• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ५. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • ९. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

‘सहकारीबाट ऋण लिएर पिडित भन्नु गलत’

  •   शनिबार, असार १६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    गैँडाकोट । सहकारीमा ऋण लिनु भनेको पिडा नभइ लगानी भएको सहकारीकर्मीहरुले बताएका छन् । सहकारीबाट ऋण लिएकाहरु पिडित नभइ उद्यमी भएको बताउँदै सदस्यहरुले व्यवसाय गरी आर्थिक उन्नती गरेको उनीहरुले तर्क गरेका छन् । अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा सहकारी समन्वय मञ्च गैँडाकोट र गैँडाकोट नगरपालिकाको संयुक्त आयोजनामा भएको ‘गैँडाकोटमा सहकारीको वर्तमान अवस्था र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीले जसले छलछाम गर्न खोजे उनीहरु आफै समस्यामा पर्ने उनीहरुको भनाई थियो ।

    सहकारी समन्वय मञ्च गैँडाकोटका संस्थापक अध्यक्ष एवम् सहकारीकर्मी खेमराज सापकोटाले ‘दिगो विकासमा सहकारीको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै सहकारीले अब दिगो विकासका लागि प्रबिधिमा बढी जोड दिनुपर्ने बताउनुभयो । गण्डकी साकोसका संस्थापक अध्यक्ष गोबिन्द सुवेदीले ‘सञ्चालकको भूमिका, सहकारीका समस्या र समाधानका उपाय’ बारे प्रस्तुती दिँदै सदस्यमैत्री बन्न सके सहकारीको अवस्था राम्रो हुने बताउनुभयो ।

    गैँडाकोट नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख देवेन्द्र गौतमले ‘सहकारीको वर्तमान अवस्था र चुनौती, नियामक निकायको भूमिका’का विषयमा प्रस्तुती दिँदै एउटै व्यक्ति एकै प्रकृतिका विभिन्न संस्थामा आवद्ध हुँदा यस्तो समस्या आएको बताउनुभयो । उहाँले ऋण लिएर म पिडित हो भन्न नमिल्ने बताउनुभयो । सहकारीले चक्रिय ब्याज वा नियम भन्दा बढी ब्याज लिएर कारोबार गरेको भए नियमन गर्नुपर्ने उहाँले बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले सहकारीबाट ऋण लिएको भए तिर्नु सबैको दायित्व हुन आउने बताउनुभयो ।

    उहाँले सहकारी सञ्चालकले पनि नीति बिधिमा टेकेर सञ्चालन गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय सहकारी बैंक लिमिटेडका लेखा सुपरिवेक्षण समिति सदस्य केशवप्रसाद सापकोटाले सहकारीलाई स्वस्थ रुपमा सञ्चालन गर्नुपर्ने सबैको दायित्व भएको बताउनुभयो । उहाँले सञ्चालक समितिमा भागवण्डा भन्दा योग्य व्यक्ति आउनुपर्ने, सदस्यसँगको सामिप्यता बढाउनुपर्ने, ऋणको अवधि जस्तै बचतको समयाबधि पनि बढाउनुपर्ने लगायतको काम गर्नुपर्ने बताउनुभयो ।

    जिल्ला सहकारी संघ नवलपुरका अध्यक्ष तिलकप्रसाद पराजुलीले सबै मिलेर सहकारीका विकृतिहरु हटाई सरकारीलाई सुरक्षित बनाउनुपर्ने बताउनुभयो । जिल्ला बचत तथा ऋण सहकारी संघका पूर्वअध्यक्ष माधवप्रसाद गौतमले सहकारीलाई नीति अनुरुप सञ्चालन गर्नुपर्ने बताउनुभयो । सहकारी समन्वय मञ्च गैँडाकोटका अध्यक्ष प्रेमप्रसाद सापकोटा ‘राजु’ ले सहकारीको ऋण मिनाहा नहुने र ऋण तिनुपर्ने बताउनुभयो । अहिले विभिन्न व्यक्ति र समूहले ऋण तिर्नु नपर्ने भनी गलत हल्ला फैलाएको बताउँदै यस्ता कुरामा सजग भई सबै सदस्यलाई समयमै ऋण तिर्न आग्रह गर्नुभयो ।

    साथै उहाँले सहकारीले पनि सदस्यमैत्री भएर ऋण तिर्ने सहज वातावरण बनाउनुपर्ने बताउनुभयो । गैँडाकोटमा रहेका सहकारीका प्रतिनिधिहरु उपस्थित रहेको सो अन्तरक्रिया कार्यक्रमको सञ्चालन सहकारी समन्वय मञ्च गैँडाकोटका सचिव बाबुराम खनालले गर्नुभएको थियो ।

    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    विदेशी फूलको आयात रोक्न किसानको माग
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.