मुद्धा दर्ता भएका हुन । यस वर्ष सबैभन्दा धेरै जवरजस्ती करणीका मुद्धा दर्ता भएको अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जनाएको छ ।
अर्धबार्षिक पुस्तक समिक्षा कार्यक्रममा दिईएको जानकारी अनुसार यस वर्षको ६ महिनामा २० वटा जवरजस्ती करणीका मुद्धा दर्ता भएका छन् । जसमा ६ जना महिला र १४ जना बालिका पिडित भएको इन्सेक चितवनका प्रतिनिधि दिपेन्द्र अधिकारीले जानकारी दिनुभयो । यस्तै करणीको प्रयासमा २ वटा, बाल यौन दुरुपयोगमा १२ वटा, बहुविवाहमा ४ वटा आत्महत्या दुरुत्साहनमा ५ वटा, हत्यामा ३ वटा मुद्धा दर्ता भएका छन् । यस्तै बोक्सीको आरोपमा एउटा, मानव वेचविखनमा ३ वटा मुद्धा दर्ता भएको उहाँले जानकारी दिनुभयो ।
सन् २०२२ को यही समयमा यही प्रकृतिका ६६ वटा मुद्धा दर्ता भएको कार्यक्रममा जानकारी दिईयो । कार्यक्रममा जिल्ला न्यायधिबक्ता योगनाथ ढकालले बालबालिकाहरुलाई बिद्यालय र आश्रमहरुमा वाल यौन दुव्र्यवहारका घटनाहरु वढि हुने गरेको बताउनुभयो । वच्चाहरुलाई विश्वासमा लिएर दुव्र्यवहार गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।
जिल्लामा रहेको ओसीएमसीमा उपचारका लागि आएका २९८ जना मध्ये ४२ प्रतिशत बालबालिका रहेको पाईएको भन्दै उहाँले समाजमा यस्ता घटना अझै लुकेर रहेको बताउनुभयो । यस्ता घटना न्यूनिकरणका लागि स्थानीय तहहरुले सचेतना मुलक कार्यक्रम गर्न आबश्यक रहेको उहाँले जानकारी दिनुभयो ।








