• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ५. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • ९. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

अब काठमाडौँको मनोरम दृश्य कमलादीको स्काइवाकबाट

  •   शुक्रबार, असार १५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । एक सय ३४ वर्षअघि फ्रान्सको पेरिसमा निर्मित आइफल टावर फ्रान्सका लागि आजसम्म ‘आइकन’ बनेको छ । पेरिसको यही आइकन हेर्न संसारभरबाट बर्सेनि पाँच करोडभन्दा बढी पर्यटक फ्रान्स भित्रिन्छन् । फ्रान्सको पर्यटन विकासमा महत्त्वपूर्ण भूमिका खेलेको यस आइकन हेर्नमात्रै दैनिक २५ हजार व्यक्तिले औसतमा १० करोड टिकटमै खर्चिन्छन् । फ्रान्सको आइफल टावरमात्रै होइन, पर्यटक आकर्षित गर्न दुबईमा बुर्ज खलिफा, इटालीमा लिनिङ टावर, जापानमा स्काइट्रीलगायत विश्वका कैयन् देशले यस्ता संरचना बनाएका छन् ।

    ती संरचनामार्फत ती देशले विदेशी पर्यटक भित्र्याएका छन् र विदेशी मुद्रा पनि आर्जन गरिरहेका छन् । नेपालबाट पनि बर्सेनि ठूलो सङ्ख्यामा पर्यटक आइफल टावर र बुर्ज खलिफालगायतका संरचना हेर्न जाने गरेका छन् । अब भने यस्ता अग्ला टावरबाट सहर नियाल्ने अवसर नेपालमै पनि प्राप्त हुने भएको छ । सहरका गगनचुम्बी भवनभन्दा माथि ‘स्काइवाक’ गर्दै सहरको तीन सय ६० डिग्रीमा भ्यू हेर्न नेपालमै पाइने भएको छ । काठमाडौँ कमलादीमा दुई वर्ष लगाएर निर्माण गरिएको यस स्काइवाक टावरको आज ‘सफ्ट ओपनिङ’ हुँदैछ ।

    अर्थात् सर्वसाधारणले आजदेखि टिकट काटेर अवलोकन गर्न पाउने भएका छन् । कुल ७८ दशमलव पाँच मिटर अग्लो यस टावरमा रु दुई अर्ब लगानी भएको निर्माता कम्पनी वन्डर नेपाल प्रालिका अध्यक्ष आविष्कार पोख्रेलले जानकारी दिनुभयो । “टावरमाथि सिसामा हिँड्दा आकाशमा हिँडेजस्तो महसुस हुन्छ, यसप्रकारको संरचना नेपालमा पहिलोपटक निर्माण गरिएको हो”, उहाँले भन्नुभयो । कमलादीस्थित गणेश मन्दिर छेउको यस टावरबाट उपत्यकाको तीन सय ६० डिग्रीमा दृश्यावलोकन गर्न सकिन्छ ।

    टावरबाट उपत्यका सहर हेर्नेमात्रै होइन १८, १९ र २०औँ तलामा निर्मित ‘एम्पिथिएटर’ रेष्टुराँमा खानपिन गरेर समय बिताउन पनि सकिन्छ । टावरको २१औँ तलामा उभिएर छेवैको एक सय वर्षभन्दा बढी पुरानो त्रिचन्द्र क्याम्पस, रानीपोखरी र घन्टाघरको ‘एरियल भ्यू’ हेर्दा निकै रोमाञ्चक लाग्छ । त्यति नभएर अलिक पर समानन्तर उभिएको धरहरा, टुँडिखेलका साथै अग्ला भवनहरू पनि हेर्न पाइन्छ । टावर धरहराभन्दा करिब १६ मिटर अग्लो छ । टावरबाट केही किलोमिटरको दूरीमा रहेको स्वयम्भू स्तुपा नजिकै लाग्छ ।

    साथमा उपत्यकालाई छेकिरहेका पहाडलाई नजिकैबाट नियाल्न सकिन्छ । हाल स्काइवाकमात्रै निर्माण गरिए पनि दोस्रो चरणमा यहाँ बञ्जी र स्वीङलगायतका पर्यटकीय संरचना पनि थप्ने योजना रहेको अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो । टावरदेखि १८औँ तलासम्म जानका लागि दुईवटा लिफ्टको व्यवस्था गरिएको छ । जहाँ ३० सेकेन्डमै माथि पुग्न सकिन्छ । दुईवटा लिफ्टबाट २४ जनाका दरले एकैपटकमा ४८ जना माथि जान सकिन्छ । सबैभन्दा माथिल्लो तलामा रहेको डेक एरियामा एकैपटकमा पाँच सयभन्दा बढी अट्ने गरी बनाइएको कम्पनीका सञ्चालक तेजबहादुर सिंहले जानकारी दिनुभयो ।

    उहाँका अनुसार टावरका तीन तलाका रेष्टुराँमा एकैपटक एक हजार जनाभन्दा बढी बस्न सक्ने गरी संरचना निर्माण गरिएको छ र टावरमाथि नै शौचालयको व्यवस्था पनि गरिएको छ । स्काइवाकका लागि सिसा राखिएको तलाभन्दा माथि नेपालको झन्डा फहराइएको छ । त्यहाँ पुग्नका लागि अतिरिक्त शुल्क तिर्नुपर्ने हुन्छ र एकपटकमा दुई जनाभन्दा बढी जान मिल्दैन । कुल १३ रोपनी दुई आनामा फैलिएको क्षेत्रफलमा पार्किङको सुविधाका साथै बगैँचा पनि अवलोकन गर्न सकिन्छ भने सोही परिसरमा रहेका ३६ वटा सटरमा रेष्टुराँलगायतका सुविधा पनि उपलब्ध हुनेछन् । कम्पनीका अनुसार माथिल्लो तलामा प्रयोग भएको सिसालाई पाँच तहमा राखिएको छ ।

    सबैभन्दा मुनि १० एमएम आकार र त्यसमाथि एक दशमलव पाँच एमएम, १० एमएम, एक दशमलव पाँच एमएम र फेरि १० एमएमको सिसा प्रयोग गरिएको छ । स्काइवाकका लागि कम्पनीले टिकटका लागि प्रतिव्यक्ति रु एक हजार तोकेको छ । तीन फिटभन्दा कम उचाइ भएका र ८० वर्षभन्दा बढी उमेरका व्यक्तिलाई टिकट लाग्ने छैन भने ७० देखि ८० वर्ष उमेर समूहका व्यक्तिलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । टिकट स्काइवाक नेपाल डट कम अनलाइनबाट पनि लिन सकिन्छ ।

    कम्पनीले हाललाई बिहान ८ः०० देखि राति ८ः०० बजेसम्ममात्रै स्काइवाक खुल्ने जानकारी दिएको छ । कम्पनीमा करिब ९० जना सेयरधनी रहे पनि सञ्चालकमा आविष्कार पोख्रोल, लोकनाथ अधिकारी, विष्णु काप्री, खेम न्यौपाने र तेजबहादुर सिंह हुनुहुन्छ । कम्पनीले यसअघि इलामको कन्याममा स्काइवाक सञ्चालनमा ल्याइसकेको छ भने धनकुटाको भेडेटारमा पनि स्काइवाक निर्माण गर्दैछ ।

    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    विदेशी फूलको आयात रोक्न किसानको माग
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.