चितवन । बिहीबार मध्यान्हदेखि अवरुद्ध नारायणगढ- मुग्लिन सडक खण्ड पूर्ण रूपमा खुलिसकेको छैन। बिहीबार दिउँसो १ बजे पहिरो खसेपछि अवरुद्ध सडक करिब २५ घण्टापछि शुक्रबार साँझदेखि खुलाइएको थियो।
तर पुन: शनिबार बिहान खसेको पहिरोले केहीबेर सडक अवरुद्ध भएको थियो। सडक डिभिजन भरतपुरबाट ल्याइएको मेसिनले पहिरो पन्छाएपछि केहीबेर अघि सुचारु भएको उक्त सडकखण्डमा शनिबार बिहान १० बजे पुन: पहिरो खसेको छ। मुग्लिन-नारायणगढ सडक खण्डको तुइनभिरमा गुडिरहेको कारमाथि पहिरो खसेको घटनास्थलबाट ईश्वर क्षेत्रिले बताएका छन्।
उनका अनुसार बागमती प्रदेश ०२५ च २१८१ नं: को कारमाथि पहिरो खसेको थियो। घटनामा सवार यात्रु सकुशल रहेको उनले बताएका छन्। माथिबाट ढुङ्गा खस्ने क्रम अझै कम नभएको भन्दै सतर्कताका साथ यात्रा गर्न डिभिजन सडक कार्यालय सचेत गराएको छ।








